नेपालमा राजतन्त्र फर्काउन खोज्ने विदेशी साधु सन्त को हुन?
०५ चैत्र २०८१
•
५ मिनेट पाठ
नेपालमा राजतन्त्र फर्काउन खोज्ने विदेशी साधु सन्त को हुन?
नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधि संसद्मा अक्सर कम बोल्छन्। सार्वजनिक भाषणमा पनि छोटो, छरितो र प्रस्ट विचार राख्ने बिमलेन्द्र वाकपटुतामा खास्सै महत्त्व दिने नेताभित्र पर्दैनन्। कांग्रेसका संस्थापक नेतामध्येका एक महेन्द्रनारायण निधिका पुत्रका नाताले बिमलेन्द्रसँग राजनीतिक विरासत त छ नै, त्यसभन्दा ज्यादा उनी आफै विद्यार्थी राजनीतिदेखि नै आफ्नो सङ्घर्षमा स्थापित नेता पनि मानिन्छन्। 




मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने बिमलेन्द्रको कांग्रेसका अन्य समकालीन नेताभन्दा भारतीय नेताहरूसँग राम्रै सम्बन्ध रहेको मानिन्छ।  बुधवार बिमलेन्द्र प्रतिनिधिसभामा आफ्नो स्वाभाव विपरीत खरो सुनिए। विशेष गरी पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता र राजावादीका गतिविधिविरुद्ध उनी संसद्मा बोलेका थिए। संयमित र शालीन रूपमै बोले पनि उनको अभिव्यक्तिमा एक सौम्य आक्रोश देखिन्छ। 

संसद्को विशेष समयमा बोलेका बिमलेन्द्रले सुरुमा संविधान निर्माणको दशक बित्दापनि कार्यान्वयन हुन नसकेको, सङ्घीयताको मर्मअनुरूप प्रदेश र स्थानीय सरकारले अधिकार पाउन नसकेको विषयमा गणतन्त्रवादीहरूमाथि असन्तुष्टि पोखे। 

प्रतिनिधिसभामा बोल्दै नेता विमलेन्द्र निधि
‘दुई पटक निर्वाचन भइसक्यो अहिलेको संविधान अनुसार । हामीले बनाएको संविधान सङ्घीय गणतन्त्रात्मक संविधान हो। यसको मूल चरित्र लोकतन्त्र हो। जसमा सङ्घीयता र गणतन्त्र यसका आधारभूत स्तम्भ हुन,’ उनले भने, ‘जग त बलियो बनायौँ, तर त्यत्तिले हुँदो रहेनछ। माथिल्लो तला, कोठा, छाना सुरक्षित छ कि छैन त्यसमा निर्भर गर्दछ, घरको आयुको । प्रणाली पनि त्यस्तै हुन्छ।’ 

प्रणालीका लागि संविधान जारी भइसकेपछि जे गर्नुपर्ने हो त्यसमा गणतन्त्रवादी शक्तिले ध्यान दिन नसकेको बिमलेन्द्रले टिप्पणी गरे। ‘यसमा गणतन्त्रवादी शक्तिले ध्यान दिनुपर्ने देखिन्छ। सङ्घीयताको भ्यालुअनुसार प्रदेश र स्थानीय सरकार अधिकार सम्पन्न नभए त्यसको भार प्रणालीले बोक्न सक्दैन,’ उनले भने।

गणतन्त्र दानमा आएको होइन

त्यसपछि नेता निधिले गणतन्त्र र वर्तमान राजनीतिक व्यवस्था जनताले आफ्नो अधिकार प्रयोग गरेर ल्याएको बताए। उनले भने, ‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन। नेपालमा सङ्घीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गरेर ल्याएका छौँ।’ 

नेपालले थरीथरीको राजतन्त्र हेरिसकेको पनि उनले बताए। ‘पृथ्वीनारायण शाहको पालाको मोडलको राजतन्त्र पनि हेरेका छाैँ। त्रिभुवनको पालाको राजतन्त्रको मोडल पनि हेरेका छौँ। त्यसपछि बालक ज्ञानेन्द्र राजा भएको पालाको पनि हेरेका छौँ। त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटकको अधिकार खोसेर एब्सल्युट मोनार्कीमा गएको हेरेका छौँ,’ निधिले भने।

समग्रमा नेपाली जनताले राजतन्त्रको दुष्परिणाम भोगिसकेको पनि नेता निधिले बताए। आफू १० कक्षामा पढ्दा नै जेल जानुपरेको सम्झँदै उनले त्यति बेला अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार प्रयोग गर्न खोज्दा जेल हालेको बताए। 

‘म जेलमा बस्दा राजनीतिक अधिकार प्रयोग गर्न नदिएर निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायत व्यवस्थाले जेल राखेको छ,’ उनले भने, ‘म जस्तो हजारौँ युवा विद्यार्थी जेल परेका थिए। त्यस कारण राजतन्त्रको दुरुपयोग र दुष्परिणाम नेपाली जनताले भोगिसकेका छन्।’

यस कारण दुई दुई पटक संविधानसभामा छलफल गरेर लोकतन्त्रको उन्नत अभ्यास गणतन्त्र स्थापनामा देश गएको उनले बताए। 

राजतन्त्र माग्न पाइन्छ, तर फर्कन्न/फर्कन दिइन्न

नेता निधिले लोकतन्त्र भएकाले राजतन्त्र चाहिन्छ भनेर माग्नेसम्मको अधिकार रहेको पनि बताए। उनले भने, ‘यहाँ दुईचार जना साथीहरू बोलिराख्नुभएको छ। बोल्ने अधिकार छ, तर यति सजिलै सङ्घीय लोकतान्त्रिक गणतन्त्र जाँदैन । राजतन्त्र कुनै पनि हालतमा फर्किन्न,’ उनले भने। 

राजतन्त्र सबै जनताले नचाहेको र नरुचाउने पनि उनले दाबी गरे । उनले अगाडि भने, ‘त्यसका लागि हामी जे पनि गर्न तयार छौँ। यो हेक्का रहोस् सबै सम्बन्धित सरोकारवाला पक्षहरूलाई।’ 

देशी–विदेशी साधु सन्तलाई चेतावनी

संसद्मा बोल्दै नेता निधिले देशी विदेशी साधु सन्तले चाहेर नेपालमा राजतन्त्र नफर्किने दाबी गरे। जसमा उनले कसैको नाम भने लिएनन्।

‘यो देशी–विदेशी साधु सन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भन्देखी नसोचे हुन्छ,’ निधिले भने। उनले संविधान निर्माणका बेला पनि भारतले गरेको नाकाबन्दीलाई स्मरण गर्न आग्रह गरे। 

‘स्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो। हामीलाई रोक्न पनि खोजिएको थियो,’ उनले भने, ‘हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ ।’ 

उनले विदेशी साधु सन्त भनेर भनिएका व्यक्ति भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हुन्। पछिल्लो समय नेपालमा राजतन्त्र फर्काउन मुख्यमन्त्री योगी लागिपरेको समाचारहरू छन्। फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किदा स्वागतमा उत्रिएका उनका समर्थकले आदित्यनाथको तस्बिर नै प्रदर्शन गरेका थिए।

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्वराजा ज्ञानेन्द्र शाहको भेटको तस्बिर
राजा भन्ने कि पूर्व राजा ?  

नेता निधिले पूर्व राजा ज्ञानेन्द्रलाई ‘राजा’ भन्ने कि ‘पूर्व राजा’ भन्नेबारेको बहसबारे पनि टिप्पणी गरे।  ‘यो त एभलिस्ट मोनार्कीमा भएको हो, यस कारण लास्ट किंग इन द एभलिस्ट मोनार्की भन्न सकिन्छ,’ उनले भने, ‘प्रथम राष्ट्रपति डा. रामवरण यादव हुनुहुन्छ भने अन्तिम राजा ज्ञानेन्द्र हुनुहुन्छ।’ 

यसअघि नेपाली कांग्रेसकै नेता डा. शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्रलाई आफू राजा नै भन्ने गरेको बताएका थिए। 

 याे पढ्नुहाेस्ः  शेखर भन्छन्: पूर्वराजा भन्दिनँ राजा नै भन्छु, तर राजतन्त्र फर्किन्न | Nagarik News

संविधान निर्माण गर्दा ज्ञानेन्द्रले त्यसको निर्णय स्वीकार गरेकाले ज्ञानेन्द्रको पनि प्रशंसा गर्न चाहने उनले बताए। ‘उहाँ शान्तिपूर्ण बस्नुभयो। इतिहास हेर्ने हो भने राजतन्त्र अन्त्य गर्ने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको,’ उनले भने। 

यस्तै नेपाली जनताले पनि धैर्यता, सहनशीलताका साथ सम्मान दिएको निधिले बताए।  ‘त्यो सीमालाई पार गर्नुहुँदैन । त्यो पनि सचेत गराउन चाहन्छु,’ नेता निधिले भने।  
अर्को समाचार
कांग्रेस बैठकमा निधिले भने: पूर्व राष्ट्रपतिका कारण एमाले फुट्छ भनेर खुसी नहोऔँ
२२ असार २०८२
•
१ मिनेट पाठ
कांग्रेस बैठकमा निधिले भने: पूर्व राष्ट्रपतिका कारण एमाले फुट्छ भनेर खुसी नहोऔँ
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किनुलाई कांग्रेसले नोटिसमा राख्नुपर्ने बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार कुरा राख्दै निधिले यो प्रणालीसँग जोडिएको विषय भएकाले सामान्य मात्र मान्न नहुने बताएका हुन्। 




‘अहिले एउटा विषय आएको छ सभापतिजी, रिटायर्ड राष्ट्रपतिले राजनीतिमा फर्किने,’ निधिले भने, ‘एमालेका लागि यो आन्तरिक प्रतिस्पर्धामा प्रभाव पर्ने वा नपर्ने विषय होला। तर मेरो बुझाइ के छ भने– यो कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन। यो प्रणालीसँग सम्बन्धित विषय हो।’ 

नेपालमा जुन राजनीति प्रणाली ल्याइएको छ त्यसले यस्तो विषय स्वीकार नगर्ने पनि निधिले बताए। उनले भने, ‘हामीले जुन प्रणाली ल्याएका छौँ, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि राजनीतिमा फर्किनु राम्रो होइन।’ 

अहिले पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किदा एमाले विभाजन हुन्छ भनेर केही कांग्रेस नेताहरूले भनिरहे पनि त्यसमा खुसी मान्न नहुने पनि उनले बताए। ‘हामीलाई त खुसी लाग्छ एमाले विभाजित हुन्छ कि टुक्रा टुक्रा हुन्छ कि त्यो फरक विषय हो। तर सिस्टमको बारेमा कांग्रेसले यो नोटिसमा लिनुपर्छ’, निधिले अगाडि भने। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस