जनमतकै सरकारको बजेटसँग सिकेको विमति, मुख्यमन्त्रीले निर्देशन नमानेको आरोप
१२ असार २०८२
•
१ मिनेट पाठ
जनमतकै सरकारको बजेटसँग सिकेको विमति, मुख्यमन्त्रीले निर्देशन नमानेको आरोप
मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा छ। जनमत पार्टीकै सांसद सतिशकुमार सिंह मुख्यमन्त्री छन्। तर आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि मधेस सरकारले ल्याएको बजेटमा स्वयं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले असन्तुष्टि जनाएका छन्। 




राउतले बजेट जनमत पार्टीको नीति, सिद्धान्त र भिजनलाई बेवास्ता गरेर आएको भन्दै गम्भीर असन्तोष प्रकट गरिरहेका छन्। राउतले बिचौलिया र अन्य पार्टीमार्फत आएका कार्यक्रममा बढी बजेट र जनमत पार्टीले प्रत्यक्ष जनतासँग संवाद गरेर आएका योजनामा कम बजेट परेको भन्दै असन्तुष्टि जनाइरहेको उनको सचिवालयले जनाएको छ। 

राउतको असन्तुष्टि त्यत्तिमा सीमित छैन। उनले आफ्नो निर्वाचन क्षेत्र सप्तरी–२का योजनाहरूलाई बेवास्ता गरी राजनीतिक प्रतिशोध साँधिएको आरोप समेत लगाएका छन्।

राउतले मधेस सरकारले गरेका राजनीतिक नियुक्तिमा पनि असन्तुष्ट रहेको स्रोतले बतायो। विशेष गरी मिडिया काउन्सिल, चलचित्र विकास बोर्ड, खेलकुद परिषद् जस्ता निकायमा गरिएको दुई दर्जनभन्दा बढी राजनीतिक नियुक्तिमा समेत जनमत पार्टीको उपेक्षा भएको दाबी गरेका छन्। 

मुख्यमन्त्री सिंहले पार्टीको निर्देशनको पनि अवमूल्यन गरेकामा राउतको चित्त दुखाई छ। यस विषयमा राउतले पार्टीको संसदीय दल र सचिवालयमा छलफल गरिरहेका छन्।  
अर्को समाचार
अनिश्चित बन्यो जनमत-नागरिक उन्मुक्ति एकता
२१ वैशाख २०८२
•
१ मिनेट पाठ
अनिश्चित बन्यो जनमत-नागरिक उन्मुक्ति एकता
गत वैशाख १७ गते रेशम चौधरी पक्राउ नपरेको हुन्थ्यो भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भइसकेको हुन्थ्यो। तर, नागरिक उन्मुक्तिका संरक्षक रहेका चौधरी एक्कासि एकता घोषणा स्थल (नेपाल प्रज्ञा प्रतिष्ठान)बाटै पक्राउ परे। यसपछि एकता घोषणा कार्यक्रम स्थगन गर्नुपर्‍यो।




चौधरी त्यही दिन पाँच घण्टापछि छुटिसकेका छन्। उनी पक्राउ पर्नको कारण के थियो ? यसबारे सबैलाई अवगत भइसकेको अवस्था छ। उनले यसबारे पुस्तक नै लेख्ने तयारी पनि थालेका छन्। जे होस्, दुई पार्टीबीचको एकता भने अनिश्चित बन्यो।

घटना घटित भएको पाँच दिन बितिसकेको छ। तर, दुई पार्टीबीचको एकता भने अझै निश्चित बनेको छैन। कहिले हुन्छ एकता घोषणा ? दुबैतिरका नेताहरूसँग ठोस जवाफ छैन।

यही प्रश्न नागरिकले जनमतका प्रवक्ता डा. शरदसिंह यादव र नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितलाई सोध्यो। जवाफ खास फरक आएन। उनीहरूले भने- अहिल्यै निश्चित भइसकेको छैन।

यादव र पण्डितले सकभर चाँडो गर्न प्रयास गर्नेसम्म मात्रै भन्न सके। तर, दिन तोक्न भने सकेनन्। उनीहरूले 'वैशाख महिनाभित्रै' भनेका छन्। 

चौधरी-राउतबीच निरन्तर संवाद

जनमत अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।

उनीहरूका बीचमा कतिपय कुराहरू टुङ्गिन बाँकी रहेको बताइन्छ। चौधरी 'प्याकेज'मै घोषणा गरेर जानुपर्ने पक्षमा छन् भने राउत अहिलेका लागि नाम,नेतृत्व, झण्डालगायत मात्रै घोषणा गरेर जानुपर्ने अडानमा छन्। यसमा उनीहरूबीच सहमति भइसकेको छैन।

यसअघि गत मङ्गलबार राति १२ बजेसम्म उनीहरूबीच संवाद भएको थियो। तर, यस विषयमा कुरा मिलेको थिएन। चौधरीले 'उधारो एकता गरिन्न' भनेका छन्। स्रोतका अनुसार मङ्गलबार राति १२ बजे उनीहरू बिना सहमति उठेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस