सर्वोच्च अदालतले गरेको संसद पुनःस्थापनाको फैसलाको स्वागत गर्दै रोल्पा सदरमुकाममा एक कार्यक्रम गरिएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरुको सहभागितामा स्वागतसँगै खुसियाली सभा गरिएको हो। सदरमुकाम लिवाङको टुडिखेल छेउमा गरिएको औपचारिक कार्यक्रम पश्चात दिपावली समेत गरिएको थियो।
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद लेखनाथ आचार्य, जितबिक्रम मल्ल, माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र थापा घर्ती, रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसि समेतको उपस्थिती रहेको कार्यक्रमका वक्ताहरुले अदालती निर्णयको स्वागत गरेका थिए।