‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’
१३ असार २०७८
•
४ मिनेट पाठ
‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट  बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूले मुलुकमा लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरेको प्रष्टीकरण दिएका छन्। उनीहरूले गठबन्धनप्रति शंका–उपशंका नगर्न पनि आग्रह गरेका छन्।  




राजधानीमा शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टले आफूहरूको गठबन्धन लोकतन्त्र र संविधान रक्षाका लागि भएको प्रष्टीकरण दिएका हुन्।  

सञ्चारकर्मीसँग करिब ३ घण्टाभन्दा बढी समय बिताएका उनीहरूले सर्वोच्च अदालत संविधानको व्याख्या गर्ने थलो भएकाले त्यहाँबाट आउने निर्णय लोकतन्त्र र संविधानको रक्षाकै पक्षमा हुने विश्वास व्यक्त गरे। उनीहरूको आसय सर्वोच्चबाट प्रतिनिधिसभा पुनस्र्थापना मात्र होइन, कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन पनि आदेश हुने थियो। कांग्रेस सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गर्दै संविधान र लोकतन्त्र रक्षाका लागि आफूहरू एकठाउँमा उभिएको बताए। 

उनले आफूलाई १४९ जना सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले त्यसलाई ‘क्रस चेक’ नगरेको बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो। यसबाट मलाई दुःख लाग्यो। सांसदहरूको हस्ताक्षर क्रस चेक गर्न सक्नु हुन्थ्यो राष्ट्रपतिले। चाहे क्रस चेक गर्न सकिने अवस्था जहाँ पनि छ तर उहाँले क्रस चेक नै गर्न चाहनु भएन’, देउवाले भने।  

उनले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन पनि आदेश हुने विश्वास व्यक्त गरे। ‘अदालतले प्रधानमन्त्री बनाओस् भन्ने चाहना होइन, संविधानको व्याख्या गर्ने सर्वोच्च अदालत हो भनेर हामीले भनेका छौं। राष्ट्रपतिले को–कता छ भनेर सोध्नुपर्ने हो तर त्यसो नगरी प्रतिनिधिसभा नै विघटन गरिदिनुभयो’, उनले भने।  

देउवाले प्रधानमन्त्री ओली लोकतन्त्रवादी नभएको आरोपसमेत लगाए। ‘ओली संविधानवादी, लोकतन्त्रवादी केही होइनन्, उनी मनपरी गर्ने अधिनायकवादी हुन्, संविधानमा लेखेको राष्ट्रपतिले नमानेपछि हामी अदालत गएका हौं। संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने हो’, देउवाले भने। देउवाले माओवादी अध्यक्ष दाहाल र एमाले वरिष्ठ नेता नेपाल बलिया सारथि रहेको संकेत गरे। उनले नेपालजी लडाकु मित्र हो भन्दै धोका नहुने विश्वास व्यक्त गरे।  

माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूहरूको गठबन्धन मुद्दामा आधारित भएकाले संविधानको रक्षा सुनिश्चित नहुँदासम्म रहने बताए। उनले ‘ओली पात्र र प्रवृत्तिका राजनीतिक खलनायक’ भएको भन्दै उनले पटकपटक संविधानमाथि प्रहार गरेका कारण गठबन्धन गर्नुपरेको प्रष्ट पारे। दाहालले ओलीको चर्कोे आलोचना गर्दै उनलाई प्रजातान्त्रिक छलफल रुचाउनै नसक्ने पात्र र प्रवृत्तिका रुपमा अथ्र्याए। ‘प्रधानमन्त्री र राष्ट्रपति भन्नेबित्तिकै केपी–विद्याको अनुहार आउने, उनीहरूले जे पनि गर्ने भनेर मलाई अचेल कतिपय बुद्धिजीविहरूले भन्न थाल्नुभयो, राष्ट्रपति रबर स्टाम्प पनि। हु इज केपी ओली ?,’ दाहालले भने।  

दाहालले ओलीले कहिले आफैं त कहिले महान्यायाधिवक्ता लगाएर अदालतलाई धम्क्याउन थालेको आरोप लगाए। ‘केपीले अहिले धम्क्याउन थाल्नुभएको छ, कहिले महान्यायाधिवक्तामार्फत धम्क्याउन थाल्नुभएको छ, कहिले आफैंले धम्क्याउनु भएको छ। कहिले विचरा म। मलाई देखाएर धम्काइएको छ। मेरो सेटिङमा देश चल्छ रे, मेरो सेटिङमा नेपाल चलेको भए त !’, दाहालले भने। दाहालले एमालेको वास्तविक नेता नेपाल भएको टिप्पणी पनि गरे। ‘एमालेको वास्तविक लिडर माधवजी हो। केपी चै खस्किँदैछन्,’ उनले भने।

दाहालले केही दिनमै अदालतको आदेशमा देउवा प्रधानमन्त्री हुने विश्वास पनि व्यक्त गरे। ‘मैले यो कुरा नियम, संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उनले भने। दाहालले आफूहरूले नै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए। गठबन्धनमा सामेल एमालेका वरिष्ठ नेता नेपालले आफूहरूको संघर्ष केपी ओलीकोल विरोधमा उनको प्रवृत्तिविरुद्ध भएको बताए। 

उनले आफू पार्टीभित्रै विद्रोह गरेर संविधान र लोकतन्त्र बचाउन लागिपरेको बताए। नेपालले आफूलाई विपक्षी गठबन्धनबाट अलग गर्न प्रधानमन्त्रीको प्रस्ताव आएको बताए। उनले आफूले विपक्षी गठबन्धनलाई धोका दिन नसक्ने स्पष्ट पारे। ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो। शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् भन्ने प्रस्ताव आएको छ’, नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन। जुन प्रक्रिया अगाडि बढेको छै, त्यहाँ धोका दिने पक्षमा छैन, हस्ताक्षर फिर्ता लिने पक्षमा छैन।’ ओली पक्षका नेताहरूले बेलाबेखत कांग्रेसको हातमा सत्ता सुम्पनुभन्दा एमालेकै नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरिरहैकै बेला नेता नेपालले गठबन्धनलाई धोका नदिने वचन दिएका हुन्।  

नेपालले प्रधानमन्त्री ओलीले सत्ता र शक्तिको मातमा पटकपटक गलत कदम चालेको आरोप लगाए। ओलीका क्रियाकलापले लोकतन्त्र नै धरापमा परेको र आफूले पनि पटक–पटक धोका पाएको बताए। उनले एक प्रसंगमा ओलीलाई लक्षित गर्दै बालुवा पेलेर तेल नआउने बताए। ‘साथीहरू लागिरहनु भएको छ, बालुवा पेलेर तेल आयो भने राम्रो तर आउँछ भन्ने मलाई लाग्दैन, मैले वामदेव (गौतम) जीलाई पनि त्यही भनेको थिए। उहाँ पनि केही समय बालुवा पेल्न लाग्नु भयो तर तेल आएन,’ नेपालले भने।
अर्को समाचार
गठबन्धनका उम्मेदवारलाई जिताउन महामन्त्री शर्माकाे आग्रह
२७ वैशाख २०७९
•
१ मिनेट पाठ
गठबन्धनका उम्मेदवारलाई जिताउन महामन्त्री शर्माकाे आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को ठूलो योगदान रहेको बताएका छन्।




गृहनगर मेचीनगरको धुलाबारीमा हिजाे साँझ आयोजित चुनावी सभामा उनले भने 'अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ।'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको यसअघिको सरकारले दुई/दुई पटकसम्म संसद् विघटन गरेर संविधान र लोकतन्त्रप्रति प्रहार गरेको आरोप लगाउँदै कांग्रेस महामन्त्री शर्माले संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्ने बाध्यता आएको बताए।

दश वर्षे सशस्त्र विद्रोह गरेको शक्ति माओवादी र लोकतन्त्रका लागि सङ्घर्ष गरेको नेपाली कांग्रेसबीच तालमेल भएकै कारण मुलुकमा शान्ति स्थापना भएको दृष्टान्त दिँदै उनले घरपरिवार तालमेलबाट चले जस्तै देशलाई सुव्यवस्थितरूपमा सञ्चालन गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदातालाई आग्रह गरे।

महामन्त्री शर्मा दुई दिनयता गृह जिल्लाको चुनावी सभामा व्यस्त रहेका छन्। शर्माको गृहनगर मेचीनगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन रहेको छ। नगरप्रमुख पदमा नेपाली कांग्रेसका इन्द्र बुढाथोकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी उम्मेदवार बनेका छन्। उनले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरे। रासस
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस