हुम्लाको हिमालपारीको गाउँ नाम्खा गाउँपालिका–६ लिमीका स्थानीयले आगामी कार्यकालका लागि जनप्रतिनिधिको टुंगो लगाएका छन्।
सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपनि लिमीबासीले मंसिर अन्तिम साता आगामी कार्यकालका लागि जनप्रतिनिधिका लागि उम्मेदवारको टुंगो लगाएका हुन्। गाउँलेहरुले आगामी पाँच वर्षका लागि हालका वडाध्यक्ष पाल्जोर तामाङलाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए।
‘गाउँलेले निर्णय गरिसकेकाले अव नाम्खा गाउँपालिका–६ को नयाँ नेतृत्व निर्विरोध निर्वाचित हुनेछ,’ उनले भने, ‘अहिलेकै वडाध्यक्ष आगामी पाँच वर्षका लागि दोहोरिनु हुनेछ।’ तामाङ अघिल्लो कार्यकालमा पनि सर्वसम्मत वडाध्यक्ष चयन भएका थिए। त्यतिबेला उनी नेपाली कांग्रेसकातर्फ वडाध्यक्षमा उम्मेदवारी दिएका थिए।
गाउँपालिका अध्यक्ष लामाले वडा नं. ६ मा पर्ने लिमी क्षेत्रका तीन वटा गाउँ (तिल, जाङ र हल्जी) का स्थानीयहरुले भेलामा आगामी कार्यकालका लागि पनि वडाध्यक्षमा तामाङलाई सर्वसम्मत गरेको बताए। ‘अघिल्लो पटक उहाँले (तामाङ) कांग्रेसको चुनाव चिन्ह लिएर मनोनयन गर्नु भएको थियो,’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘मंसिरको अन्तिम साता भएको गाउँलेको भेलाले आगामी कार्यकालका लागि स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेको छ।’
गाउँपालिका अध्यक्ष लामाका अनुसार मंसिरको अन्तिममा महत्वपूर्ण निर्णय लिनका लागि तीन गाउँको संयुक्त बैठक बस्छ। यो पटकको बैठकको एकमात्रै अजेण्डा आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नुथियो। ‘गाउँलेहरुको भेलाले दोस्रो कार्यकालका लागि लामालाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवारमा चयन गरेका छन्,’उनले भने, ‘अरु सदस्यहरु भने सबै नयाँ छन्।’
लिमीका स्थानीयको आफ्नै नीति–नियम छ। तीन गाउँको भेलाले गरेको निर्णयविपरित यहाँ कोही जाँदैनन् । स्थानीयका अनुसार गाउँलेले चुनेको अध्यक्ष फरक हुन्छ भने सरकारी कामकाज र प्रक्रियाका लागि छुट्टै अध्यक्ष चयन हुन्छ। ‘सरकारी कामकाजका लागि चुनिने अध्यक्ष पनि गाउँले चुनेको अध्यक्षको निर्देशन अनुसार चल्नुपर्छ,’ एक स्थानीयले भने, ‘सरकारी कामकाजमा हस्ताक्षर एउटाको हुन्छ, गाउँमा खटनपटन अर्कोको हुन्छ।’