नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार
०७ साउन २०७८
•
५ मिनेट पाठ
नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार
एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन्।




सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिएबमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको ओलीले बताए। ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष दिने हो। मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार छु,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने। ओली पक्षको तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांशले पार्टीलाई विभाजन गर्न दिनु हुँदैन भन्ने आवाज उठाएका थिए। त्यसपछि ओलीले मही नै मथेर भए पनि एकताका निम्ति पहल गर्ने बताएका हुन्।

उता नेपाललाई पनि पार्टी एकताका लागि दबाब बढेको छ। नेपालले बुधबार आफू निकटका नेतासँग छलफल गरेका थिए। त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए। न्यौपानेबाहेक सबैले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरूमाथि हुने गालीगलौज र अनैतिक गतिविधि रोक्नुपर्ने तथा स्पष्टीकरणका नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए। नेपालले पनि आफू सम्मानजनक एकताका पक्षमा रहेको बताएका थिए।

नेपाल पक्षका नेता गोकर्ण बिष्टले एकतामा असर पर्ने कुनै पनि कार्य नगर्ने विषयमा छलफल भएको बताए। उनले अर्को पक्षबाट त्यस्तो गतिविधि भइरहेको तर्फ संकेत गर्दै त्यसले एकताविरोधी तत्वलाई बल पुग्ने बताए। ‘संविधानको धारा ७६ (५) प्रयोग गर्ने सन्दर्भमा सांसदले आफ्नो विवेक प्रयोग गरेका हुन्। जे सर्वोच्चले फैसला गरेको छ, त्यसबाट प्राप्त अधिकारलाई प्रयोग गरेको सन्दर्भमा २२ जना प्रतिनिधिसभा सदस्यमाथि जुन ढंगले स्पष्टीकरण सोध्ने काम गरिएको छ त्यसले एकताको वातावरणमा असर पार्न सक्छ’, पार्टीको सचिवसमेत रहेका बिष्टले भने। अर्का सदस्य रघुजी पन्तले कुनै पनि प्रकारको उत्तेजक कामकारबाहीले एकतामा असर पु¥याउने भएकाले त्यस्तो काम कतैबाट पनि हुनुहुँदैन भन्नेमा आफूहरू अडिग रहेको बताए। ‘अदालतको फैसलाले प्रस्ट रुपमा ७६ (५) को निर्णय गर्ने अवस्थामा सांसदलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यही विषयलाई निहुँ खोजेर स्पष्टीकरण सोध्नु राम्रो होइन। यसले कार्यदलको सहमति कार्यान्वयन गर्न समेत समस्या देखिएको छ’, उनले भने।

बैठकमा नेता नेपालले अहिलेको अवस्थामा आफूहरूको अडान र विचारले जितेको बताएका थिए। उपाध्यक्ष ज्ञवालीका अनुसार नेता नेपालले सम्मानजनक पार्टी एकताको पक्षमा लाग्ने जानकारी गराएका थिए। नेपाल पक्षको बैठकमा ओली पक्षबाटै पार्टी एकताविरोधी कार्य भइरहेकोमा चिन्ता व्यक्त गरिएको थियो।

यसैबीच एकताका लागि भन्दै तेस्रो तहका नेता पनि सक्रिय भएका छन्। झपट रावल, राजबहादुर बुढा, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, सूर्य पाठक, कृष्ण दाहाललगायतका १० जना नेताले दबाब अभियान सुरु गरेका छन्। उनीहरूले बिहीबार कार्यदलका सदस्यसँग भेटघाट गर्ने र शुक्रबार ओली–नेपाल दुवैलाई भेटेर एकताका लागि दबाब दिने बताएका छन्।

२२ सांसदलाई स्पष्टीकरण

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेका छ्न्। स्पष्टीकरण पत्रमा उनीहरूलाई पार्टीबाट निष्कासन किन नगर्ने भनेर सोधिएको छ। ओलीले पत्रमा विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य किन गरेको भन्ने उल्लेख गरेका छन्।

‘पार्टीका विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टीको निर्णयविरुद्ध आफू र अरूसमेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य केकति कारणले गर्नुभएको हो’,स्पष्टीकरण पत्रमा सोधिएको छ।  

ओलीले पार्टीबाट निष्कासन गर्नुनपर्ने कुनै कारण भए २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेका छन्। स्पष्टीकरण इमेलमार्फत पठाइएको थियो। ‘उहाँहरू सबैलाई स्पष्टीकरण पत्र इमेलमार्फत पठाइएको छ। उहाँहरूले प्राप्त गरिसक्नुभयो’, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने।

नेपाल रावल निवासमा

नेपाल पक्षले बोलाएको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित भएपछि उनलाई भेट्न नेता नेपाल टोखास्थित निवास पुगेका थिए। बुधबार बसेको स्थायी कमिटी बैठकमा रावल उपस्थित नभएपछि बैठकस्थलबाटै नेपाल टोखा गएका हुन्। उनीहरूबीच दुई घण्टाभन्दा बढी छलफल भएको छ। सो अवसरमा नेपालले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए। रावलले भने राजीनामा फिर्ता नलिने प्रतिक्रिया दिएका थिए।

गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिनुअघि नेपालसँग भनाभन भएपछि रावलले असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका थिए। त्यसयता नेपाल र रावलबीच कुराकानीसमेत भएको थिएन। रावल एमालेको विवाद निरूपण कार्यदलमा नेपाल पक्षबाट संयोजक थिए। कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो। सो सहमति कार्यान्वयन गरेर एमाले एकता बचाउनुपर्नेमा रावललगायतका नेपाल पक्षधर स्थायी कमिटी सदस्यले जोड दिँदै आएका छन्।

‘कानुनको अपव्याख्या’

एमालेको केन्द्रीय कमिटी बैठकले कानुनको अपव्याख्या गरेर सरकार बनाइएको आरोप लगाएको छ। केन्द्रीय कमिटी बैठकको तेस्रो दिन भएको छलफलमा संविधान धारा ७६ (५) बाट बनेको सरकारका सम्बन्धमा यस्तो धारणा आएको हो। बैठकले संविधान संशोधनको बाटोमा समेत जानुपर्ने आवश्यकता महसुस गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

सर्वोच्च अदालतको फैसलाले संविधानको आधारभूत विषयलाई कमजोर बनाएको आरोप एमालेको छ। फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्‍याएको ठहर बैठकले गरेको छ। पार्टीले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको ज्ञवालीले जानकारी दिए।
अर्को समाचार
एमालेमा अल्पकालीन युद्धविरामको संकेत
१२ साउन २०७८
•
४ मिनेट पाठ
एमालेमा अल्पकालीन युद्धविरामको संकेत
नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ।




बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए। ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो। मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भीम आचार्यले भने। उनका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ। ओली पक्षबाट भ्रातृ संगठनका नाममा भइरहेका अराजक गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ। युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्न बैठकले आग्रह गरेको हो।

पार्टीभित्र देखिएका विवाद निरूपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी अध्यक्ष ओलीका तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने निर्णय बैठकले गरेको छ। ‘पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासलाई छिटो टुंगोमा पुर्‍याउन थप प्रयास थाल्ने कुरा भएका छन्। सबै साथीको जोड एकतामै छ। त्यसकारण दुवै नेतालाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरिएको छ,’ बैठकपछि नेता रघुजी पन्तले भने। ‘पार्टी एकताको विकल्प छैन भन्ने हो भने दुवै नेताले अभिव्यक्तिमा लगाम लगाउनुपर्छ। कार्यकर्ता भड्काउने गरी अभिव्यक्ति दिनुहुँदैन,’ स्थायी कमिटी सदस्य आचार्यले भने।

ओलीका तर्फबाट माधव नेपाललाई दोस्रो अध्यक्ष र बराबरी अधिकार दिनेगरी विवाद निरूपणको प्रस्ताव गरिएको छ। तर वरिष्ठ नेता नेपालले भने विधानमा दोस्रो अध्यक्षको व्यवस्था नभएकाले विधानबमोजिम नै विवाद निरूपण गर्ने र विधानमै उल्लेख गरेर दोस्रो अध्यक्षको अधिकारको विषयमा छलफल गर्ने बताएका छन्। ‘अहिले नै दोस्रो अध्यक्षमा जाने कुरा छैन । विधानबमोजिमकै एकता हुनुपर्ने भन्नेमा नेता नेपालको जोड छ,’ उनीनिकट एक नेताले भने।

सोमबारको बैठकमा नेता नेपालले सम्मानजनक विषय आए पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताएका थिए।  एमालेको नवौं महाधिवेशनबाट पारित भएको विधानले दोस्रो अध्यक्षको परिकल्पना नगरेका कारण नेपाल विधान संशोधन नभई दोस्रो अध्यक्षमा जान नचाहेका हुन्। पन्तका अनुसार देशभरका कार्यकर्ताको चाहना पनि एकता नै रहेकाले तत्कालका लागि पार्टी एकतामै जोड दिइएको हो। ‘नेकपा एमालेका देशभरिका कार्यकर्ता, मतदाता र राष्ट्रियता एवं लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ, त्यसैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ,’ पन्तले भने। बैठकमा दुवै शीर्ष नेताबीच भेटघाट गरेर कुराकानी गर्नसमेत सुझाव दिइएको थियो।

बैठकमा आचार्यलगायत नेताले पार्टी एकता प्रक्रिया चाँडै टुंग्याउनुपर्ने बताएका थिए। अनिर्णयको बन्दी बनिरहन नहुनेमा उनीहरूले जोड दिएका थिए । ‘जनता र कार्यकर्तामा अन्योल छ। नेताहरूले यो विषयमा सोच्नुपर्छ,’ आचार्यले भनेका थिए, ‘एकताको ढोका पूर्ण रूपमा खोल्नुपर्छ, अलमल गर्नुहुँदैन, राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय र कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ।’  पार्टी अध्यक्ष ओली पक्ष मौन रहेका बेला नेपाल पक्ष भने एक साताभित्रै विवाद निरूपण गर्न लागिपरेको छ। त्यसका लागि बैठकले भीम रावललाई जिम्मा दिएको स्रोतले जनाएको छ।  

‘माधव नेपाल तत्काल ओलीसँग संवादका लागि तयार छैनन्। विश्वासिलो आधार तयार भएपछि मात्रै संवादमा बस्ने भएकाले रावललाई जिम्मा दिइएको हो, यसै साताभित्र विश्वासिलो आधार तयार गरेर दुवै नेतालाई संवादको वातावरण बनाउने काम हुन्छ,’ बैठक स्रोतले भन्यो। पार्टीभित्र विवाद मिलाउन जति ढिला ग¥यो त्यति नै बाहिरका शक्तिले खेल्न पाउने विश्लेषण बैठकमा भएको थियो। बैठकले माधव नेपाललाई सरकार पक्षको गठबन्धनमा नजानसमेत सुझाव दिइएको थियो। स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य र सांसदसँग पनि छलफल गर्ने निर्णय गरेको छ। एकदुई दिनभित्रै स्थायी कमिटीका सदस्यसहित नेपालले केन्द्रीय सदस्यसँग पनि सुझाव लिनेछन्।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस