अध्यादेशमा ‘पर्ख र हेर’ रणनीतिमा सरकार
०९ फागुन २०८१
•
४ मिनेट पाठ
अध्यादेशमा ‘पर्ख र हेर’ रणनीतिमा सरकार
सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका ६ अध्यादेशलाई संसद्को कार्यसूचीमा राख्ने विषयमा सरकार पर्ख र हेरको स्थितिमा छ। संसद्को अधिवेशन बसेको तीन साता बित्न लाग्दा पनि अध्यादेशलाई दुवै सदनमा स्वीकृतका लागि अगाडि बढाइएको छैन। संसद्को १३ गतेसम्मको कार्यसूचीमा अध्यादेशलाई राखिएको छैन। अध्यादेशहरू राष्ट्रियसभामा बहुमत पुग्न सक्ने अवस्था सिर्जना हुनासाथ कार्यसूचीमा राख्ने तयारी भएकाले सरकार अहिले पर्ख र हेरको रणनीतिमा रहेको सत्तारूढ कांग्रेसका एक नेताले भने।




प्रतिनिधिसभामा सत्तापक्षको बहुमत पुगे पनि राष्ट्रियसभामा भने जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) निर्णायक छ। उसले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरिसकेको छ। राष्ट्रियसभामा पक्षमा बहुमत नपुग्ने अवस्था देखिएपछि सरकार प्रतिनिधिसभामा पनि अध्यादेश कार्यसूचीमा राख्न डराइरहेको छ।

प्रधानमन्त्री केपी ओलीले जसरी पनि छिट्टै अध्यादेशलाई पारित गर्ने बताइरहेका छन्। एमालेका अन्य नेताहरूले पनि विभिन्न विकल्प प्रयोग गरेर भए पनि अध्यादेश पारित गर्ने बताइरहेका छन्। कतिपयले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी  (नेकपा एस) मा विद्रोहको तयारी गराउन खोजेको आशंका पनि गरेका छन्।

गत फागुन ६ गते दुवै अध्यादेश कार्यसूचीमा राख्न खोजिएको र पछि नराखिएको संसद् सचिवालयका एक अधिकारलिे बताए। यसका पछाडि नेकपा एसबाट सम्भावित विद्रोहको अवस्थालाई हेरिएको हुन सक्ने स्रोतले बतायो। तर गत फागुन ६ गते नै बसेको नेकपा एसको स्थायी समिति बैठकले अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको थियो।

अध्यादेश तत्काल कार्यसूचीमा राख्ने अवस्था छैन तर कुन विकल्प प्रयोग गर्ने भन्ने विषयमा प्रधानमन्त्री तहमा छलफल भए पनि अहिलेसम्म कुनै कुरा बाहिर नआएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे बताउँछन्। उनले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा कांग्रेसभित्रै पनि असन्तुष्टि रहेको स्वीकार गरे। ‘हामी अध्यादेश स्वीकृतका लागि निर्णयार्थ पेस गर्ने दिन ह्विप लगाउँछौं,’ उनी भन्छन्, ‘विधेयक वा अध्यादेश पारित गर्दा खासमा ह्विप लाग्दैन तर दलहरूले लगाउने गर्छन्। त्यो ह्विप उल्लंघन गरेबापत सांसद पद जाँदैन तर अनुशासनको कारबाही भने हुन सक्छ।

उनको भनाइअनुसार कुनै पनि पार्टीले विधेयक वा अध्यादेश पारित गर्ने बेलामा ह्विप उल्लंघन गरेको छ भने सांसद पद नजाने भएकाले एमालेले नेकपा एसका केही सांसदलाई फकाइरहेको हुन सक्ने स्रोतको दाबी छ। ‘उनीहरूले ह्विप उल्लंघन गरे उनीहरूमाथि अनुशासनको कारबाही होला तर राजनीतिक दलसम्बन्धी ऐनबमोजिम सांसद पद नजाने भएकाले यो अस्त्र प्रयोग हुन सक्ने देखिन्छ,’ स्रोतले भन्यो। 

राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ बमोजिम चार विषयमा मात्र ह्विप लाग्ने व्यवस्था छ। सरकारको विश्वास वा अविश्वासको प्रस्तावमा, सरकारको नीति तथा कार्यक्रम स्वीकृतिका विषयमा, वार्षिक बजेट र राष्ट्रिय वा सार्वजनिक महत्त्वको कुनै विषयमा ह्विप लाग्ने व्यवस्था छ। यस्तो ह्विप सांसदले अनिवार्य पालना गर्नुपर्ने कानुनी प्रावधान छ।

‘दफा २८ को उपदफा १ बमोजिमको निर्देशन संसदीय दलका प्रत्येक सदस्यले पालना गर्नुपर्नेछ,’ उक्त प्रावधानमा भनिएको छ। निर्देशन पालना नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्नेछ। त्यस्ता सदस्यलाई पार्टीले निष्कासन गर्न सक्ने कानुनी प्रावधान छ।

केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेको खण्डमा दफा ३४ अनुसार त्यस निर्णय संसद् सचिवालयलाई जानकारी गराउनुपर्नेछ। संसद् सचिवालयमा सूचना प्राप्त भएको मितिले १५ दिनभित्र सदनमा सभामुखले पेस गर्नुपर्ने दफा ३५ को प्रावधान छ। सभामुखले सदनमा जानकारी गराएर सूचना टाँस गरेपछि त्यस स्थान रिक्त हुने दफा ३६ मा उल्लेख छ।

राष्ट्रियसभामा कांग्रेस १६, एमाले १० को २६ मत छ। मनोनीत वामदेव गौतम र अन्जान शाक्यको पनि अध्यादेशको पक्षमा मतदान हुने देखिएको छ। जसबाट २८ मत अध्यादेशको पक्षमा छ भन्न सकिन्छ। ५९ सदस्यीय राष्ट्रियसभामा बहुमत पुग्न ३० मतको आवश्यकता पर्छ। दुई मत प्राप्त गर्न अन्य दलको सहायता लिनुपर्नेछ।

सरकारमा सहभागी दल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमि अध्यादेशको विपक्षमा मतदान गर्ने भनिरहेका छन्। राष्ट्रिय जनमोर्चाले सबै अध्यादेशलाई अस्वीकार गर्ने बताइरहेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशको मुख्यमन्त्री र संघीय सरकारमा रोजेको मन्त्रालय चाहिनेलगायत फुटेर गएको पार्टीको वैधानिकतालगायत अड्को थापेका थिए तर सरकार तयार नभएपछि अहिले यादव अध्यादेशको विपक्षमा देखिएको स्रोतको भनाइ छ।
अर्को समाचार
संसद अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबिच टकरावको संकेत
१६ माघ २०८१
•
३ मिनेट पाठ
संसद अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबिच टकरावको संकेत
प्रतिनिधिसभाको बैठकमा हालै जारी ६ अध्यादेश स्वीकृत गर्ने विषयमा भने सत्तापक्ष र प्रतिपक्षबिच टकराबको संकेत देखिएको छ। माघ १८ गतेको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने र ६ अध्यादेश पेस गर्ने कार्यसूची तय गरिएको छ।




प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलले पहिलो बैठकलाई सहज रूपमा चल्न दिन सक्ने देखिए पनि अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने बैठकमा भने सशक्त प्रतिवाद गर्ने तयारी देखिएको छ। प्रतिनिधिसभाको दोस्रो बैठकमा अध्यादेश स्वीकृतिको कार्यसूची तय गरिएको छ।

कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकपछि पुस २४ गते अध्यादेशलाई स्वीकृतिका लागि प्रस्ताव गर्ने कार्यपालिका बनाइएको छ। यसअघि सभामुखले २२ गतेका लागि अध्यादेश स्वीकृत गर्ने प्रारम्भिक तालिका बनाएका थिए।

प्रतिपक्षका सांसदको आग्रहबमोजिम २४ गतेको बैठकमा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव राखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। हालै जारी भएका ६ अध्यादेशले १३ कानुन संशोधन गरेको छ। यसलाई स्वीकृत गरेपछि ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गर्नुपर्दछ। सरकारले यथाशक्य छिटो प्रतिस्थापन विधेयक ल्याउने जनाएको छ।

सत्तारुढ दलले बहुमतको बलमा अध्यादेश स्वीकृत गर्ने तयारी गरेका छन्। कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘अध्यादेशमा असहमति राख्न पाइन्छ, बहुमत पु¥याएर अस्वीकृत गराउन पनि पाइन्छ।’ तर प्रतिपक्षको बहुमत नपुग्ने भएकाले उनीहरूले उठेर विरोध, सदन बहिष्कार, बेल घेराउमध्ये कुनै विकल्प अपनाउन सक्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना देखिएको संसद सचिवालय स्रोतले बतायो।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार संसदीय दलको बैठक बोलाएका छन्। यी दलले अध्यादेशलाई सशक्त प्रतिवाद गर्ने निर्णय गर्ने तयारी गरेको स्रोतले बताएको छ। अध्यादेश स्वीकृत भएपछि तुरुन्तै सरकारले प्रतिस्थापन विधेयक दर्ता गर्ने भएकाले यस विषयमा सिंगो अधिवेशन नै प्रभावित हुन सक्ने अवस्था देखिएको छ।

कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकमा पनि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबिच अध्यादेशका विषयमा सामान्य विवाद भएको थियो। कांग्रेस प्रमुख सचेतक घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा भनेका कुरालाई अतिरञ्जित गरिएको बताए।

घिमिरेले भने, ‘अब अध्यादेशले मुलुक चलाइन्छ भनेर माओवादी केन्द्रका प्रमुख सचेतक बोल्नुभयो, उहाँले नबोल्ने कुरा बोल्नुभयो। अहिलेको अवस्था हेर्दा संसदमा कानुन निर्माण गर्ने प्रक्रिया धिमा गतिमा भइरहेको छ, दुई वर्षको अवधिमा बजेट कानुनबाहेक जम्मा ११ वटा कानुन मात्रै बनाएका छौं। अहिले हामीलाई संविधान कार्यान्वयन गर्दै मुलुकलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने अवस्था छ। त्यसैले यो ढिलाइ हुने प्रक्रियाका कारणले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरेको हो भन्ने कुरा मैले कार्यव्यवस्था परामर्श समितिमा राखेको हुँ, तर माओवादी प्रमुख सचेतकले उल्टो अर्थ लगाउनुभयो।’ माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने घिमिरेले अब सदनमा विधेयक नआएपछि त अध्यादेश नै ल्याएर चलाउने हो भनेको बताए।

‘यसअगाडि त संसद् नै विघटन भएको थियो। अहिले पनि ६ वटा त आएकै छ भनें, यति थोरै समयमा अब सधैं अध्यादेशबाटै चल्न खोजेको हो ? भन्दै प्रश्न उठाएको हुँ’, उनले भने।

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सार्वजनिक गरिएको कार्यतालिकाबमोजिम पहिलो बैठक पुस १८ गते बसेपछि दोस्रो २४ गते बस्ने छ। दोस्रो बैठकले अध्यादेश स्वीकृत गरेपछि २५ गतेको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिको विधायनसम्बन्धी विधेयक प्रतिवेदन पेस गर्ने, २७ गतेको बैठकमा अर्थ समितिको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक प्रतिवेदन पेस गर्ने २८ गतेको बैठकमा पनि अर्थ समितिको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक प्रतिवेदन पेस गर्ने र २९ गतेको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रतिवेदन पेस गरिने भएको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस