माओवादीसँग विमलेन्द्रको अपिल: रविको जस्तो के होइन यो, संसद् खोल्नुस्
२५ जेष्ठ २०८२
•
१ मिनेट पाठ
माओवादीसँग विमलेन्द्रको अपिल: रविको जस्तो के होइन यो, संसद् खोल्नुस्
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई संसद्को अवरोध खोल्न आग्रह गरेका छन्। आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता निधिले यस्तो बताएका हुन्। 




‘संसद्लाई माओवादीकै तर्फबाट यो अवरोध गर्ने काम गर्नुभएन भनेर म माओवादीलाई अपिल गर्न चाहन्छु,’ नेता निधिले भने, ‘त्यहाँ छानबिन हुँदै छ। अख्तियारले छानबिन गरिरहेकै छ, भिजिट भिसाका बारेमा।’ 

रास्वपा सभापति रवि लामिछानेको तर्क यहाँ लागु नहुने पनि निधिले दाबी गरे। उनले भने, ‘रवि लामिछानेको जस्तो तर्क लागु हुँदैन यसमा। तथ्य नै छैन, त्यसैले तर्क पनि लागु हुँदैन।’ 

त्यस कारणले छानबिन भइरहेको अवस्थामा गृहमन्त्री रमेश लेखकको  राजीनामा मागेर संसद्लाई अवरुद्ध गर्ने काम राम्रो नभएकाले माओवादीलाई संसद् खुलाउन उनले आग्रह गरे।  
अर्को समाचार
कांग्रेस बैठकमा निधिले भने: पूर्व राष्ट्रपतिका कारण एमाले फुट्छ भनेर खुसी नहोऔँ
२२ असार २०८२
•
१ मिनेट पाठ
कांग्रेस बैठकमा निधिले भने: पूर्व राष्ट्रपतिका कारण एमाले फुट्छ भनेर खुसी नहोऔँ
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किनुलाई कांग्रेसले नोटिसमा राख्नुपर्ने बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार कुरा राख्दै निधिले यो प्रणालीसँग जोडिएको विषय भएकाले सामान्य मात्र मान्न नहुने बताएका हुन्। 




‘अहिले एउटा विषय आएको छ सभापतिजी, रिटायर्ड राष्ट्रपतिले राजनीतिमा फर्किने,’ निधिले भने, ‘एमालेका लागि यो आन्तरिक प्रतिस्पर्धामा प्रभाव पर्ने वा नपर्ने विषय होला। तर मेरो बुझाइ के छ भने– यो कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन। यो प्रणालीसँग सम्बन्धित विषय हो।’ 

नेपालमा जुन राजनीति प्रणाली ल्याइएको छ त्यसले यस्तो विषय स्वीकार नगर्ने पनि निधिले बताए। उनले भने, ‘हामीले जुन प्रणाली ल्याएका छौँ, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि राजनीतिमा फर्किनु राम्रो होइन।’ 

अहिले पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किदा एमाले विभाजन हुन्छ भनेर केही कांग्रेस नेताहरूले भनिरहे पनि त्यसमा खुसी मान्न नहुने पनि उनले बताए। ‘हामीलाई त खुसी लाग्छ एमाले विभाजित हुन्छ कि टुक्रा टुक्रा हुन्छ कि त्यो फरक विषय हो। तर सिस्टमको बारेमा कांग्रेसले यो नोटिसमा लिनुपर्छ’, निधिले अगाडि भने। 
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस