संसद् अवरोध हुने संकेत
२३ फागुन २०७७
•
४ मिनेट पाठ
संसद् अवरोध हुने संकेत
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताका रूपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ।




‘आइतबारदेखि सदन चल्दैछ। नेकपा औपचारिक रूपमा विभाजन भएको छैन। सभामुखले दलको नेताका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्ड (पुष्पकमल दाहाल) लाई गर्न खोजे त्यसको प्रतिवाद गरिनेछ,’ ओली समूहका एक सांसदले भने। उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिई कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई सभामुखले नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा त्यसको प्रतिवादमा ओली समूहले तयारी थालेको हो।

‘धेरै विषय सभामुखमा निर्भर रहन्छ,’ ओली समूहका एक सांसदले भने, ‘वैधानिक बाटो छाडेर चोरबाटोबाट आउनेहरूलाई सभामुखले मान्यता दिने कुरा सह्य छैन।’ ओली समूहले विभिन्न रणनीति अख्तियार गर्न सक्ने भन्दै दाहाल–नेपाल समूहले भने अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको छ। ‘हेरौं न, अविश्वासको प्रस्ताव कसले पेस गर्दो रहेछ, कुन ारमा अविश्वासको प्रस्ताव आउँछ। हामी त्यसैअनुसार धारणा बनाउनेछौं,’ ती सांसदले भने।

बालुवाटारनिकट स्रोतका अनुसार कांग्रेससँग पनि यो विषयमा छलफल भइरहेको छ। कांग्रेस तत्कालै अविश्वासको प्रस्ताव लिएर आउने/नआउने भन्ने निक्र्योमा पुगिनसकेकाले अहिलेलाई सभामुखको व्यवहारलाई हेरेर मात्रै सदनमा ओली समूहको उपस्थिति रहने बताइएको छ। ‘प्रधानमन्त्री ओली यतिबेला विश्वासको मत माग्ने अवस्थामा हुनुहुन्न। उहाँले संसद्मा आउने अविश्वासको परिणाम नै स्वीकार गर्ने हो तर त्यो अविश्वासको प्रस्ताव वैधानिक बाटोबाट आउनुपर्‍यो नि,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘निर्वाचन आयोगले नेकपासम्बन्धी विवाद टुंग्याएको छैन। कानुनी रूपमा दल विभाजन भएको छैन। त्यसैले प्रचण्डलाई संसदीय दलको नेता मान्ने आधार छैन।’

संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले कसैको दबाब र प्रभावमा नपर्न सांसदहरूलाई निर्देशन थिए।  

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले आफूहरू बहुमतमा रहेको तथा बहुमत जुटाउने जिम्मा आफ्नो भएको उल्लेख गर्दै अन्य समूहतिरको प्रलोभनमा नपर्न र परिस्थितिको डटेर सामना गर्न निर्देशन दिएका थिए। उनले दाहाल–नेपाल समूहको घेराबन्दीमा परियो भन्ने नठानी घेरा तोड्न आग्रह गरेका थिए।

‘अर्कातिरबाट माननीयहरूलाई भ्रममा पार्ने, दबाब दिने गर्छन्, घेराबन्दीमा पार्छन्, ती सबै तोडेर आउनुहोला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत् गर्दै एक सांसदले भने। ती सांसदका अनुसार प्रधानमन्त्री ओली आफ्नो समूहमा बहुमत पुग्नेमा ढुक्कजस्तै देखिएका थिए। ‘हामी ढुक्क छौं, तपाईंहरूले आफ्नो प्रस्तुति राम्रोसँग राख्नुहोला संसद्मा डटेर सामना गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने। सांसद पदम गिरीका अनुसार प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत रहेको बताएका थिए। ‘संसदीय दलमा बहुमत छ, अहिले हामीसँग १ सय १५ छन्। तपार्इंहरू ढुक्क हुनुहोस्, निर्भीक भएर प्रतिवाद गर्नुहोस्,’ ओलीको भनाइ उद्धृत गर्दै उनले भने।

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढालेर अरूलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्नु भनेको कम्युनिस्ट आन्दोलनविरुद्ध भएको बताएका थिए। ‘कम्युनिस्टहरूको बहुमतको सरकार ढालेर गैरकम्युनिस्टलाई सरकार गठन र प्रधानमन्त्री बनिदिनू भन्नु कम्युनिस्ट आन्दोलनविपरीत हो, यसलाई पराजित गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद गिरीले भने। उनका अनुसार बैठकमा प्रतिनिधिसभाबाट ९१ र राष्ट्रिय सभाबाट २४ गरी १ सय १५ सांसदको उपस्थिति थियो।  

नेम्वाङ अस्वीकार  

नेकपा एकीकरण जोगाइराख्न दोस्रो पुस्ताका नेताहरू केही दिन सक्रिय भए पनि यो समाचार तयार पार्दासम्म कुनै प्रगति भएको छैन। प्रधानमन्त्री ओलीले राजीनामा दिने हो भने सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे केही दिन छलफल भएको थियो। दाहाल–नेपाल समूहका युवा नेताहरूले सो प्रस्ताव अस्वीकार गरेको जनाइएको छ।

बरु उनीहरूले दोस्रो पुस्ताका नेताहरूको विषयमा छलफल गर्न सकिने बताएपछि ओली समूहका नेताहरूले महासचिव विष्णु पौडेललाई अघि सार्ने गरी कुराकानी अघि बढाएका थिए। ओलीका विश्वास पात्र शंकर पोखरेल र घनश्याम भुसालबीच पटकपटक कुराकानी भए पनि उनीहरूले खास सहमतिमा पुग्न सकेनन्। नेकपाका दर्जन सांसदले पार्टीभित्रैबाट सरकारको नेतृत्वको विकल्प दिएर एकता जोगाउनुपर्ने भन्दै लबिङ गरिरहेका बेला दोस्रो पुस्तामा नेतृत्व र प्रधानमन्त्रीको पद ल्याउनेबारे छलफल चलेको हो।

सांसदहरू कृष्णप्रसाद दाहाल, गणेश पहाडी, यज्ञराज सुनुवार, भूमि त्रिपाठी, दीपक कार्की, पदम गिरी, ध्रुवबहादुर शाही, झपट रावललगायतले घनश्याम भुसाल र शंकर पोखरेलसँग छलफल गरेका थिए। उनीहरूले उपनेता सुवास नेम्वाङलाई समेत भूमिका खेल्न आग्रह गरेका थिए। तर बालुवाटारका तर्फबाट नेम्वाङको प्रस्ताव आएको स्रोतले जानकारी दिएको छ। दाहाल–नेपाल समूहले नेम्वाङका नाममा सहमति नहुने बताएका थिए। उनीहरूले महासचिवका नाममा कार्यकारी दिएर अन्य सचिवालयको संयुक्त बडी बनाएर जाने विषयमा छलफल गर्न सकिने संकेत गरेको स्रोतको दाबी छ।
अर्को समाचार
संसद् अधिवेशनमा अवरोध गर्ने एमाले संकेत
२३ भदौ २०७८
•
३ मिनेट पाठ
संसद् अधिवेशनमा अवरोध गर्ने एमाले संकेत
संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ। बुधबार ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम छ। बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने, उपसभामुखको निर्वाचन एवं एमसिसीलाई लक्षित गरेर अधिवेशन बोलाइएको हो। तर प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने संकेत दिएपछि यी काम कसरी अघि बढ्छन् भन्ने अन्योल उत्पन्न भएको छ।




एमालेले अघिल्लो अधिवेशन षड्यन्त्रमूलक ढंगले अन्त्य गरेको र अहिले पनि षड्यन्त्रमूलक तरिकाले नै बोलाइएको, सभामुख तटस्थ नभएको जस्ता विषय उठाएर बैठकमा अवरोध गर्ने संकेत गरेको छ। अघिल्लो अधिवेशन अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याई पार्टी फुटालेर निर्वाचन आयोगले दल रोज्न दिएको मिति सकिएको भोलिपल्ट अधिवेशन बोलाउनु षड्यन्त्र भएको एमालेको आरोप छ। निर्वाचन आयोगले विभाजित दलका जनप्रतिनिधिलाई दल रोज्न मंगलबारसम्मको समय दिएको थियो।

एमाले सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि आक्रोशित छ। तत्कालीन वरिष्ठ नेता माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर पत्र बुझाउँदा पनि सभामुखले सूचना जारी नगरेको एमाले आरोप छ। एमाले आक्रामक बनेका कारण सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाई संसद् बैठक सुरु गर्दैैछन्। सभामुखको राजीनामा माग्दै सदन अवरुद्ध गर्ने तयारी एमालेको रहेको स्रोतले बताएको छ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भने संसद्मा एमालेको भूमिका संसदीय दलको बुधबार ९ बजे बोलाइएको बैठकले तय गर्ने बताए।  

संसद्को पहिलो बैठकमा एउटा अध्यादेश टेबुल गर्ने र ११ अध्यादेश स्वीकृत गर्ने कार्यसूचि राखिएको छ। बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएमा बुधबार नै प्रतिस्थापन विधेयक दर्ता गर्ने तयारी सरकारको छ। तर दिनको ४ बजे बोलाइएको बैठक अवरोध भएर कार्यसूचीमा प्रवेश गर्न सकेन भने बुधबार प्रतिस्थापन विधेयक दर्ता हुन सक्दैन। निरन्तर संसद् अवरोध भई कार्यसूचीमा प्रवेश हुन सकेन भने अधिवेशन अन्त्य गरी अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ।

एमालेका एक नेताले भने, ‘प्रतिस्थापन विधेयकमा संशोधन भएर आएमा सदनमा पास हुन दिँदैनौं।’ कार्यसूचिबमोजिम सदन चलेमा अधिवेशनको पहिलो दिन राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस हुनेछ। त्यसैगरी शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेस हुनेछ।

बैठक कक्षमा दूरी साँघुरिने

प्रतिनिधिसभा र राष्ट्रियसभाको यो अधिवेशनमा एक सिट फरकको भौतिक दूरीमा सांसदलाई बस्ने व्यवस्था मिलाइएको छ। यसअघि तीनवटा कुर्सीको फरक हुनेगरी बस्ने व्यवस्था मिलाइएको थियो। दूरी साँघुर्याएपछि अब प्रतिनिधिसभाको बैठकमा दर्शकदीर्घामा सांसदलाई राख्नुपर्ने अवस्था अन्त्य भएको छ। २०७७ सालको पहिलो लकडाउनपछि यसअघिको अधिवेशनसम्म सांसदलाई दर्शकदीर्घामा पनि सिट छुट्याइएको थियो। संसद् बैठक बस्नुअघि यसअघिको जस्तै सांसद तथा कर्मचारीको एन्टिजेन परीक्षण पनि नगरिने संसद् सचिवालयले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस