संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको बताएका छन्। उनले नेपाल र नेपालीका मौलिक संस्कृतिको आयातन फराकिलो हुँदै गएको भन्दै यसले आपसी मेलमिलाप र सौहाद्र्रतालाई प्रगाढ र सुमधुर बनाउने बिश्वास पनि लिए। छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले बिगतमा मुख्य रुपमा तराई मधेसमा मनाइने यो पर्व अहिले काठमाडौसहित मुलुकका बिभिन्न भूभागमा पनि मनाइन थालिएको भन्दै यसले धर्म, संस्कार र सम्प्रदायबीच आपसी मेलमिलापमा मुख्य भूमिका निर्वाह गर्ने बताएका छन्।
यो एकताले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानलाई सफल बनाउन मुख्य टेवा मिल्नेमा कुनै शंका नरहेको मन्त्री भट्टराईको भनाइ छ। उनले छठ पर्वलाई नेपालीको सामाजिक सम्वन्ध र साँस्कृतिक सौहाद्र्रताको धरोहरको रुपमा ब्याख्या गरेका छन्। जातीय, धार्मिक र सम्प्रदायिक बिबिधता भएको हाम्रो जस्तो मुलुकमा साँस्कृतिक आयातन जति फराकिलो भयो, उति नै त्यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सहिष्णुता बलियो हुने मन्त्री भट्टराईले बताएका छन्।
छठ पर्व मौलिक साँस्कृतिक पृष्ठभूमिसंग मात्र नजोडिएको तर्क गर्दै मन्त्री भट्टराईले मानव जीवनको अस्तित्वसंग जोडिएको उर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको अराधना गरेर मनाइने यो पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व रहेको बताएका छन्। त्यहिँ भएर छठ पर्वलाई उनले प्रकृति र सभ्यताको अनुपम उदाहरणको रुपमा लिएका छन्।