राष्ट्रिय सभा अधिवेशन ६ दिनमै अन्त्य गरिँदै
२० पौष २०७७
•
२ मिनेट पाठ
राष्ट्रिय सभा अधिवेशन ६ दिनमै अन्त्य गरिँदै
राष्ट्रिय सभा अधिवेशन सुरु भएको ६ दिनभित्रै अन्त्य गर्ने तयारी गरिएको छ। प्रतनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन कसरी अघि बढ्छ भन्ने विषयमा अन्योल भएसँगै सरकारले पुस २३ गते नै अधिवेशन अन्त्य गर्ने तयारी गरको छ।  




राष्ट्रियसभाको सातौं (हिउँदे) अधिवेशन पुस १७ गतेबाट सुरु भएको थियो। अर्को बैठक २३ गते बोलाइएको छ। तर, अधिवेशन सुरु भएको ६ दिन नबित्दै २३ गते नै अधिवेशन अन्त्य गर्ने तयारी भएको नेकपाको विश्वासनीय स्रोतले बताएको छ।  

स्रोतका अनुसार आगामी पुस २३ गतेका दिन नेताहरूलाई आफ्ना भनाई राख्न दिने र संसदले प्रक्रिया पु¥याउनुपर्ने अन्य केही काम सकेपछि अधिवेशन अन्त्य हुनेछ। यो अधिवेशनलाई सरकारले २३ गते भन्दा उता लैजान खोजेकै छैन, यद्यपि, यसबारे अन्तिम निर्णय हुन बाँकी नै रहेको स्रोतले भन्यो।  

राष्ट्रिय सभाको बैठकमा दुई खेमामा विभाजित नेकपाकै सांसदलाई जुहारी गराएर बैठक सञ्चालन गर्नुको अर्थ पनि नहुने भएका कारण यसलाई अब जतिसक्दो छिटो अन्त्य गरिदिने मनस्थितिमा प्रधानमन्त्री रहेको स्रोतको दाबी छ।  

नेकपाको विभाजनको मुखमा ५९ सदस्यीय राष्ट्रिय सभामा पुष्पकमल दाहाल र माधव नेपाल खेमामा २४ सांसद र ओली खेमामा २३ सांसद देखिएका छन्। 

वामदेव गौतम तटस्थ छन्। कांग्रेस पार्टीका ६ जना सदस्य र जनता समाजवादी पार्टीका ३ जना भएकाले पनि नेकपा कै विभाजित खेमाबीचको द्वन्द्वले संसद्मा हंगामा हुने खतरा देखिन्छ।  

संविधानले कुनै पनि अधिवेशन कति समयसम्म रहने निर्धारण गरेको छैन। संविधानले एउटा अधिवेशन र अर्को अधिवेशनको समय ६ महिनाभन्दा बढी हुनेछैन भन्ने व्यवस्था मात्र गरेको छ।  

सरकारको सिफारिसमा समय समयमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र अन्त्य हुँदै आएको छ। संविधानको धारा ९३ को उपधारा १ मा अधिवेशन आह्वान र सोही धाराको उपधारा २ मा अधिवेशन अन्त्य गर्ने व्यवस्था गरेको छ। यतिबेला अन्त्य भएको संसद् अधिवेशन संवैधानिक रुपमा ६ महिना अर्थात असार २३ गतेभित्रमा बस्नु पर्नेछ।

प्रतिनिधिसभा पुर्नस्थापना नभएको अवस्थामा मुलुक निर्वाचनमा जान थाल्यो र निर्वाचन गराउन नसक्ने अवस्था आएमा सरकारले संकटकाल पनि लगाउन सक्नेछ। संकटकाल अनुमोदन गर्नुपर्ने अवस्था आयो भने राष्ट्रियसभा अधिवेशन बोलाइनेछ।  

संविधानबमोजिम मुलुकमा संकटकाल घोषणा भएमा घोषणा भएको मितिले एक महिनाभित्र अनुमोदनका लागि संसदमा लैजानु पर्दछ। प्रतिनिधिसभा नभएको अवस्थामा संविधान बमोजिम संकटकालको अनुमोदन गर्ने काम राष्ट्रिय सभाले नै गर्नसक्ने भएका कारण राष्ट्रिय सभाको दुईतिहाइ बहुमतबाट संकटकाल अनुमोदन गर्नुपर्दछ भने संकटकालको म्यादथप गर्नुपरेमा पनि राष्ट्रिय सभाको दुईतिहाइबाट समर्थन हुुनुपर्दछ।
अर्को समाचार
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
१४ मिनेट अघि
•
० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।




पार्टीका महामन्त्रीहरूले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन्।

पत्रकार सम्मेलन आज (शनिबार) अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस