टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ले भ्रष्टाचारको ट्रेलर देखाएको छ। सरकारी तहमा राजनीतिक नेतृत्वले आफूमा अधिकार नै नभएको विषयमा पनि कर्मचारीलाई दबाब दिएर कसरी निर्णय गराउँछन् भन्ने यो एउटा उदाहरण हो। आफूमा नभएको अधिकार प्रयोग गरी तत्कालीन मन्त्री मोहनबहादुर बस्नेतले निर्णय प्रक्रियामा संलग्न कर्मचारी/पदाधिकारी कसैको पनि राय/सल्लाह नलिई कल बाइपास (भिओआइपी) नियन्त्रणका लागि उपयुक्त संयन्त्र र प्रणाली सञ्चालन गर्ने निर्णय गराएका थिए।
उनले २०७४ भदौ २३ मै स्वीकृत गरेपछि सो फाइल करिब एक महिनासम्म ‘होल्ड’मा राखेर २०७४ असोज १७ मा मात्र सचिवकोमा चलान (चलान नं. ७१/६/१७) गरी सचिवले सोही दिन प्रशासन महाशाखालाई आदेश गरेका थिए।
प्रशासन महाशाखाले असोज १७ मै च.नं. ७७ को पत्रबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई वार्षिक कार्यक्रमको सहमति दिएको देखिन्छ। यसरी एक महिनापछि मन्त्रीले आफूमा नभएको अधिकार प्रयोग गरेर एकै दिन मन्त्री, सचिव र प्रशासन महाशाखाबाट प्राधिकरणलाई वार्षिक कार्यक्रमको स्वीकृति दिएको देखिन्छ।
यसरी मन्त्रीकोमा फाइल होल्ड भएको समयलाई विश्लेषण गर्दा त्यसबिचमा आ.व. २०७४/७५ को वार्षिक कार्यक्रममा टेरामक्स र त्यसको लागत ३.२५ अर्ब रुपैयाँ स्वीकृत गरी मन्त्रालयमा सहमतिका लागि पठाउन निर्णय हुनुपर्ने भनी प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले २०७४ असोज १ मा पेस गरेको प्रस्तावउपर प्राधिकरणको बोर्डले मिति २०७४ असोज २ मा निर्णय गराउन पठाएका थिए।
२०७४ असोज ९ को बैठकमा छलफलसम्म गरेको तर निर्णय नगरेको अवस्थाले मन्त्रीले कार्यक्रम थप गर्न निर्णय गरिसकेपछि पनि सकेसम्म प्राधिकरण बैठकबाटै निर्णय गराउन तत्कालीन मन्त्रीको दबाब रहेको तथ्य सहअभियुक्तहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीको बयानपछि मन्त्री बस्नेत स्वतः फसेका थिए।
यसरी दबाब दिँदा समेत बोर्ड बैठकले निर्णय नगरेपछि तत्कालीन मन्त्री बस्नेतले २०७४ असोज १७ मा फाइल सदर गरी भई सोही दिन प्राधिकरणमा पत्राचार गरेको र सोको भोलिपल्ट अर्थात् मिति २०७४ असोज १८ का दिन प्राधिकरणमा सो पत्र दर्ता भई सोही दिनको प्राधिकरणको बोर्ड बैठकले टेरामक्ससम्बन्धी कार्य अगाडि बढाउने निर्णय गरेको देखिएको छ।
देखिँदा सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री मोहनबहादुर बस्नेतको योजनामुताबिक प्राधिकरण बोर्डका तत्कालीन अध्यक्ष दिगम्बर झा र प्राधिकरण बोर्डका तत्कालीन पदाधिकारी सदस्यहरू धनराज ज्ञवाली तथा टीकाप्रसाद उप्रेतीसमेतको बदनियतपूर्वकको सामूहिक मिलेमतोको स्वरूप निजहरूको तोकादेश, बैठकका एजेन्डा तथा प्रस्तावहरू, निर्णय तथा निर्णयका आधारहरू, खरिद प्रक्रिया अगाडि बढाउने प्रक्रियागत निर्णयहरूको मुखाडाबाटै स्पष्ट देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरेको छ।
बयानमा कसले के भने?
कलबाइपास रोक्न टेरामक्स: मोहनबहादुर बस्नेत
मेरो कार्यकालमा केवल अर्बौं रूपैयाँ दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले कल बाइपास गरेर हिनामिना गरेको कुरा सार्वजनिक मात्र भएन, त्यसबेला बंगाली नागरिक रुबेल चौधरीलगायत दर्जनौं व्यक्ति राजस्व हिनामिनाको मुद्दामा पक्राउ परेका थिए। त्यही पृष्ठभूमिमा मैले राजस्व हिनामिना भएको कुरालाई रोक्दै आर्थिक अनुशासन कायम गर्ने पवित्र उद्देश्यले दूरसञ्चार प्राधिकरणले ल्याएको नीतिगत प्रस्तावमा सहमति गरेको हुँ।
आर्थिक पक्ष र ऐनकानुन मिलाएर आवश्यकताअनुसार काम गर्नु दूरसञ्चार प्राधिकरणको काम हो। दूरसञ्चार ऐन २०५३ को दफा २० मा सरकारले प्राधिकरणलाई निर्देशन दिन सक्ने र सरकारले आफैेंले दूरसञ्चार सेवा सञ्चालन गर्न गराउन सक्ने भन्ने रहेकाले नेपालमा कल बाइपास प्रकरण वा राजस्व हिनामिना नियन्त्रण गर्न र राजस्व वृद्धि गर्ने उद्देश्यले दूरसञ्चार प्राधिकरणले ल्याएको नीतिगत प्रस्ताव ठानेर मैले सहमति दिएको थिएँ।
सेवा प्रदायकहरू मध्ये एनसेलको ग्राहक बढ्ने तर राजस्व घटने, आव २०७४/७५ को तुलनामा आव २०७८/७९ मा करिब २१ अर्ब वार्षिक रूपमा राजस्वमा कमी आएको हुँदा के–कति कारणले आम्दानीमा कमी आएको हो भन्ने सत्यतथ्य पत्ता लगाउन पनि यो प्रविधि जडान गर्न आवश्यक भएकाले मैले सहमति दिएको हुँ।
दूरसञ्चार ऐन २०५३ को परिच्छेद ४ को दफा १८ र २० मा नेपाल सरकारको विशेष अधिकार प्रयोग गरेर पनि मन्त्रीको हैसियतले देशको हितका लागि राजस्व चुहावट रोक्ने पवित्र मनशायले काम गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सहमतिका लागि पेस गरेको वार्षिक कार्यक्रममा आफूले थप कार्यक्रमसमेत समावेश गर्ने निर्णय गरी सहमति दिएको हुँ।
संविधानमा भएको गोपनीयतासम्बन्धी कुरा मलाई थाहा छ तर दूरसञ्चार प्रदायक संस्थाहरूले कल बाइपास गरेर राजस्व ठगी गरेको कुरालाई रोक्ने विधि प्रयोग गर्न मैले दिएको सहमति वा निर्देशन यो विषयसँग बिल्कुल फरक छ। गोपनीयताको हकमा सबै जनताको गोपनीयताको हकमा अतिक्रमण गर्न पाइँदैन। कुनै विशेष प्रयोजनका लागि विशेष व्यक्ति वा समूह लक्षित विधायिकाले कानुन बनाउन सक्छ तर मैले दिएको सहमति नेपाल दूरसञ्चार प्राधिकरणलाई यो विषयसँग सम्बन्धित छैन र राजस्व रोक्ने विधिसँग मात्र सम्बन्धित छ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन २०७५ बारे मलाई जानकारी थियो। त्यससँग सम्बन्धित सर्वोच्च अदालतको फैसला मलाई जानकारी थिएन। तर अदालतको आदेशबमोजिम हुनुपर्नेमा सहमत छु।
अपराध अनुसन्धानबाहेकमा व्यक्तिगत सूचना लिन दिन नसकिने विषय मलाई जानकारी थियो तर (टेरामक्सको विषय) कल बाइपास राजस्व हिनामिनासँग मात्र सम्बन्धित छ। धेरै दूरसञ्चार सेवा प्रदायक संस्थाहरूले कल बाइपास गरेर राजस्व हिनामिना गरेका छन् तर एनसेलले सबैभन्दा बढी कर छली गरेको छ, सीआईबीले समेत प्रमाणित गरेको छ।
यो सवालमा म मात्र होइन प्रत्येक देशभक्त नेपालीहरूले प्रयास गर्नुपर्छ भन्ने पनि मेरो भनाइ छ। तत्कालीन परिस्थितिमा दूरसञ्चार सेवा प्रदायक संस्थाहरूले व्यापक रूपमा कल बाइपास गरी अरबौं राजस्व घोटाला गरेको प्रकरण चली दर्जनौं व्यक्ति थुनामा राखी कारबाही अगाडि बढाएको थियो।
यो पृष्ठभूमीमा टेरामक्स शब्द अगाडि आयो, मेरो बुझाइमा टेरामक्स भनेको टेलिफोन सिस्टममा ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल गर्ने विधि र प्रक्रिया हो, कसैको गोपनीयता भंग गर्ने गरी कल डिटेल हेर्ने होइन, मलाई जानकारी भएको यही हो। सिआइबीले नै एनसेलले २०६८ बाट २०७६ सम्म १२ अर्बभन्दा बढी राजस्व कल बाइपास गरेर हिनामिना ग¥यो भनेर तथ्यांक सार्वजनिक गरेको छ भने बाँकी कति हो कति छ।
टेलिफोन वा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले गैरकानुनी ढंगबाट वार्षिक अर्बौं राजस्व घोटाला गरिरहेको परिस्थितिमा राज्यले चुप लागेर टुलुटुलु हेरिरहन मिल्दैन, विधि र प्रक्रियाअनुसार यस्ता आर्थिक अनुशासनहीनतालाई रोक्न मेरो पालामा प्रयासको थालनी भएको हो।
मैले सिंगो नेपाल र नेपालीहरूको हितका लागि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई वित्तीय अनुशासन कायम गराउने उद्देश्यले कल बाइपास गरी राजस्व ठगी गर्ने धन्दालाई निरुत्साहित गर्ने र राजस्व कानुनअनुसार वृद्धि गराउने प्रयोजनका लागि प्रयास गरेको छु।
टेरामक्स निर्णय गरेपछि केही विवादहरू सिर्जना गर्न खोज्दा सर्वोच्च अदालतले पनि मैले सहमति दिएको विषयलाई पुष्टि र आवश्यकता बोध गराई बल पुग्ने गरी फैसला दिएको छ। मैले सदनियतले भ्रष्टाचारजन्य क्रियाकलापलाई रोक्न र आर्थिक अनियमिततालाई रोक्ने उद्देश्यले आफूले काम गरेको कुरा पनि निवेदन गर्न चाहन्छु।
टेरामक्स मैले सुरु गरेको होइन: गोकुलप्रसाद बाँस्कोटा
प्राधिकरण छुट्टै ऐनबाट चल्छ र स्वायत्त संस्था भएकोले नीति कार्यक्रम र बजेट निर्माणमा मन्त्रालयको प्रतिनिधित्व हुँदैन। सरकारको नीतिमा रहेको कुरा बाहेक मन्त्रालयले प्राधिकरणलाई सुझाव दिन सक्ने हो। त्यो कुरा बाध्यकारीसमेत हुँदैन। सूचनासम्बन्धी मौलिक हकबारे मलाई थाहा छ। आपराधिक कार्यमा अदालती अनुमति लिएर बाहेक कसैले पनि व्यक्तिगत सूचना कानुनले तोकेको बाहेक पहुँच पु¥याउन सक्दैन भन्ने सर्वोच्चको फैसलाबारे पनि मलाई सामान्यतया जानकारी थियो। आर्थिक वर्ष २०७४/७५ मा नै टेरामक्स कार्यक्रम समावेश भई सरकारको दायित्व सिर्जना भइसकेकोमा वार्षिक कार्यक्रमको निरन्तरता दिनुपर्ने दायित्व थियो।
त्यो कार्यक्रम कानुनसम्मत भए/नभएको र कुन कार्यक्रममा के–कति रकम चाहिने भन्नेबारे प्राधिकरणले र सम्बन्धित निकायका पदाधिकारीले कार्यक्रम सुरु गर्दै ध्यानविचार गर्नुपर्ने हो। जहाँसम्म २५ करोडलाई ७० करोड गर्न दिइयो भन्ने कुरा छ, त्यस विषयमा कतिपय कार्यक्रम दोहोरो परेको हुन सक्छ।
प्राधिकरणको कार्यक्षेत्रसँग मेल नखाएको विषय हटाउनुपर्दा बजेट बचेको हुन्छ। कुल विनियोजित रकम यथावत् राखी कुनै कार्यक्रमका रकम तलमाथि गरेको भए त्यो कार्यान्वयन गर्ने निकायको जिम्मेवारी भएकाले मेरो संलग्नता छैन। यस्ता विषय मन्त्रालयको जिम्मेवारीमा पर्दैनन्, प्राधिकरणकै पदाधिकारीको अधिकारको कुरा हो। टेरामक्स मैले सुरु गरेको होइन र मैले कार्यभार सम्हाल्नुपूर्व नै प्राधिकरणले टेन्डरलगायत काम गरी दायित्व सिर्जना गरेको रहेछ।
कार्यक्रममा प्राधिकरणले समावेश गरे पनि मन्त्रालयसँग समन्वय भएर खरिद प्रक्रिया र टेन्डर भएको होइन। टेन्डर रद्दसम्मको कुनै जानकारी गराइएको थिएन। मेरो कार्यकालमा सोसम्बन्धी कार्यक्रम कार्यान्वयनमा गएकै छैन।
मैले संसद्को समिति र थाहा भएसम्म अन्यत्र पनि यो टेरामक्स अहिले आवश्यक छैन भन्ने गरेको छु। केवल ठुलो मात्रामा राजस्व चुहावट भएकाले रोक्न यो प्रणालीको आवश्यकता भएर सुरु भइसकेको भन्ने जानकारी दिइएको थियो। तर कानुन र अदालती फैसलाबारे विश्लेषण र कार्यान्वयन गर्ने दायित्व प्राधिकरणकै हो। अदालती आदेश र कानुनविपरीत कार्य गर्न मैले कुनै आदेश निर्देश दिएको छैन। मेरो कार्यकाल सुरु हुनुअगावै यो प्रक्रिया अघि बढिसकेकाले पेस भएबमोजिम नियमअनुसार सहमति दिनैपर्ने भएकाले दिएको मात्र हो।
टेरामक्सको म विज्ञ होइन: ज्ञानेन्द्रबहादुर कार्की
नेपाल दूरसञ्चार प्राधिकरण स्वायत्त निकाय हो र उसैको जिम्मेवारीमा बजेट बनाउने र कार्यक्रम राख्ने पर्छ। कानुनसम्मत भए/नभएको चेक जाँच गर्ने जिम्मेवारी र कार्यक्रम तथा बजेट पेस गर्ने काम प्राधिकरणकै हुन्छ। ममातहतका पदाधिकारीहरूले फेरि चेकजाँच गरी मसमक्ष पेस गरेअनुसार मैले सदर गर्नुपर्ने बाध्यात्मक दायित्व हुन जान्छ। म यस विषयको विज्ञ होइन। व्यक्तिको मौलिक हक हनन हुने कुरामा मेरो संलग्नता रहने कुरा कल्पना पनि गर्न सक्दिनँ।
सर्वोच्च अदालतले खरिद प्रक्रिया सम्पन्न गर्नू÷गराउनू भनी परमादेश जारी गरेको हुँदा कार्यान्वयन गर्नुपर्ने दायित्व आइपरेको हो। (यो विषयमा) जनताको गोपनीयताको हकलाई पूर्ण संरक्षण गर्ने, विशेष व्यक्ति वा समूहको खास उद्देश्य र समयसम्मका लागि व्यक्तिगत तथ्यांकमा पहुँच हुने गरी विधायिकाले कानुन बनाउन तर्कसंगत र उपयुक्त हुन्छ।
कुनै पनि व्यक्तिको सूचना संकलन, भण्डारण, संरक्षण, विश्लेषण/प्रशोधन वा प्रकाशन कानुनबमोजिमबाहेक गर्नुहुँदैन भन्नेमा म सहमत छु। तर टेरामक्समा सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने संवैधानिक दायित्व निर्वाह गरेको छु। (कल डिटेलमा पहुँच राख्न) अपराध अनुसन्धानका लागि जिल्ला अदालतबाट स्वीकृति लिनुपर्ने बारेमा म सामान्य रूपमा जानकार थिएँ। तर टेरामक्स खरिद गर्ने कार्य मेरो कार्यकालमा निर्णय भएको होइन/छैन। खरिद प्रक्रियामा मन्त्रालयको कुनै प्रकारको संलग्नता छैन।
मलाई सम्झना भएअनुसार २०७८/७९ को वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्दा नै अदालतबाट पूर्णपाठ आएपश्चात् पूरक बजेट पेस गर्ने भनिएको थियो। नियमसंगत तथा प्रक्रियासंगत रूपमा तहतह हुँदै आएको टिप्पणीलाई मैले सदनियतले नै अदालतको फैसला कार्यान्वयन गर्ने उद्देश्यले सदर गरेको हुँ।
मसामु पूरक बजेटको निम्ति पेस हुँदा बजेट निकासासम्बन्धी टिप्पणी मात्र पेस भएको थियो। जुन बजेट मैले मन्त्रालयको जिम्मेवारी लिनुभन्दा अगाडि नै स्वीकृत भइसकेको हो। मेरो लामो राजनीतिक यात्रामा मैले देशको सर्वोत्तम हितलाई केन्द्रमा राखेर सेवा गर्दै आएको छु र मैले भ्रष्टाचार गरेको छैन।
दबाबपूर्ण निर्णय गराइयो: धनराज ज्ञवाली
म नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्य पदमा २०६९/०८/१९ देखि २०७४/०८/१८ सम्म कार्यरत थिएँ। प्राधिकरणको अध्यक्ष, कर्मचारी प्रमुख, व्यवस्थापन प्रमुख र बोर्डको अध्यक्ष रहने व्यवस्था छ। दूरसञ्चारको अन्तर्राष्ट्रिय कलबाट प्राप्त हुने राजस्व चुहावट भएको भिओआइपी कलबाट पास भएकाले यसको अध्यापन गर्न नमुना अडिट गर्ने कार्यक्रम आव २०७४/७५ मा राखिएको थियो।
कुनै विशेष प्रणाली वा टेरामक्स प्रणाली राख्ने गरी बोर्डबाट कार्यक्रम प्रस्ताव भएको थिएन। तर सूचना तथा सञ्चार मन्त्रालयमा आव २०७४/७५ को कार्यक्रम स्वीकृतिका लागि विचाराधीन रहेको अवस्थामा मिति २०७४/०६/०२ र २०७४/०६/०९ का बोर्ड बैठकमा यो विषय पेस भएको थियो।
बोर्डका अध्यक्षले पटकपटक यस्तो प्रणाली राख्नुपर्ने र मन्त्रालयको पनि निर्देशन रहेको बताउँदै यो विषय पेस गर्नुभयो। तर विस्तृत अध्ययन नभएको, सेवा प्रदायकहरूले लागु गर्ने/नगर्ने निश्चित नभएको र यसबाट व्यक्तिको व्यक्तिगत सूचना अतिक्रमण हुन सक्ने कारणले बोर्डले यो विषय स्वीकृत गरेको थिएन।
मसमेत उपस्थित २०७३/१०/२१ को बैठकबाट सर्वोच्च अदालतबाट मिति २०७२/१०/२१ को परमादेश कार्यान्वयन सूचना कल डिटेलमा पहुँच नदिन सेवा प्रदायकलाई निर्देशन दिने र कानुन बनाउने सम्बन्धमा सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने निर्णय भएको थियो। यस्तो अवस्थामा, विस्तृत अध्ययन नगरी र आवश्यक कानुन निर्माण नगरी व्यक्तिको व्यक्तिगत सूचनामा पहुँच गर्न नपाइने भएकैले बोर्डले स्वीकृत नगरेको हो। तर अध्यक्षले मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भएको निर्देशनसहितको पत्रलाई आधार बनाएर २०७४/६/१८ को बैठकमा यो विषय पारित गर्नैपर्ने भनी प्रस्ताव गर्नुभयो।
दूरसञ्चार ऐन २०५३ मा वार्षिक कार्यक्रम स्वीकृत गरी मन्त्रालयको स्वीकृति वा सहमति चाहिने व्यवस्था छैन। दूरसञ्चार नियमावलीमा पछि संशोधन गरी मन्त्रालयको सहमति अध्ययन गर्नुपर्ने व्यवस्था थप भएको हो। मैले थाहा पाउँदासम्म त्यस पूर्ववार्षिक कार्यक्रमको सहमति उपलब्ध गराउँदा यसरी नयाँ कार्यक्रम थप भई आएको छैन।
प्राधिकरणबाट पेस भएको कार्यक्रममा सहमति भइआउने गरेको थियो। तर अध्यक्षले मन्त्रिस्तरीय निर्णय कार्यान्वयन हुनैपर्ने भनी दबाबपूर्वक यो विषय पेस गरेकाले बोर्डले सैद्धान्तिक स्वीकृति दिएको हो। सो निर्णय कार्यान्वयन गर्न आवश्यक कानुनी र अन्य व्यवस्था गर्न आवश्यक पहल गर्ने दायित्व अध्यक्ष र व्यवस्थापनको हो।
यो विषय २०७४/६/२ मा बोर्डमा पेस हुँदा मन्त्रालयले २०७४/५/२३ मा नै प्राधिकरणलाई निर्देशन दिने भनी मन्त्रीस्तरीय निर्णय गरिसकेको रहेछ। पत्र भने २०७४/६/१७ मा मात्र पठाइएको रहेछ। अध्यक्षले बोर्डबाट यो विषय निर्णय गराउन नसकेपछि मन्त्रीस्तरीय निर्णयबाट निर्देशन दिइएको रहेछ। बोर्डबाट २०७४/६/१८ मा सैद्धान्तिक स्वीकृति दिएपछि सोका लागि बजेट स्वीकृत नहुँदै भोलिपल्ट नै २०७४/६/१९ मा आशय पत्र आह्वानको सूचना निकालिएको रहेछ।
बोर्डबाट इन्टरनेसनल कल मोनिटरिङको विषय उल्लेख भएकोमा सूचनामा आन्तरिक कलसमेत अनुगमन गर्ने कुरा उल्लेख गरिएको थियो। यससम्बन्धी स्वीकृत कागजातमा सबैको कल डिटेल लिन सक्ने कुरा थियो। यसरी सबैको कल डिटेल लिन सक्ने कुरा मौलिक हक र संविधान प्रतिकूल हुन्छ। अध्यक्षले यस्तो गम्भीर विषयमा बोर्डमा सबै कुरा पेस नगरी बोर्डलाई गुमराहमा राखी हतार–हतारमा यो कार्य अघि बढाउनुभयो, मलाई थाहा भएन।
सम्मानित सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नमा समेत सहभागी भएको बोर्डको बैठकबाट २०७३/१०/२१ मा नै जिल्ला अदालतलाई आदेश विना कसैको पनि व्यक्तिगत सूचना कल डिटेलमा पहुँच नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो। सम्मानित सर्वोच्च अदालतबाट कानुनी हस्तक्षेपका लागि कानुन नबनाई व्यक्तिगत सूचनामा पहुँच नगर्नु भन्ने नै आदेश भएको हो।
राष्ट्रिय सुरक्षा वा कुनै अपराधको अनुसन्धानको सिलसिलामा, कानुनबमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले कुनै खास व्यक्तिको कुनै खास अवधिको सूचनामा पहुँच गर्न पाइन्छ। नेपालमा पनि संगठित अपराध ऐन, लागू औषध जस्ता कानुनमा त्यस्तो व्यवस्था छ। तर सबैका कल डिटेल लिन सक्ने गरी त कानुन पनि बन्न सक्दैन। त्यो मौलिक हक र संविधान प्रतिकूल हुन्छ।
मैले त्यस प्रकार व्यक्तिको सूचनामा पहुँच हुने गरी कुनै प्रणाली जडान गर्ने स्वीकृति दिएको वा निर्णय गरेको छैन। भिओआइपी कल बाइपास नियन्त्रण गर्न उपयुक्त प्रणाली जडान गर्न भनी मन्त्रालयको लिखित निर्देशनसहित अध्यक्षले प्रस्ताव पेस गरेकोले बाध्य भएर सोसम्बन्धी कार्य अघि बढाउने सैद्धान्तिक स्वीकृतिमा संलग्न भएको हुँ।
कुनै खास उत्पादकको कुनै खास प्रणाली वा टेरामक्स नै खरिद गर्ने निर्णय गरेको छैन। मलाई यसको प्राविधिक पक्षबारे जानकारी पनि छैन र बोर्डमा विस्तृत रूपमा छलफल पनि भएको थिएन। मन्त्रालयकै निर्देशन वा त्यसबमोजिमको बोर्डको निर्णय कार्यान्वयन गर्न आवश्यक अध्ययन गर्ने दायित्व अध्यक्ष र व्यवस्थापनको हो। यसको प्राविधिक पक्षमा जानकार नभएकाले थप केही भन्नु छैन। सम्मानित सर्वोच्च अदालतको आदेश प्रतिकूल हुने गरी कुनै कार्य गरेको छैन। खरिदको कुनै प्रक्रिया वा भुक्तानी प्रक्रियामा मेरो संलग्नता छैन। पूरक बजेट स्वीकृत गरेको छैन।
मैले यो प्रक्रियामा दुवै बदनियत नराखी असल नियतले काम गरेको छु। मैले भ्रष्टाचार जन्य कुनै कार्य गरेको छैन र त्यस्तो कुनै मनशाय पनि राखेको छैन। मैले आफ्नो भएको व्यहोरा जस्ताको तस्तै यहाँ उल्लेख गरेको छु। यो कुरा म जहाँ पनि जस्ताको तस्तै भन्न सक्छु। यो विषयमा मलाई सम्मानित आयोगले साक्षी बनाई पेस गरेको यो व्यहोरा जस्ताको तस्तै सम्बन्धित अदालतमा राख्नेछु भन्ने व्यहोरासमेत सविनय अनुरोध गर्छु।
यी उच्च पदस्थ जोगिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधि खरिद अनियमिततामा बयान लिएका उच्च पदस्थहरू जोगिएका छन्। टेरामक्स खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदै गर्दा उनीमातहत रहेर काम गरेका तत्कालीन सचिव महेन्द्रमान गुरुङ जोगिएका छन्।
तत्कालीन मन्त्री बस्नेतसँगै गुरुङले टेरामक्स खरिद अनियमितताबारे बयान दिएका थिए। अख्तियारले टेरामक्स घोटालामा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा बस्नेतलाई प्रतिवादी बनाउँदा गुरुङलाई बनाएन।
बस्नेतले टेरामक्ससम्बन्धी निर्णय गर्दा र दूरसञ्चार प्राधिकरणबाट बजेट तथा कार्यक्रम स्वीकृतिका लागि फाइल पेस गर्दा उनै गुरुङ सचिव थिए। मन्त्री बस्नेतले आफै टेरामक्ससम्बन्धी विषय थपेर निर्णय गरेकै कारण त्यसमा सचिवको कुनै भूमिका नदेखिएको भन्दै अख्तियारले उन्मुक्ति दिएको थियो।
बस्नेतपछि सञ्चारमन्त्री बनेर आएका गोकुलप्रसाद बाँस्कोटाले पनि टेरामक्स प्रकरणमा अख्तियारमा पुगेर बयान दिएका थिए। गोकुलका पालामा पनि उनै गुरुङ सचिव थिए। बाँस्कोटापछि सञ्चारमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्की र उनको पालाका सचिव बैकुण्ठप्रसाद अर्याल पनि अख्तियार पुगेर बयान दिएका थिए।
टेरामक्स प्रविधि खरिदको ठुलो भुक्तानीमा जोडिएका तत्कालीन मन्त्री कार्की र सचिव अर्याललाई प्रतिवादी बनाइएन। अर्याल मुख्यसचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइ घोटालामा भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेका थिए। विशेष अदालतबाट सफाइ पाएपछि अर्यालले मुख्यसचिवबाट राजीनामा दिएका थिए।
तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्यालले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेका कारण पूरक बजेटको प्रस्ताव अघि बढाएको बताएका थिए। उनकै प्रस्तावमा तत्कालीन मन्त्री ज्ञानेन्द्र कार्कीले निर्णय गरेका थिए। टेरामक्स जोडिएर मुद्दा नचलाइएका अर्का हालै पर्यटन सचिवबाट अवकाश भएका विनोदप्रकाश सिंह हुन्। उनी सञ्चार मन्त्रालयको सहसचिव हुँदा टेरामक्समा जोडिएर अख्तियारलाई बयान दिएका थिए। तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ रुपैयाँ बिगो मागदाबी गरिएको टेरामक्स घोटालामा उच्च पदस्थहरू जोगिएका छन्।