नेकपा एमाले जुम्ला एकीकृत समाजवादीको कब्जामा!
१९ भदौ २०७८
•
४ मिनेट पाठ
नेकपा एमाले जुम्ला एकीकृत समाजवादीको कब्जामा!
नेकपा एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना मनोनित सदस्यबाहेक सबै एकीकृत समाजवादीमा लागेका छन्। दुई जना मनोनित सदस्य मात्र नेकपा एमालेमा लागेका हुन्। नेकपा (एकीकृत समाजवादी) जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर सिंगो जिल्ला समिति नै समाजवादी पार्टीमा रहेको जनाएको हो। एमालेतिर हाल मेनका पछाइ, लाल भट्टराई उभिएका छन्। धिर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले निस्काशन गरिसकेको थियो।




यो संगै युवासंघ नेपाल,अखिल नेपाल महिला संघ,अखिल नेपाल किसान महासंघ, प्रध्यापक संघ, शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादी तिरै रहेको जनाएको हो।

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिंगो नकेपा एमालेको जिल्ला समिति समाजवादी पार्टीमा आइसकेको बताए। सचिव न्यौपानेका अनुसार जुम्ला प्रदेश क्षेत्र ख का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा लागेको बताए। 

उनले भने,‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जीतेका सबै जनप्रतिनिधिले समाजवादीमा सखनात गरिसकेका छन्। केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा छन्।’

केन्द्रदेखि जिल्लासम्म केपी शर्मा ओली गुटमा बा प्रबृति हावी भएको, गुटगत क्रियाकलापले सिंगो कार्यकर्ता जगतलाई आक्रान्त पारेकोले विकल्पको रुपमा समाजवादी पार्टीको विजारोपण भएको उनले बताए। सांसद रोकायाले भने,‘यो पार्टी कुर्चीका लागि होइन। यो पार्टी हरेक अनैतिकताको विरुद्ध लड्ने जुझारु पार्टी बन्नेछ।’

जुम्लामा एकीकृत समाजवादी नै संस्थापक भएको बताउँदै उनले ओली निकटको नेकपा एमाले विद्रोही पार्टीको रुपमा रहेको बताए।'अहिले संकटमा छौँ। पहिले एमाले पार्टीको विकास, विस्तार गर्ने पनि नै हौँ। अहिले अर्को पार्टी गठन गर्नु परेको छ। यो केपीको अहंकारका कारणले हो। तर यो पार्टीलाई पनि जिल्लाको एक नम्बर पार्टी बनाएर छाड्ने छौँ।’

उनले आफूले २०७० र २०७४ सालको चुनावमा माधवकुमार नेपालको प्यानलबाट चुनाव लडेको बताए। पहिले माओवादी केन्द्रसंग पार्टी एकता गर्नु केपी ओलीको ठूलो भुल थियो। एकता भइसकेपछि प्रधानमन्त्री र पार्टी संञ्चालनमा भएका समझदारी कार्यान्वयन इमान्दारीताका साथ कार्यान्वयन गर्नु पर्ने थियो। त्यो केपी ओलीले उल्लंघन गरे। हरेक बाँडफाँडमा विभेद गर्न थाले। माधव नेपाल निकटलाई पेल्न थाले। विधि, पद्धति र प्रक्रिया मिच्न थाले। यो एकीकृत समाजवादी त्यसैको उपज हो,' उनले भने।  

भाइ धेरै भएको घरमा भाइफुट्नु स्वभाविक हो। तर मेहनती भाइले फड्को मार्ने हो। एकीकृत समाजवादी महेनती भाइको रुपमा जन्मिएको छ। यसले छाटो समयमै प्रगति गर्ने छ। एक वर्षभित्र एमालेभन्दा ठूलो पार्टी बनाउने हैसियत राख्नेमा दुईमत छैन, सांसद रोकायाले भने,‘एमालेमा नेतै नेता छन्। एकआपसमा जुध्दै पार्टी ध्वस्त पार्छन्। हाम्रोमा पदभन्दा पार्टी, विचार र सिद्धान्तलाई प्रमुख मान्ने ब्यक्तिको जमात छ। त्यही भएर एकीकृत समाजवादी जुम्लामा फड्को मार्छ।’

उनले मन्त्रीको प्रलोभनमा सांसदहरु समाजवादीमा प्रवेश गर्न इच्छा जाहेर गरेको बताउँदै निस्वार्थ रुपमा आउन अपिल गरे। सांसद रोकायाले जुम्लामा आगामी चुनावमा एमालेले एक वडा पनि नजित्ने दाबी गरे। तर पहिलेको एमालेको वर्चश्व भएको वडामा समाजवादीले जित्ने दाबी गरे।

उनले कर्णालीका १० जिल्लामा ८ वटा जिल्ला नेकपा एकीकृत सामाजवादीले कब्जा गर्ने बताए। तत्कालीन नेकपा एमालेका सचिव तथा हालका नेकपा (एकीकृत समाजवादी)का नेता आदीप्रसाद न्यौपानेले जुम्लामा ७५ प्रतिशत समाजवादीकै बाहुल्यता रहेको बताए। उनले थपे,‘ एमाले २५ प्रतिशत होला तर अव यो पनि घट्दैछ।’

उनले आगामी चुनावमा माओवादी सग तालमेल गरेर भएपनि चुनाव जित्ने बताए। नेता न्यौपानेले भने,‘नेकपा एकीकृत समाजवादी विधिमा चल्ने पार्टी हुन्छ। एक वर्षभित्र पार्टीको आफ्नै भवन हुनेछ। एमालेभन्दा ठूलो पार्टी बन्नेछ। त्यसैले एमाले तिर भएका साथीहरुलाई आह्वान गर्छौँ। तपाइहरु एकीकृत समाजवादीमा आउनुहोस। नत्र पछि पछुताउनु पर्ला।'

उनले सुर्य चिन्हले कुनै फरक नपार्ने बताए। पार्टीको विचार, सिद्धान्त र व्यवहारले फरक पार्ने हो।उनले भने,‘सुर्य चिन्ह निर्जिव वस्तु हो। मुख्य कुरा विचार सिद्धान्त नै हो। जनताप्रतिको लगाव हो। ’केपी ओली संघीयता विरोधी र गणतन्त्र विरोधी भएकोले एमाले कुनै पनि हालतमा फल्टाउन नसक्ने दावी एकीकृत समाजवादी पार्टीको छ।

सांसद रोकायाले पटक पटक छलफल, बहस, समिक्षा र आपसी समझदारी र सल्लाह बमोजिम अघि बढ्ने भएकोले एकीकृत समाजवादी जनताको रोजाइको पाटी बन्नेमा ठोकुवा गरे।

एकीकृत समाजवादीका नेता नन्दराम रोकायाले ठीक समयमा ठीक निर्णय गरेको बताए। उनले भने,‘सुर्य चिन्हले खासै प्रभाव नपार्ने भएकोले प्रभावित नहुन कार्यकर्तालाई आग्रह गर्दछौँ। सुर्य चिन्ह एक निर्जिव वस्तु हो। हामी नयाँ तरिकाले अघि बढौँ। चिन्ह प्रमुख होइन। केही प्रभावशाली नेताका कारणसुर्य चिन्ह ब्राण्ड बनेको थियो। अब केपीबाले सुर्य चिन्हको अस्तित्व संकटमा परिरहेको छ।  

उनले भने,’पहिले एमाले बनाउने पनि हामी नै हो। अहिले समाजवादी पनि हामीले नै बनाउँछौँ। कार्यकर्तालाई बिचलित नहुँन निर्देशन गर्दछु। सुशासन, अनियमितता, अपारदर्शीताकाविरुद्ध यो पार्टीले अभियान थाल्नेमा जोड दिए।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
५६ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस