जनमत-नागरिक उन्मुक्ति एकतामा रञ्जिताको 'ब्रेक'!
२७ चैत्र २०८१
•
३ मिनेट पाठ
जनमत-नागरिक उन्मुक्ति एकतामा रञ्जिताको 'ब्रेक'!
संरक्षक रेशम चौधरीले भनेअनुसार हो भने यतिबेला नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता भइसक्नुपर्ने हो। चौधरीले चाँडै एकता हुन्छ भनेको महिनौं बितिसकेको छ। तर, अहिलेसम्म एकता हुन सकेको छैन।




डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत एकताका लागि तयार छ। तर, हलो नागरिक उन्मुक्तिकै कित्तामा अड्किएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले तत्कालका लागि एकतामा 'ब्रेक' लगाएकी छन्।

रेशम चौधरी र चन्द्रकान्त राउतबीच दर्जनौं पटक वान् अन वान् भेटवार्ता भएका छन्। उनीहरू सबै तवरबाट पार्टी एकताका लागि तयार छन्। उनीहरूले साङ्गठनिक तथा सैद्धान्तिक सहमति जुटाइसकेका छन्। तर, रञ्जिता श्रेष्ठ चौधरीको ब्रेकले गर्दा पार्टी एकता हुन सकेको छैन।

निर्णायक वार्ताका लागि भन्दै चौधरी-राउत गत चैत २३ गते बाँकेको गाभर पुगे। आ-आफ्नो कार्यदलसहित गाभर पुगेका उनीहरूले वार्ता टुङ्ग्याए। तर, रञ्जिता मानिनन्। त्यहाँ चौधरी-राउतबीच सहमति जुटेअनुसार पार्टीको नाम नागरिक जनमत पार्टी हुने र पहिलो तथा दोस्रो वरीयतामा क्रमश: चौधरी र राउत हुने भनिएको थियो। त्यसमा चौधरी संरक्षक र राउत कार्यकारी अध्यक्ष हुने सहमति जुटेको जनमतका तर्फबाट गठित कार्यदलका एक सदस्य बताउँछन्।

कार्यदलका सदस्यसहित बाँकेको गाभर पुगेका चौधरी-राउत।
तर, रञ्जिता नमान्दा त्यो निर्णय अलपत्र परेको ती सदस्यको भनाइ छ। उनकै कारणले एकता प्रक्रिया रोकिएको उल्लेख गर्दै उनले भने, 'रञ्जिताजीले एकता रोक्नुभएको जानकारी आएको छ। तत्कालै केही नहुने देखियो।'

चौधरी-राउतबीच गाभरमा रञ्जितालाई सहअध्यक्ष बनाउने सहमति जुटेको थियो। तर, त्यसमा उनले चित्त बुझाइनन्। उनले आफूलाई कार्यकारी अध्यक्षसरहकै हैसियत चाहिने अडान कसेकी छन्। ती सदस्यले भने, 'दुई अध्यक्ष राख्दा पनि निर्वाचन आयोगले नै नमान्ने कुरा छ। एकजना मात्रै राखेर अगाडि बढ्दा पनि मिलेन।'

त्यसो रञ्जिताले यसअघि फेसबूकबाटै आफूलाई 'बाइपास' गरेर अगाडि नबढ्न चेतावनी दिएकी छन्। आफूले रुख बन्छु भन्दा बन्चरोमा धार लगाउन थालिएको उल्लेख गर्दै उनले भनेकी छिन्-रुख काट्नै लाग्नुभयो भने पनि ख्याल गर्नुहोला। काटेको रुख तपाईंकै टाउकोमा पनि पर्न सक्छ।

यसपछि राउतले चौधरीसँग के गर्ने भनेर सोधेका थिए। चौधरीले 'म मिलाउँछु' भन्ने जवाफ फर्काएका छन्। आउँदो वैशाख ७ र ८ बैठक राखेर पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जितालाई मिलाउन चौधरी लागिपरेका छन्। तर, रञ्जिताले भने सम्मानजनक वरीयता पाउनुपर्ने अडान राखेकी छन्।

चौधरीले रञ्जितालाई बाइपास गर्न सक्छन् ?

चौधरी कुनै पनि हालतमा जनमतसँग पार्टी एकता गर्ने अडानमा छन्। उनले यसअघि नै भनिसकेका छन्- अब पछाडि फर्किँदैनौँ।

सकेसम्म मिलाउने, अन्यथा आफू पक्षीय नेताहरू मात्रै लगेर पनि पार्टी एकता गर्ने सोचमा चौधरी पुगिसकेका छन्। यस्तो अवस्थामा चौधरीले रञ्जितालाई बाइपाससमेत गर्न सक्ने नेताहरू बताउँछ।

अहिलेका लागि राउतलाई अध्यक्ष स्वीकारेर पछि अनुकूल हुँदा नेतृत्व नै गरेर अगाडि बढ्ने सोचमा देखिएका चौधरी अहिले कुनै पनि हालतमा एकतामा हुनुपर्ने अडानमा छन्।

रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरी।
त्यसो त चौधरी-रञ्जिताबीच पार्टीको पहिलो महाधिवेशनयता राम्रो सम्बन्ध छैन। पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाट सुरु भएको उनीहरूबीचको टकराव पछि 'पानी बाराबार'कै अवस्था आइपुगेको थियो। उनीहरूबीचको टकरावले सुदूरपश्चिम प्रदेशमा पार्टीले पाइसकेको मुख्मन्त्रीसमेत गुमाएको थियो। 

अहिले पनि उनीहरूबीच हार्दिक सम्बन्ध छैन। त्यसैले पार्टी एकताबारे पनि उनीहरू आफूअनुकूल गतिविधि गर्दै र जानकारी दिँदै आएका छन्। चौधरी आजको भोलि एकता हुने बताउँछन् भने रञ्जिता कहिल्यै नहुन सक्ने तवरले जानकारी दिन्छिन्। 

यस्तो अवस्थामा चौधरी निर्मम बन्न सक्ने बताइन्छ। उनले रञ्जितालाई बाइपास गरे त्यो नौलो मान्न नपर्ने स्रोत बताउँछ।

यो पनि पढ्नुहोस्

रञ्जिता लेख्छिन्- रुखजस्तै बन्छु के भनेकी थिएँ, साथीभाइहरू बन्चरोमा धार लगाउन थालेछन्
अर्को समाचार
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ : रेशम चौधरी
०४ साउन २०८२
•
१ मिनेट पाठ
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ :  रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।




आइतबार सामाजिक सञ्जालमा लेख्दै चौधरीले यस्तो बताएका हुन्। साथै उनले 'जथाभावी नबोल्नुस् मित्र' भन्दै सुझाव समेत दिएका छन्।

चौधरीले कसलाई लक्षित गर्दै यो स्टाटस लेखेका हुन् भनेर नाम खुलाएका छैनन्। तर नाम नखुलाए पनि उनले लक्ष्मण चौधरीप्रति लक्षित गर्दै स्टाटस लेखेको बुझिन्छ। किनभने केही दिनअघि मात्र लक्ष्मणले नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध अन्तर्वार्ता दिएका थिए। 

उनले रञ्जिताको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै ठोकुवा गरी विरोध गर्दै आउका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस