लुम्बिनी प्रदेशका ‘पर्यटन ग्रामिण तथा शहरी विकास’ मन्त्री डिल्लीबहादुर चौधरीले शनिबार बाँकेको पर्यटकीय क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रशिद्ध धार्मिक तीर्थस्थल भूवर भवानी मन्दिर क्षेत्रको उनले निरीक्षण गरेका हुन्। मन्दिर दर्शन गरिसकेपछि निरीक्षणका क्रममा मन्त्री चौधरीले भूवर भवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए।
दाङसँग सीमा जोडिएको राप्ती सोनारी जनसंख्याको हिसाबले देशकै ठूलो गाउँपालिका हो। राप्ती नदीको दुबैतर्फ गाउँपालिकाका विभिन्न वडा रहेका छन्। राप्ती सोनारीको वडा नम्बर १ कुसुमदेखि वडा नम्बर २ अगैयासम्म र्याफ्टिङ सञ्चालन गर्न मन्त्रालयले आवश्यक कार्य अगाडि बढाउने उनले सुनाए। ‘कुसुमलाई पर्यटन क्षेत्रसँग जोड्ने हो भने राप्तीलाई प्रयोग गर्नुपर्छ, राप्तीलाई प्रयोग गर्दा यहाँबाट अगैयासम्म र्याफ्टिङ सुरु गर्ने हामीले घोषणा गरेका छौं,’ उनले भने ‘यसबाट यहाँका व्यवसायीलाई ठूलो फाइदा पुग्नेछ र पश्चिम नेपालको कर्णालीपछिको पहिलो र्याफ्टिङ राप्ती नदीमा हुनेछ भन्ने मैले आशा गरेको छु।’
यस्तै सिचाइँका लागि राप्ती नदीलाई जतिसक्दो उपयोग गरेर लिफ्ट सिचाइँ योजना लागू गर्न आवश्यक पहल गर्ने मन्त्री चौधरीले प्रतिवद्धता जनाए। ‘मेरो मन्त्रालयले खासगरी तीन वटा कुरा हेर्छ, एउटा पर्यटन हेर्छ, शहर र गाउँको सडक तथा नाला र खानेपानीलाई हेर्छ,’ उनले भने, ‘राप्ती सोनारी गाउँपालिकाको ‘एक घर, एक धारा’ नीति अनुसार प्रदेश सरकारले सहयोग गर्ने कुरा पनि यहाँहरु समक्ष राख्न चाहन्छु।’
मन्त्रीलाई निरीक्षण गराईसकेपछि राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रदेश सरकारबाट आफ्नो क्षेत्रको पर्यटनलगायत विकासका योजना पाउने आशा जागेको बताए। ‘मन्त्रीज्यूले हाम्रो गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र र विकाससम्बन्धी कुराको निरीक्षण गर्नु भएको छ, यसबाट हामी धेरै उत्साहित भएका छौं,’ उनले भने।
प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा गाउँपालिकाभित्र आवश्यक योजना सञ्चालन गरिने अध्यक्ष थारुले बताए। मन्त्री चौधरीलाई राप्तीसोनारी १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीले विभिन्न मागसहितको ज्ञापन पत्र समेत बुझाएका थिए।
मन्त्री भएपछि पहिलो पटक आएका चौधरीलाई राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम र वडा नम्बर २ अगैयामा कांग्रेस बाँकेका उपसभापति फुलाराम थारु, क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, जिल्ला सदस्य नारायण प्रसाद गौडेल, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारु लगायतले स्वागत गरेका थिए।