स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग
९ घण्टा अघि
•
२ मिनेट पाठ
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग
स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने माग ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले अघि सारेको छ।




सो अभियानले स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन सकिएमा नागरिकमैत्री सरकार बन्ने र यसबाट मुलुकको विकासमा ठूलो सघाउ पुग्ने भन्दै  राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले यस प्रयोजनका लागि आगामी स्थानीय तहको निर्वाचन अगावै संविधान र कानुनमा आवश्यक संशोधन गर्न पनि माग गरेको छ।

स्थानीय सरकारहरू सबैजसो राजनीतिक दलका स्थानीय अखडा र विजयी दलका कार्यकर्ताको प्रभावमा सञ्चालन हुने गरेको भन्दै दलीय प्रतिस्पर्धाका कारण स्थानीय तहमा राजनीतिक एकाधिकार, भ्रष्टाचार, पक्षपात र स्रोतसाधनको दुरूपयोग बढेको आरोप पनि लगाएको छ।

पत्रकार सम्मेलनमा कानुनविद् तथा लेखक डा युवराज संग्रौलाले स्थानीय तहमा दलीय ‘सिन्डिकेट’ अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको धारणा राखे। उनले स्थानीय स्रोत र बजेट उत्पादनशील क्षेत्रमा परिचालन हुनुपर्नेमा भ्युटावरलगायत अनुत्पादक संरचनामा खर्च भइरहेको टिप्पणी पनि गरे। गैरदलीय निर्वाचनमार्फत स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो।

त्यस्तै, सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनका लागि पनि गैरदलीय स्थानीय सरकार आवश्यक छ भने।

नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानीले राजनीतिक नेतृत्व र स्थानीय सत्ताको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै देशको वर्तमान सङ्कट समाधानका लागि आमूल परिवर्तन आवश्यक रहेकाले निर्वाचनबाट सक्षम र इमानदार व्यक्तिहरू छान्नुपर्ने धारणा राखे।

सो कार्यक्रममा सामुदायिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले पछिल्लो राजनीतिक गतिविधिले स्थानीय तहमा गैरदलीय निर्वाचनको आवश्यकता थप पुष्टि गरेको बताए।  

इन्जिनियर थलबहादुर तामाङले स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा समेत दलीय प्रतिस्पर्धा तथा राजनीतिक गतिविधिको प्रभावले देशको अर्थतन्त्रमा असर गर्न सक्ने चिन्ता व्यक्त गरे।  

अभियानले स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको नेतृत्वमा समावेशी समूह गठन गरी गैरदलीय निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ।  

साथै, निर्वाचनमा सहभागी समूहले पाँच वर्षे विकास योजनासहितको घोषणापत्र पेस गरी त्यसकै आधारमा प्रतिस्पर्धा गर्ने कानुनी व्यवस्था गर्न पनि माग गरेको छ।

स्थानीय उत्पादन, प्रविधि, नवप्रवर्तन, उत्पादनको प्रशोधन तथा बजार व्यवस्थापनलाई प्राथमिकता दिँदै स्थानीय उत्पादनको खरिद गरी ब्रान्डिङ र बिक्रीको व्यवस्था स्थानीय सरकारले नै गर्नुपर्ने पनि सो अभियानको सुझाव छ।

त्यसैगरी जनप्रतिनिधिलाई नागरिकप्रति जवाफदेही बनाउन नियमित सार्वजनिक सुनुवाइ, घोषणापत्र कार्यान्वयनको मूल्याङ्कन, नागरिक निगरानी तथा बजेट र योजनामा पारदर्शिता सुनिश्चित गर्नुपर्ने अभियानले जनाएको छ।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस