‘अन्यत्रभन्दा दुई गुणा छिटो तातो हुँदैछ एसिया ’
१० असार २०८२
•
३ मिनेट पाठ
‘अन्यत्रभन्दा दुई गुणा छिटो तातो हुँदैछ एसिया ’
विश्वका अन्य महादेशभन्दा एसियाको सरदर तापक्रम दुई गुणाले बढेको पाइएको छ ।




विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)द्वारा सोमबार जारी गरिएको ‘स्टेट अफ क्लाइमेट इन एसिया–२०२४’ प्रतिवेदनले विश्वको सबैभन्दा ठूलो महादेश सबैभन्दा बढी द्रुत गतिमा तातो भइरहेको र तापमान वृद्धिको  दर रोकिने कुनै सङ्केत नदेखिएको जनाएको छ ।

तापक्रम वृद्धिले यो महादेशमा चरम मौसमी घटना बढेका, जीवन र जीविकोपार्जन प्रभावित भएको, पारिस्थितिकिय प्रणाली र अर्थतन्त्रमा गम्भीर खतरा निम्तिएको प्रतिवेदनमा उल्लेख छ ।  यो क्षेत्रका कुनै पनि देश यो सङ्कटबाट मुक्त नरहेको प्रतिवेदमा औँल्याइएको छ ।

सन् २०२४ मा एसियाको औसत तापक्रम सन् १९९१–२०२० को औसतभन्दा करिब १.०४ डिग्री सेल्सियसले  बढी रहेको प्रतिवेदनमा  उल्लेख छ । सन् २०२४लाई  तापक्रमको रेकर्ड राख्न थालेयताकै सबैभन्दा बढी तातो वर्ष मानिन्छ । यसै गरी, सन् १९६१ देखि १९९० को अवधिको तुलनामा सन् १९९१ देखि २०२४  बिचको अवधिमा यो क्षेत्रमा भएको तापक्रम वृद्धि लगभग दोब्बर रहेको प्रतिवेदनमा उल्लेख छ । यसले हिमनदीहरू पग्लिने र समुद्री सतह बढ्ने जस्ता समस्याहरू निम्तिएको प्रतिवेदनमा उल्लेख छ । 

ठूलो भूभाग, बढ्दो तापक्रम

एसिया उत्तरी धुर्बिय क्षेत्र (आर्कटिक) सम्म फैलिएको सबैभन्दा ठूलो भूभाग भएको महादेश हो । यो क्षेत्रमा समुन्द्रमा भन्दा जमिनमा तापक्रम वृद्धि बढी भएकाले विश्वव्यापी औसतभन्दा यो महादेश दुई गुणा छिटो  तातो भइरहेको प्रतिवेदनको ठहर छ । सतहको तापक्रममा हुने भिन्नताले प्राकृतिक प्रणाली र मानव जीवनमा ठूलो प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । एसियाले विश्वको ३० प्रतिशत भूभाग र ६० प्रतिशत जनसङ्ख्या ओगट्छ ।

सन् २०२४ मा यस क्षेत्रका दक्षिण पूर्वी एसिया, मध्य एसिया र मध्यपूर्व लगायत अन्य स्थानमा अत्यधिक गर्मीका घटना घटे । अप्रिलदेखि नोभेम्बरसम्म पूर्वी एसियामा लामो समयसम्म गर्मीको लहरले प्रभाव आयो भने त्यसै वर्षको गर्मी महिनामा जापान, दक्षिण कोरिया र चीनले एकपछि अर्को गर्दै औसत तापक्रमका रेकर्ड तोडे । सन् २०२४मा म्यानमारले ४८.२ डिग्री सेल्सियसको नयाँ राष्ट्रिय तापक्रम रेकर्ड कायम गर्‍याे ।

यसबाहेक, मध्य एसियाले ७० वर्षभन्दा यताकै भीषण बाढीको सामना गर्‍यो । संयुक्त अरब इमिरेट्समा अभूतपूर्व वर्षा पछि आएको बाढीले त्यहाँका पूर्वाधारलाई नराम्ररी असर गर्‍यो । सोही बर्ष भारतको उत्तरी केरलामा गएको एक घातक पहिरोमा परेर ३५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । कजाकिस्तानमा भएको रेकर्ड वर्षा र हिमनदी पग्लिएका कारण ७० वर्षयताकै सबैभन्दा भीषण बाढी आयो । यसै गरी, सन् २०२४मा एसियाका कतिपय क्षेत्रमा पर्याप्त वर्षा भएन । उदाहरणका लागि, चीनमा भएको ग्रीष्मकालीन खडेरीले ४७.६ लाख भन्दा बढी मानिसहरूलाई प्रभावित गर्‍यो भने लाखौँ हेक्टर बालीलाई क्षति पुर्‍यायो ।

प्रतिवेदनका सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै सङ्गठनकी महासचिव सेलेस्टे साउलोले यसअघिनै यो क्षेत्रमा चरम मौसमी घट्नाले ठूलो  क्षति पुर्‍याइरहेको अवस्थामा नयाँ प्रतिवेदनले झन् गम्भीर सङ्केत गरेको  बताएकी छन् । 

विषम मौसमी घट्नालाई सम्बोधन गर्न समुदायको अनुकूलन तथा उत्थानशील क्षमता सशक्त पार्नुपर्ने, पूर्व सूचना र चेतावनी प्रणाली स्थापना गर्नुपर्नेमा उनको जोड छ ।

नेपालको प्रशंसा

बाढीको जोखिम पूर्वानुमान र अनुगमन प्रणाली स्थापना गर्न नेपालले सफलता हासिल गरेको भनेर प्रतिवेदनमा प्रशंसा गरिएको छ । 

नेपालको सुदृढ पूर्व–चेतावनी प्रणाली र समन्वित प्रतिकार्य प्रणालीलाई प्रतिवेदनमा असल अभ्यासको रुपमा औल्याइएकोछ ।  र यही कारणले हजारौँको ज्यान बचाउन मद्दत पुगेको उल्लेख छ । 

सन् २०२४को सेप्टेम्बर २६– २८मा भएको अत्यधिक वर्षाले काडमाडौं लगायत नेपालका  कैयन भूभागमा  बाढी र पहिरो गएको थियो । उक्त बाढी र पहिरोमा  परेर २४६ जनाको मृत्यु भएको थियो भने  १७८ जना घाइते र २०० भन्दा बढी बेपत्ता भएका थिए ।

‘संकटको प्रभाव चरम भए पनि,  बाढी सूचना र पूर्वानुमान प्रणालीले स्थानीय समुदायलाई उद्धारका लागि तम्तयार रहन सक्षम बनाएको र प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा तत्काल पुग्न मद्दत पुगेको’  प्रतिवेदनमा उल्लेख छ । 

सङ्गठनले  विकासका अन्य साझेदारहरूसँग मिलेर नेपाल सरकारले यस्ता प्रणालीलाई सशक्त पारेको बताएको छ। 

‘जल तथा मौसम विज्ञान विज्ञान विभाग लगायत अन्य सरकारी संस्था र साझेदार निकायको संयुक्त कार्यले जीवन र जीविकोपार्जन बचाउनका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए,’ संगठनकी महासचिव साउलोले भनेकी छिन् । 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस