कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले कृषकलाई दिने भनिएको ‘सुनको हलो’ कहिले तयार हुन्छ भन्दै प्रश्न गरेका छन्। उनीहरुले घोषणा गर्ने तर, कार्यान्वयन नगर्ने परिपाटीको सरकारले अन्त्य गर्नुपर्ने बताए।
सांसद पद्मा खड्काले नीति, कार्यक्रम र बजेटमा चर्चाका लागि मात्रै नयाँनयाँ नाराहरु राख्ने गरिएको भन्दै त्यसको कार्यान्वयन पक्ष शून्य रहेको बताइन्। ‘पहिलो वर्ष प्रदेश सरकारले अर्गानिक प्रदेशको नारा ल्यायो, दोस्रो वर्ष हाइटेक नर्सरीको योजना ल्यायो,’ विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद खड्काले भनिन्, ‘चालू आर्थिक वर्षमा ल्याइएको कृषकलाई दिने भनिएको सुनको हलोको अवस्था के छ सदनलाई जानकारी दिनुपर्यो।’ उनले डोल्पामा स्थापना गरिएको हाइटेक नर्सरीमा विरुवा राख्ने ठाउँमा पार्टीका कार्यक्रम हुने गरेको आरोप लगाइन्।
सांसद दल रावलले डोल्पाको दुनैमा भेरी नदीको टापुमा बनाउन लागिएको पार्कलाई तत्काल रोक्नुपर्ने बताए। उनले टापुमा पार्क बनाउनु भन्दा भेरी नदीमाथि पुल आवश्यक रहेको बताए। ‘एक जिल्ला, एक पर्यटकीयस्थलका नाममा दुनैको भेरी नदी टापुमा पार्क बनाउन १५ करोड रुपैयाँ छुट्याइएको छ,’ उनले भने, ‘यो नचाहिँदो काम हो, कर्णालीका गरिव जनताको १५ करोड रुपैयाँ पानीमा बगाइनु हुन्न।’ उनले नदीमाथि अस्पताल रहेको र त्यहाँसम्म उपचारका लागि जानका लागि स्थानीय नागरिकहरुलाई समस्या भइरहेको बताए।
सांसद मिनासिंह रखालले सरकारका नारा राम्रा भएपनि कार्यान्वयन पक्ष फितलो रहेको बताइन्। उनले कृषि पेशालाई मर्यादित बनाई कृषकलाई सम्मान गर्नका लागि एक किसानलाई सुनको हलो अंकित तक्मा र दुई सय कृषकलाई दिने भनिएको उत्कृष्ट पुरस्कार कहाँसम्म पुग्यो भन्दै सरकारको धारणा माग गरिन्।
सांसदहरुले पठाएका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले सुनको हलोका विषयमा कुनै जवाफ दिएनन्। उनले कर्णालीले पछिल्लो समय स्याउ, सुन्तला, सिमी, तरकारीलगायतका बस्तु निर्यात सुरु गरेको बताए। उनले कर्णालीबाट चालू नौ करोडको स्याउ, पाँच करोडको सुन्तला, छ करोडको सिमी, २० करोडको तरकारी, २२ करोडको आलु र २० करोड ४० लाखका खसी बिक्री गरिएको बताए। मन्त्री शाहीले सांसदले उठाएका प्रश्नहरुलाई सम्बोधन गर्ने गरेर आफूले काम गर्ने बताए।