संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले एक सातादेखि संघीय निजामती कर्मचारीको शक्ति र जिम्मेवारीका रेखाहरू कोर्दै अघि बढेको छ। विधेयकमा टुंग्याउनुपर्ने विभिन्न १४ वटा विषय पहिचान गरेको उपसमितिले संघीय निजामती सेवाका कर्मचारी व्यवस्थापनको विभिन्न किसिमले छलफल अघि बढाएको भए पनि सहमति जुटाउन हम्मेहम्मे परिरहेको छ।
मिडियालाई प्रवेश नगराई बन्द कोठामा छलफल गरेको उपसमितिले केही स्वार्थ समूहको खेलो हुन थालेकाले मिडियालाई फुकुवा गर्ने विषयमा पनि छलफल भएको जनाएको छ। उपसमितिका एक सदस्यले भने, ‘कतिपय अवस्थामा मिडियालाई राख्नुपर्ने रहेछ। केही सदस्यले यस्तो किसिमले असहमति राख्नुहुन्छ अनि उठेर हिँड्नु हुन्छ।’ उनको भनाइअनुसार कतिपय विषयमा यसरी प्रस्तुत हुँदा कर्मचारीको शक्ति र जिम्मेवारीका रेखा कोर्न कठिन हुन जान्छ।
उपसमितिले खुला प्रतियोगिताबाट शाखा अधिकृत र खरिदारमा मात्र सेवा प्रवेश हुने विषय सहमतिको नजिक पुगेको छ। प्रदेशको प्रमुख सचिव संघको हुने छ भने प्रदेश सचिव पनि १० वर्षसम्म संघको हुने विषयमा सहमति बनेको छ। कतिपय प्रदेशले संघको सचिव नमागीकनै त्यहाँ बढुवा भएको एघारौं तहको कर्मचारीलाई सचिव बनाइसकेकाले त्यसको हकमा के गर्ने भन्ने विषयमा टुंगो लगाउन बाँकी छ। स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पनि संघकै राख्ने विषय सहमतिनजिक पुगेको छ।
संविधानको धारा २३२ ले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने भनेकाले संघको प्रतिनिधि प्रदेश र स्थानीय तहमा रहनुपर्दछ भन्ने मान्यता रहेको उपसमिति संयोजक दिलेन्द्रप्रसाद बडुले जानकारी दिए। संघीय लोकसेवा आयोगले सातै प्रदेशको लोकसेवा आयोगले लिने परीक्षामा उत्तरपुस्तिका र अन्तरवार्ता लिन पाउने व्यवस्था राख्ने पनि उपसमितिको तयारी छ। संघीय संसद् सेवा र स्वास्थ्य सेवाका कर्मचारीलाई निजामती सेवामा राख्ने विषयमा उपसमितिमा असहमति छ।
निजामती सेवामा अतिरिक्त सचिवको पद सिर्जना गर्ने गरी उपसमिति अघि बढेको छ। लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीसहितका पदाधिकारीले पनि आइतबार अतिरिक्त सचिवको पद सिर्जना गर्ने विषयमा सहमति नै जनाएका थिए। उपसमितिका एक सदस्यका अनुसार यो प्रस्तावमा प्रधानमन्त्री केपी ओली भने असन्तुष्ट छन्। ‘प्रधानमन्त्री असन्तुष्ट भए पनि हामी अतिरिक्त सचिव राख्ने गरी अघि बढेका छौँ’, उनले भने।
उपसमितिले सरुवा र बढुवा र कार्यसम्पादन मूल्यांकनको विषय वस्तुनिष्ठ छैन भन्दै यसमा वैज्ञानिक ढंगले सुधारका लागि विभिन्न विकल्पमा छलफल गरिरहेको छ। उपसमितिले कर्मचारी ट्रेड युनियनलाई कायम राख्ने संकेत गरेको छ, तर निर्णय गर्न सकेको छैन। निजामती सेवाको सचिव वा सहसचिव स्तरबाट सेवा निवृत्त कर्मचारीलाई ‘कुलिङ पिरियड’ मा राख्ने विषयमा उपसमितिमा सहमति छ। अवकाशपछि दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन पाउने छैनन् भन्ने विषयमा उपसमिति सहमतिमा पुगेको एक सदस्यले बताए।
संघीय निजामती सेवामा तहगत प्रणाली र श्रेणी दुवै राखिने भएको छ। प्रदेश र स्थानीय तहका कर्मचारीमा तहगत प्रणाली लागू भइसकेको भए पनि संविधानमा श्रेणी राखिएकाले संघमा श्रेणी पनि राख्ने र श्रेणीभित्र कुन–कुन तह रहन्छ भन्ने स्पष्ट गर्ने उपसमितिले तयारी गरेको छ। राज्यको पुनर्संरचना सँगसँगै प्रशासनिक पुनर्संरचनापश्चात् संघीयता निजामतीको कानुनको आवश्यकता छ। प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन उहिल्यै जारी गर्नुपर्ने भए पनि अझै जारी भएको छैन।
राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले नीतिगत रूपमा टुंगिनुपर्ने विषय पहिचान गरेर यसलाई एक महिनाभित्र टुंगो लगाउने गरी काम अघि बढाइएको छ। उपसमितिको संयोजक बडु काँग्रेस सांसद हुन्। गत फागुन ९ मा गठित बडु नेतृत्वको संसदीय उपसमितिमा अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन्। उपसमितिलाई एक महिनाको समय दिइएको छ।