सरकारले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकसम्म प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने विधेयकको प्रस्ताव फिर्ता लिएपछि निर्वाचन आयोगको भनाइबमोजिम प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म रहने भएको छ।
प्रतिनिधिसभाको कार्यकालबारे स्पष्ट कानुनी व्यवस्थाको अभावमा विभिन्न दृष्टिकोण आइरहेका बेला सरकारले कानुनमै उल्लेख गरेर एउटै दृष्टिकोण बनाउने प्रयास गरिरहेको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई पाँच दलीय गठबन्धनले अघि बढाउन लागेपछि एमालेले विभिन्न बहानामा त्यसलाई संसदमा अड्काउने उपायको खोजीमा छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले अमेरिकासँग स्टेट पार्टरनसिप प्रोग्राम (एसपिपी) सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गरेका छन्।
माओवादीले न विगतमा युद्ध छेडेको रोल्पामै आफ्नो एकल ‘दबदबा’ कायम राख्न सक्यो न अर्को आधार इलाका रुकुमकै बिरासत जोगाउन सक्षम भयो। माओवादी भूमिगत हुँदा २०५२ फागुन १ मा पहिलोपटक प्रहरी चौकी आक्रमण गरेको र...
संसद्को बैठक बस्ने घण्टी बज्नै लाग्दा संसदको बैठक अचानक सूचना जारी गरेर विशेष कारणवश भन्दै स्थगित गरिएको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिपछि सभामुख सापकोटाले एमसिसीमाथि सैद्धान्तिक छलफ...
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसद्मा लैजान गृहकार्य गरिरहेका छन्। दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसिसी संसद्मा प्रस्तुत हुनेछ।