सरकारले जलवायू परिवर्तनको चिन्तालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समेटेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो चिन्तालाई समेट्दै आगामी जेठ महिनामा गर्न लागेको सगरमाथा संवादको प्रशंग पनि उल्लेख गरेको छ।
‘जलवायु सम्बन्धित अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ। जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै जलवायु परिवर्तनका कारण नेपालले भोग्न परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न २०८२ साल जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गरिने पनि उल्लेख छ। ‘उक्त संवादमा व्यक्त धारणाहरूका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रमहरू लागू गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
यस्तै सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिने प्रतिद्धबता सरकारले गरेको छ।
वन तथा वातावरण क्षेत्रमा समेटिएका बुँदाहरू
२५. दिगो वन व्यवस्थापनमा आधारित वन संवर्धन गर्दै वनस्रोतको उचित उपयोग गरिनेछ। वन पैदावार उत्पादन वृद्धि गरी आन्तरिक आपूर्ति, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा जोड दिइनेछ । सामुदायिक वनको व्यवस्थापन सुदृढ गर्दै वन आधारित स्रोतको उचित उपयोग गरिनेछ।
२६. सङ्घ–प्रदेश समन्वय सुदृढ गर्दै राष्ट्रिय वनलाई व्यावसायिक कवुलियती वनमा रूपान्तरण गर्ने प्रक्रियालाई सरल र सहज बनाइनेछ। राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन क्षेत्रको वातावरणीय सुरक्षा सुनिश्चित गर्दै राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन गरिनेछ ।
२७. चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिनेछ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चूरे संरक्षण आयोजनाको रूपमा अघि बढाइनेछ । एकीकृत जलाधार व्यवस्थापनमार्फत पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनस्र्थापनामा ध्यान दिइनेछ ।
२८. मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बिमा प्रणालीसँग एकीकृत गरिनेछ । संरक्षण क्षेत्रमा मानव– प्रकृति सहअस्तित्व कायम गरिनेछ ।
२९. वातावरणीय अध्ययन तथा मूल्याङ्कन प्रक्रिया सरल बनाइनेछ। वायु गुणस्तर कार्य योजना लागू गरिनेछ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो–६ मापदण्ड लागू गरिनेछ ।
३०. जलवायु सम्बन्धित अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ। जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिनेछ ।
३१. जलवायु परिवर्तनका कारण नेपालले भोग्न परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न २०८२ साल जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गरिनेछ । उक्त संवादमा व्यक्त धारणाहरूका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रमहरू लागू गरिनेछ । सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिनेछ।
३२. वनस्पति उद्यान व्यवस्थापन र जडीबुटी स्रोतको संरक्षण, विकास र उपयोग गरिनेछ । नदीजन्य स्रोतको उत्खनन, प्रशोधन तथा व्यापारमा तीन तहका सरकारबिच सहकार्य हुने कानुनी प्रबन्ध गरिनेछ । पूर्वाधार निर्माणमा सामग्री नदिने गरी नदीजन्य स्रोत परिचालन गरिनेछ ।