सुनुवाइ समितिबाट बाहिरिए प्रस्तावितमध्ये ३ राजदूत
१७ कार्तिक २०८३
•
३ मिनेट पाठ
सुनुवाइ समितिबाट बाहिरिए प्रस्तावितमध्ये ३ राजदूत
सरकारद्वारा प्रस्तावित १३ राजदूतमध्ये तीनजना संसदीय सुनुवाइ समितिबाट नियुक्तिका लागि योग्य ठहरिएनन्।




संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका बाँकी १० जनाको एग्रिमो पनि अहिलेसम्म आएको छैन। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले सोमबार आफ्नो नाम फिर्ता लिएसँगै सरकारले सिफारिस गरेका १३ मध्ये तीन वटा नाम प्रक्रियाबाटै बाहिरिएका हुन्।

थापाले संसदीय सुनुवाइ समितिलाई सम्बोधन गर्दै नाम फिर्ता लिएका थिए। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुरुमा उनले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्वसम्बन्धी विवादका कारण नाम फिर्ता लिने मौखिक जानकारी गराएका थिए। त्यसलगत्तै उनले समितिका सभापति बोधनारायण श्रेष्ठलाई सम्बोधन गर्दै औपचारिक रूपमा लिखितपत्र (निवेदन) बुझाएका हुन्। समितिले जापानको स्थायी आवासीय अनुमति (पीआर) त्यागेको विवरण माग गरेको थियो। आइतबारसम्म उनको नाम अस्वीकृत हुने लगभग निश्चित भइसकेको थियो र निर्णयका लागि सोमबार अपराह्न सिंहदरबारमा बैठक बोलाइएको थियो।

असोज २८ गतेको सुनुवाइमा सांसदहरूले थापासँग जापानको पिआर, संविधानको धारा २९१ र पिआर त्यागेको समयावधिबारे प्रश्न गरेका थिए। उनको परिवार जापानमै स्थायी बासिन्दा रहेको, त्यहाँ सम्पत्ति र ऋणसम्बन्धी कारोबार रहेको र उनले जापान सरकारका सेवा–सुविधा लिएको जानकारीले स्वार्थको द्वन्द्वको प्रश्न उठेको थियो। थापाले आफूले पिआर त्यागिसकेको बताएका थिए। सत्तारूढ दलहरूबिच उनलाई जापानबाहेक अन्य देशमा राजदूत बनाउन सकिने तर जापान नपठाउने समझदारी बनेको स्रोतले बताएको छ।

मन्त्रिपरिषद्ले असोज २ मा भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो। असोज २८ मा बसेको समितिको बैठकले १० जनाको नाम अनुमोदन गर्‍यो, साउदी अरब र मलेसियाका प्रस्तावित राजदूतको नाम अस्वीकृत गर्‍यो र जापानका थापाबारे पछि निर्णय गर्ने भन्यो।

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम उच्च नैतिकता र पद अनुकूलतामाथि प्रश्न उठेपछि सर्वसम्मत अस्वीकृत भएको थियो। उनको विगत र जर्मनीबाट डिपोर्ट गरिएको विषयसमेत छलफलमा आएका थिए। मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम रास्वपा, कांग्रेस, एमाले, नेकपालगायत दलका सबै सांसदले सर्वसम्मत अस्वीकृत गरेका थिए। उनीमाथि आर्थिक अनियमिततालगायतको आरोप थियो र समितिले उच्च नैतिक चरित्र नदेखिएको निष्कर्ष निकालेको थियो।

समितिमा सत्तारूढ रास्वपाकै बहुमत छ, तैपनि सरकारको सिफारिस अस्वीकृत भयो। संसदीय मामिलाका जानकारहरूका अनुसार संसदीय सुनुवाइ समितिबाटै यसअघि प्रधानन्यायाधीश दीपकराज जोशी र प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको नाम अनुमोदन नभए पनि राजदूत पदमा सिफारिस भएका व्यक्तिको नाम औपचारिक रूपमा अस्वीकृत हुनु यो पहिलो घटना हो।

समितिले अनुमोदन गरेका दश जना भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित हुन्, तर समितिबाट नाम अनुमोदन भएपछि पनि नियुक्ति स्वतः पूरा हुँदैन। नाम अनुमोदन भएपछि सम्बन्धित देशमा एग्रिमो पठाइन्छ र एग्रिमो प्राप्त भएपछि मात्र राष्ट्रपतिले औपचारिक नियुक्ति गर्ने कानुनी व्यवस्था छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दसैँअघि नै एग्रिमोका लागि सम्बन्धित देशमा पत्र पठाइसकिएको छ, तर अहिलेसम्म परराष्ट्र मन्त्रालय स्रोतले अनुमोदित राजदूतहरूको एग्रिमो सम्बन्धित देशबाट नआएको जानकारी दिएको छ। यसबिच रसिया, अस्ट्रेलिया, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टसहित नौ देशमा नेपाली राजदूतको पद रिक्त छ वा नियुक्तिको व्यवस्था गर्नुपर्ने अवस्था छ, जसका लागि सरकारले छुट्टै गृहकार्य अघि बढाएको छ।

सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन मागेर राजदूत सिफारिस गरेको दाबी गरे पनि प्रक्रिया सुरुदेखि नै विवादित भएको र सरकारले आफैँ तोकेको मापदण्ड कतिको पालना गर्‍यो भन्ने प्रश्न उठेको विश्लेषण छ। राजदूत छनोटमा योग्यता, नैतिक आचरण र पृष्ठभूमिको अध्ययन परराष्ट्रमन्त्रीले गर्नुपर्ने भए पनि त्यसमा चुकेको भन्ने आलोचना भएको छ। थापाको नाम फिर्ता भएसँगै जापान, साउदी अरब र मलेसियाका लागि नयाँ नाम सिफारिस गर्नुपर्ने भएको छ। अब सरकारले नयाँ नाम छनोट गर्दा स्वार्थको द्वन्द्व र नैतिक आचरणको जाँच कसरी गर्छ र दश अनुमोदित राजदूतको एग्रिमो कहिले आउँछ भन्नेमा चासो बढेको छ।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस