प्रतिनिधिसभाको बैठकमा हालै जारी ६ अध्यादेश स्वीकृत गर्ने विषयमा भने सत्तापक्ष र प्रतिपक्षबिच टकराबको संकेत देखिएको छ। माघ १८ गतेको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने र ६ अध्यादेश पेस गर्ने कार्यसूची तय गरिएको छ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलले पहिलो बैठकलाई सहज रूपमा चल्न दिन सक्ने देखिए पनि अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने बैठकमा भने सशक्त प्रतिवाद गर्ने तयारी देखिएको छ। प्रतिनिधिसभाको दोस्रो बैठकमा अध्यादेश स्वीकृतिको कार्यसूची तय गरिएको छ।
कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकपछि पुस २४ गते अध्यादेशलाई स्वीकृतिका लागि प्रस्ताव गर्ने कार्यपालिका बनाइएको छ। यसअघि सभामुखले २२ गतेका लागि अध्यादेश स्वीकृत गर्ने प्रारम्भिक तालिका बनाएका थिए।
प्रतिपक्षका सांसदको आग्रहबमोजिम २४ गतेको बैठकमा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव राखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। हालै जारी भएका ६ अध्यादेशले १३ कानुन संशोधन गरेको छ। यसलाई स्वीकृत गरेपछि ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गर्नुपर्दछ। सरकारले यथाशक्य छिटो प्रतिस्थापन विधेयक ल्याउने जनाएको छ।
सत्तारुढ दलले बहुमतको बलमा अध्यादेश स्वीकृत गर्ने तयारी गरेका छन्। कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘अध्यादेशमा असहमति राख्न पाइन्छ, बहुमत पु¥याएर अस्वीकृत गराउन पनि पाइन्छ।’ तर प्रतिपक्षको बहुमत नपुग्ने भएकाले उनीहरूले उठेर विरोध, सदन बहिष्कार, बेल घेराउमध्ये कुनै विकल्प अपनाउन सक्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना देखिएको संसद सचिवालय स्रोतले बतायो।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार संसदीय दलको बैठक बोलाएका छन्। यी दलले अध्यादेशलाई सशक्त प्रतिवाद गर्ने निर्णय गर्ने तयारी गरेको स्रोतले बताएको छ। अध्यादेश स्वीकृत भएपछि तुरुन्तै सरकारले प्रतिस्थापन विधेयक दर्ता गर्ने भएकाले यस विषयमा सिंगो अधिवेशन नै प्रभावित हुन सक्ने अवस्था देखिएको छ।
कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकमा पनि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबिच अध्यादेशका विषयमा सामान्य विवाद भएको थियो। कांग्रेस प्रमुख सचेतक घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा भनेका कुरालाई अतिरञ्जित गरिएको बताए।
घिमिरेले भने, ‘अब अध्यादेशले मुलुक चलाइन्छ भनेर माओवादी केन्द्रका प्रमुख सचेतक बोल्नुभयो, उहाँले नबोल्ने कुरा बोल्नुभयो। अहिलेको अवस्था हेर्दा संसदमा कानुन निर्माण गर्ने प्रक्रिया धिमा गतिमा भइरहेको छ, दुई वर्षको अवधिमा बजेट कानुनबाहेक जम्मा ११ वटा कानुन मात्रै बनाएका छौं। अहिले हामीलाई संविधान कार्यान्वयन गर्दै मुलुकलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने अवस्था छ। त्यसैले यो ढिलाइ हुने प्रक्रियाका कारणले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरेको हो भन्ने कुरा मैले कार्यव्यवस्था परामर्श समितिमा राखेको हुँ, तर माओवादी प्रमुख सचेतकले उल्टो अर्थ लगाउनुभयो।’ माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने घिमिरेले अब सदनमा विधेयक नआएपछि त अध्यादेश नै ल्याएर चलाउने हो भनेको बताए।
‘यसअगाडि त संसद् नै विघटन भएको थियो। अहिले पनि ६ वटा त आएकै छ भनें, यति थोरै समयमा अब सधैं अध्यादेशबाटै चल्न खोजेको हो ? भन्दै प्रश्न उठाएको हुँ’, उनले भने।
कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सार्वजनिक गरिएको कार्यतालिकाबमोजिम पहिलो बैठक पुस १८ गते बसेपछि दोस्रो २४ गते बस्ने छ। दोस्रो बैठकले अध्यादेश स्वीकृत गरेपछि २५ गतेको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिको विधायनसम्बन्धी विधेयक प्रतिवेदन पेस गर्ने, २७ गतेको बैठकमा अर्थ समितिको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक प्रतिवेदन पेस गर्ने २८ गतेको बैठकमा पनि अर्थ समितिको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक प्रतिवेदन पेस गर्ने र २९ गतेको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रतिवेदन पेस गरिने भएको छ।