बाँके कांग्रेस कार्यालयमा तालाबन्दी
२४ कार्तिक २०७८
•
१ मिनेट पाठ
बाँके कांग्रेस कार्यालयमा तालाबन्दी
नेपाली कांग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्।




क्षेत्र नम्बर १ मा अधिवेशन हुनै लाग्दा दुई सय ३९ फर्जी सदस्यता थप्न लागेपछि पार्टी कार्यालयमा ताला लगाइएको नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले जनाए। क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेकाले यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो। ‘सदस्यता आउनै लाग्दा थप दुई सय ३९ जनाको फर्जी नाममा सदस्य दिन लागिएको छ,’ उनले भने, ‘क्रियाशील सदस्यका नाममा फर्जी सदस्यता वितरण रोक्न हामीले पार्टी कार्यालयमा ताला लगाएका हौं।’ उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने उनको भनाइ छ।

आंशिकरुपमा सदस्यता विवाद मिलेपछि कांग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवेशन, कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका अधिवेशन हुन लागेको थियो। सदस्यता विवाद पुनः सतहमै आएपछि तोकिएकै समयमा अधिवेशन हुने वा नहुने अनिश्चित देखिएको छ।

पार्टी सभापति किरण कोइरालाले पार्टीभित्र आन्तरिक विवाद भएकाले यसलाई सहजै  समाधान गरी अधिवेशन गर्ने बताइन्। तर, अन्तिम सदस्यता वितरण नआउँदासम्म अधिवेशन हुन नदिने नेता कार्यकर्ता बताउँछन्। यसअघि कांग्रेसको अधिवेशन यही २७ गते हुने तयारी भएको थियो।
अर्को समाचार
बाँके कांग्रेस कार्यालयमा असन्तुष्ट पक्षले लगायो ताला
१८ जेष्ठ २०७९
•
२ मिनेट पाठ
बाँके कांग्रेस कार्यालयमा असन्तुष्ट पक्षले लगायो ताला
नेपाली कांग्रेस बाँकेको कार्यालयमा लगाइएको ताला। तस्बिर: नागरिक
नेपाली काँग्रेस बाँकेको कार्यालयमा असन्तुष्ट पक्षले बुधबार ताला लगाएको छ। 




कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले विधान विपरित गरेका निर्णय अहिलेसम्म नसच्याएको भन्दै असन्तुष्ट पक्षले कार्यालयको मुलगेटमा ताला लगाएको हो। असन्तुष्ट पक्षको अगुवाई गरेका संविधानसभा सदस्य समेत रहेका कांग्रेस नेता बादशाह कुर्मी लगायतको उपस्थितीमा तालाबन्दी गरिएको थियो।

सभापति गौडेलले स्थानीय तह निर्वाचनको मुखमा आफ्नो अनुकुल जिल्ला कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति, जिल्ला संसदिय समिति गठन गरेको र पार्टीको विधानमै अहिलेसम्म ब्यवस्था नभएको प्रेस सल्लाहकार पद समेत खडा गरेर नियुक्ती गरेपछि त्यसप्रति आफुहरुले असन्तुष्टी जनाउँदै आएको र उक्त निर्णयलाई सच्याउन अझैपनि नमानेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको कांग्रेस बाँकेका जिल्ला सह–सचिव बिनोद थारुले बताए।  

गौडेलले जिल्ला कार्यसमितिको गत चैत २२ गते बैठक बोलाएको र उक्त बैठकमा जिल्ला सदस्यको कोरम नपुगी बैठक बस्न नसकेकोले पार्टी सभापतिले नै बैठक नबस्ने भनि मौखिक रुपमा जानकारी गराएको अवस्थामा एक्कासी आफू अनुकुलका व्यक्तिलाई मनोनित गरेको थाहा पाउँदा सबै अचम्मित भएको बताए।

असन्तुष्ट नेता कार्यकर्तार्काले जिल्ला, प्रदेश र केन्द्रमा उजुरी गरेपछि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री देवेन्द्रराज कँडेल चुनावअघि बाँके आएर फर्केका थिए। जिल्ला सभापति गौडेलले एकलौटीरुपमा गरेको निर्णयप्रति आफूहरुको विरोध रहँदै आएको र ती निर्णय नसच्चिएसम्म बिरोध जारी नै रहने कांग्रेस नेता कुर्मीले बताए।

स्थानीय निर्वाचनको टिकटको प्रलोभन देखाई गलत प्रयोजनका लागि हस्ताक्षर गराई निर्णय पुस्तिकामा लेखाई विधान विपरित कार्य गरेकाले उक्त निर्णय खारेज गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ। विधान अनुसार जिल्ला कार्यसमितिको बैठक पुनः बोलाई कोषाध्यक्ष, जिल्ला संसदिय समिति र कार्य सम्पादन समिति लगायतका निर्णयपूर्ण बैठकबाट पास गराई अबिलम्व लागू गर्न ध्यानाकर्षण गराउँदै पार्टीको विधान रक्षाका लागि कार्यालयमा तालाबन्दीसहित विभिन्न संघर्षका कार्यक्रम गर्नुपरेको उनीहरुको तर्क छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस