प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथिको छलफल गर्न गठन गरेको उपसमितिले बन्द कोठामा छलफल सुरु गरेको छ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १० मा रहेको संघीय निजामती सेवाको पदपूर्तिमा गएर समिति अड्किएपछि शुक्रबार ११ सदस्यीय उपसमिति गठन गरिएको थियो। उपसमितिको संयोजकमा दिलेन्द्रप्रसाद बडु रहेका छन्।
बैठक बसेको एक महिनाभित्र प्रतिवेदन दिने जिम्मेवारी पाएको उपसमितिले सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनभित्र रहेको शंकर हलमा छलफल गरेको हो। उपसमितिले संघीय निजामती विधेयकमा रहेका विवादित विषय छुट्ट्याउने काम सुरु गरेको छ। उपसमितिको पहिलो बैठकमा सहमति र विमतिका विषयहरूलाई छुट्ट्याउने काम गरिएको उपसमिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।
शंकर हलमा मिडियालाई प्रवेश गर्न नमिल्ने भएकाले मिडियाको उपस्थिति हुन नसकेको उनले बताइन्। सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलभित्र उपसमितिका बैठक बसेको खण्डमा मिडियाको उपस्थिति हुन सहज हुने उनको भनाइ छ।
तर संसद बैठक बसेका दिन उपसमितिले नयाँ बानेश्वरस्थित संसद भवनभित्र बैठक गर्ने रणनीति लिएको स्रोतले बतायो। यस बैठकमा मिडियाको प्रवेश नहुने भएकाले विभिन्न स्वार्थ समूहको चलखेलबमोजिमका विषय सम्बोधन हुन सक्ने भएकाले यसप्रति गम्भीर हुनुपर्ने अवस्था आएको देखिएको छ।
विधेयकमा संसदका कर्मचारीले आफूअनुकूलका एजेन्डा घुसाउन खोजेका छन्। उनीहरूले संसद सेवालाई निजामती सेवामा गाभ्न प्रयासरत छन्। संसद सेवाका कर्मचारीले निजामती सेवाका आन्तरिक प्रतिस्प्रर्धामा भाग लिन पाउने व्यवस्था राख्न लबिङ गरिरहेका छन् भने संघका कर्मचारीले प्रदेश सचिव र प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाटै जान पाउनुपर्ने अडान राखेका छन्, तर यसलाई प्रदेश र स्थानीय तहले १० वर्ष हटाउनुपर्ने माग गर्दै आएका छन्। ट्रेड युनियनहरूलाई हटाउन नहुने भन्दै विभिन्न ट्रेड युनियनले आआफ्नो तर्फबाट लबिङ गरिरहेका छन्।
उपसमितिले प्रदेश र स्थानीय तहका कर्मचारी निजामती हुन् या हैनन् भन्ने विषयमा निर्णय गर्नुपर्ने छ। संविधानको धारा २४३ ले ऐनबमोजिम तोकिएका अन्य सेवाको पदबाहेक नेपाल सरकारका सबै सेवाका पदलाई निजामती सेवा सम्झनुपर्छ भनेर परिभाषित गरेको छ। नेपाल सरकार भनेको संघीय सरकार मात्रै होइन भन्ने तर्क छ।
विधेयकको दफा १८ मा निजामती सेवामा सेवा प्रवेश उमेर अधिकतम सीमा पुरुषको हकमा ३५ बाट घटाएर ३२ र महिलाको हकमा ४० बाट घटाएर ३७ वर्ष प्रस्ताव गरेको छ। त्यो किन गरिएको हो ? आधार र कारण स्पष्ट नभएकाले यस विषय विवादित छ। तर यसमा अवकाश हुने उमेरको हद बढाएमा नयाँ प्रवेश गर्नेहरूको क्रम रोकिन जान सक्ने हुँदा बुढाखाडा जागिरमा युवा विदेशमा हुन सक्ने अवस्था आउने भन्दै विज्ञहरूले असहमति राखिरहेका छन्। यसतर्फ ध्यान दिँदै विज्ञहरूले यदि अवकाशको उमेरको हद बढाउने र सेवा प्रवेशको उमेर हद घटाउने हो भने ऐन लागु भएको मितिदेखि सेवा प्रवेश गरेकाहरूका हकमा मात्र लागु हुने व्यवस्था राख्नु उपयुक्त हुने सुझाव पनि दिएका छन् नत्र यसले विकराल रूप लिने उनीहरूको तर्क छ।
त्यस्तै उपसमितिले विधेयकमा एकपटक आरक्षणबाट प्रवेश गर्नेले सधैं आरक्षण लिन पाउने कि नपाउने विषयमा टुंगो लगाउनुपर्ने अवस्था छ। सेवा प्रवेश गरेदेखि पटकपटकको बढुवामा आरक्षण कोटाबाट प्रतिस्पर्धा गर्दा अहिले कतिपय कर्मचारीलाई चाहिएभन्दा बढी फाइदा र कतिपय कर्मचारीलाई धेरै नोक्सान हुन पुगेको कर्मचारीको गुनासो छ।
राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) मा भने अन्तरतह प्रतियोगिता १० प्रतिशत र बढुवाद्वारा १० प्रतिशत र बाँकी ८० प्रतिशत खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने प्रस्तावित प्रावधानले हाल कार्यरत नायब सुब्बाको अधिकृत सपना चकनाचुर पर्ने अवस्था रहेको छ। यस विषयमा नासुले राज्य व्यवस्था तथा सुशासन समितिका सांसदलाई एसएमएस गरेर राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले नायब सुब्बा (नासु) का आँसु पुछ्न आग्रह गर्दै सांसदहरूलाई एसएमएस पठाउने अभियान सुरु गरेको छ। नासुका समस्या समाधान गर्न पनि उपसमितिलाई चुनौती छ। राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) मा कर्मचारीभन्दा बाहिरबाट मात्र आउने गरी खुला प्रतिस्पर्धाबाट दश प्रतिशत पदपूर्ति गर्ने विषय पनि समितिमा प्रवेश भएको छ।
विधेयकमा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) मा तीन तह (छैटौं, सातौं र आठौं) राखिएको छ। उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी) र सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) मा क्रमशः नवौं र दशौं तथा एघारौं र बाह्रौं तह राखिएको छ। विशिष्ट श्रेणीको सचिव तेह्रौं तह र मुख्यसचिव र मुख्य रजिस्टारलाई चौधौं तहमा राखिएको छ। यस विषयमा पनि थप छलफल गर्नुपर्ने अवस्था छ। त्यस्तै पदपूर्तिमा खुलासँगै र अन्तर तह प्रतिस्पर्धाको प्रावधान थपिएको छ। समायोजन भएर गएका र प्रदेश लोकसेवा आयोगबाटै सिफारिस भएका स्थानीय र प्रदेशमा काम गरिरहेका कर्मचारीलाई पनि संघमा आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने बाटो खोल्नुपर्ने माग भइरहेको छ।
विधेयकले अन्तरतहमा १० प्रतिशत प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ, तर आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने बाटो खोलेको छैन। यस विषयलाई पनि उपसमितिले टुंगो लगाउनुपर्ने अवस्था छ। यसैगरी प्रदेश समायोजन भएर गएका तर त्यहाँ बढुवा नहुँदै आफू समायोजन हुनुभन्दा पहिला रहेको ठाउँमा बढुवामा पालो आएमा त्यहाँ बढुवा हुन पाउने व्यवस्थाले अदालतमा समेत मुद्दा परेको अवस्था रहेकाले यस जटिलतालाई पनि सम्बोधन गर्नुपर्ने छ।