हिउँदे अधिवेशन माघ पहिलो साता
१८ पौष २०८१
•
५ मिनेट पाठ
हिउँदे अधिवेशन माघ पहिलो साता
संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारले आलटाल गर्दै आएको छ। संसदीय समितिमा रहेका विधेयक अझै छलफलमा रहेकाले सरकारले अधिवेशन तत्काल नबोलाउने संकेत देखिएसँगै प्रतिपक्षी दल सशंकित भएका छन्। सरकारले अधिवेशन नबोलाई अध्यादेश जारी गरेकाले पनि प्रतिपक्ष सशंकित बनेको हो।




अधिवेशन पुसभित्र बोलाउने तयारी गरेको सरकारले अब माघको पहिलो सातासम्ममा बोलाउने गरी तयारी गरेको एक मन्त्रीले जानकारी दिए। सत्तारुढ दल एमालेकी सचेतक सुनिता बरालले पनि माघी मनाएपछि त्यसको साता दिनभित्र संसद्को अधिवेशन सुरु हुने जानकारी दिइन्।

‘अब मन्त्रिपरिषद्ले माघको पहिलो साताभित्र अधिवेशन बस्ने गरी राष्ट्रपतिलाई सिफारिस गर्ने जानकारी प्राप्त भएको छ,’ उनले भनिन्, ‘संसदीय समितिबाट विधेयकहरू पनि पारित भएका छैनन् र पार्टीका बैठक पनि छन्।’

संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्ने उल्लेख छ। गत भदौ ३१ गते बर्खे अधिवेशन अन्त्य भएको थियो।

संसदीय समितिले पुसभित्र अपेक्षित विधेयक पारित गर्न नसकेपछि सरकारले पनि अधिवेशन बोलाउने समय पछि धकेल्दै आएको सत्तारुढ दलका नेताको भनाइ आइरहँदा प्रतिपक्ष दल भने सशंकित बनेको छ। सभामुख देवराज घिमिरेले संसदीय समितिलाई विधेयक पारित गर्न पटकपटक दबाब दिए पनि सरकारकै असहयोगले समितिले विधेयक पारित गर्न नसकेको प्रतिपक्षी दलको आरोप छ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद् अधिवेशन बोलाउने भनेर अध्यादेश ल्याएकाप्रति सभामुखसँग गुनासो राखेको बताए। सरकारले एकातिर सदन बोलाउने कुरा गर्ने, अर्कोतर्फ अध्यादेश ल्यायो, यो ठिक भएन, छिटो अधिवेशन बोलाउनुपर्‍यो भनेर आफूले सभामुखसँग र सार्वजनिक रूपमा भन्दै आएको उनले बताए।

उनले भने, ‘सरकारले एकातिर संसद् अधिवेशन बोलाउने भन्ने र अर्कोतिर अध्यादेश ल्याउने गरेकाले समयमै अधिवेशन बोलाउनेमा शंका नै छ,’ उनले भने।

अधिवेशन बोलाउने समयमा यही पुस १४ गते सरकारको सिफारिसमा राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएको थियो।

प्रतिपक्षले विशेष अधिवेशन बोलाउन माग गरिरहेको थियो भने सरकारले पुस पहिलो सातामै अधिवेशन बोलाउने विषयमा पनि छलफल गरेको संसद् सचिवालय स्रोतले जानकारी दियो। सरकारले पहिला पुस पहिलो साताभित्र, त्यसपछि तेस्रो साताभित्र र अन्तिम साता अधिवेशन बोलाउने भनेको तर अहिले आएर माघ पहिलो साता बोलाउने भनेर अनौपचारिक जानकारी गराएपछि निराशा छाएको प्रतिपक्षी रास्वपाका एक सांसदले बताए।

विभिन्न कारणले पुसमा संसद् अधिवेशन आह्वान नहुने देखिएको छ। सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार एमाले, माओवादी केन्द्र र रास्वपाले पार्टीका केन्द्रीय समिति बैठकलगायतको तयारी भइरहेकाले कम्तीमा पुस २७ अगावै संसद् अधिवेशन नडाक्न सभामुखलाई आग्रह गरेका छन्। यसलाई आधार मानेर चल्ने हो भने पनि तत्काल अधिवेशन आह्वान हुने अवस्था देखिँदैन।

संसदीय समितिमा रहेका १५ वटा विधेयकमध्ये अर्थ समितिले एउटा विधेयक सुरक्षित कारोबार (पहिलो संशोधन) सम्बन्धी विधेयक पारित गरेको छ। सो समितिमा चारवटा विधेयक छलफलमै छन्।

राज्य व्यवस्था समितिमा चार विधेयक बाँकी छन्, जसमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकलाई १८ गतेको बैठकमा पारित गर्ने तयारी गरेको छ। अरू समितिमा भने विधेयक छलफलमै छन्। कानुन, न्याय तथा मानवअधिकार समितिमा एक, शिक्षा समितिमा दुई, पूर्वाधार विकास समितिमा दुई, उद्योग समितिमा एउटा विधेयक छलफलमै छन्।

संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समितिले जलस्रोत विधेयकलाई अन्तिम चरणमा पुर्‍याएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ।

कानुन न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई पनि अन्तिम चरणमा पुर्‍याएको छ। विभिन्न समितिमा रहेका अन्य विधेयक भने छलफलमै छन्।

संसद्को अधिवेशनमा बिजनेस दिन सरकारले दुईवटा विकल्पमा काम गर्नुपर्ने संसद् सचिवालयका अधिकारी बताउँछन्। सरकाले धमाधम नयाँ विधेयक दर्ता गरेको भए पनि सदनलाई बिजनेस पुग्ने थियो। पछि अधिवेशन चल्दै गर्दा समितिमा रहेका विधेयक पनि पारित हुँदै जान्थे। अर्कोतर्फ सरकारले समितिमा रहेका विधेयकलाई पारित गर्नका लागि पहल गर्नुपर्दथ्यो।

प्रत्येक समितिमा कांग्रेस र एमालेको बहुमत छ। यी दुई पार्टीका सदस्य मात्रै उपस्थित भएमा पनि कोरम पुग्छ। तर समितिका बैठकलाई निरन्तर अघि बढाउन सत्तारुढ दल नै सक्रिय नभएको आफूले पाएको प्रतिपक्षी रास्वपा सांसद निशा डाँगीले बताइन्।

उनले भनिन्, ‘विधेयकमाथिको छलफलमा कोरम पुग्नुप¥यो, सम्बन्धित मन्त्री उपस्थित हुनुर्‍यो, समितिको बैठक राम्ररी चल्न नसक्ने अनि त्यही समस्या देखाएर संसद्को अधिवेशन लम्बाउन हुन्न।’

संसद्मा यति बेला प्रतिनिधिसभाका समितिमा १५ वटा विधेयक छन् भने दर्ता भएका र सदनमा रोकिएका गरी १९ विधेयक रहेका छन्। ती विधेयकलाई समयमा टुंगोमा पुर्‍याउन कांग्रेस र एमाले दलबीच कार्यदल पनि बनाइएको छ। कार्यदलले संसदीय समिति र सदनमा विधेयक लामो समयसम्म अड्किन नदिन छिटो पारित गर्ने गरी सहमति गर्दै यसबारे नियमावली नै संशोधन गर्ने विषयमा छलफल गर्दै छ।

समितिमा रहेका विधेयकमध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक छन्। राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयक, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक छलफलमा रहेका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापारसम्बन्धी विधेयक छन्।

अर्थ समितिमा बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन २०७६ संशोधन विधेयक र भन्सार विधेयक छन्। कानुन, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐन संशोधन विधेयक छ।

पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक र विद्युत् विधेयक छन्। राष्ट्रियसभातर्फ विधायन समितिमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक विचाराधीन रहेका छन्। पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रियसभामा हालै दर्ता भएको छ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक प्रतिवेदन गत जेठ २२ गते प्रतिनिधिसभामा पेस गरेको छ त्यो विधिेयक भने पारित गर्न बाँकी छ।
अर्को समाचार
संघीय संसद्को हिउँदे अधिवेशन माघ तेस्रो साता 
२७ पौष २०८०
•
२ मिनेट पाठ
संघीय संसद्को हिउँदे अधिवेशन माघ तेस्रो साता 
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ तेस्रो साता बोलाउने भएको छ। मन्त्रिपरिषद्ले  माघको तेस्रो साता बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो।




पुसदेखि चैतसम्म चार महिना हिउँदे अधिवेशनको समय मानिन्छ। यसपालि भने सरकारले हिउँदे अधिवेशनलाई महत्त्व दिएको छैन। तर,सरकार माघमा मात्र अधिवेशन बोलाउने गृहकार्य गरिहरेको जानकारी आएको संसद् सचिवालय जनाएको छ।

सभामुख देवराज घिमिरेले, प्रि–बजेट छलफल हिउँदे अधिवेशनमा भएमा बर्खे अधिवेशन जेठमा बोलाउन सकिने गरी सरकार अघि बढेको सङ्केत गरे। उनको भनाइ अनुसार हिउँदे अधिवेशन बोलाउनमा ढिलाइ भए पनि वैशाखसम्म लम्बाउन सकिने अवस्था देखिन्छ। संसद् सचिवालयले तयार गरेको संसद् र समिति बैठकको कार्यतालिका बमोजिम प्रि–बजेट छलफल हिउँदे अधिवेशनमा गर्ने उल्लेख छ। तर, सरकारले भने संसद् अधिवेशन बोलाउन ढिलाइ गर्ने र यसबिचमा केही अध्यादेश ल्याएर त्यसैमार्फत शासन चलाउने स्पष्ट सङ्केत समेत देखाएको थियो। अहिले भने सरकार अध्यादेश ल्याउने विषयमा मौन देखिएको छ।

गत कात्तिकको १६ गते हिउँदे अधिवेशनको अन्त्य गरे पनि सरकारले यस अवधिमा एउटा पनि नयाँ विधेयक ल्याएको छैन। संसदीय समितिमा रहेका विधेयकलाई पनि समितिहरूले टुंगो लगाउन अझै समय लाग्ने देखिन्छ। जसबाट विधेयक अधिवेशनका रूपमा रहेको हिउँदे अधिवेशनमा बिजनेस नपाएर बैठक स्थगित गर्नुपर्ने अवस्था आउने सम्भावना कायमै छ।

प्रतिनिधिसभामा १८ विधेयक र राष्ट्रियसभामा तीन विधेयक विचाराधीन छन्। यीमध्ये अधिकांश विधेयक समितिमा छन्। त्यसलाई टुंगो लगाउन समितिले सक्रिय भूमिका खेल्न सक्नुपर्दछ। संसद्को बर्खे अधिवेशनले आर्थिक विधेयक बाहेक एक मात्र विधेयक पारित गरेको अवस्था छ।

हिउँदे अधिवेशनले पनि विधेयक पारितमा सक्रियता देखाएन भने सरकार र सभामुख तर्फ प्रश्न उठाउने एक नेताले बताए। अघिल्लो संसद्को कार्यकालमा राष्ट्रियसभामा निष्क्रिय नभई रहेका १२ विधेयक र सरकारले अघिल्लो अधिवेशनमा दर्ता गरेका विधेयक यति बेला प्रतिनिधिसभाका विभिन्न समितिमा छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा समितिमा चार विधेयक अलपत्र छन्। यो समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक र अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ पनि यो समितिमा छन्। ७९ कानुनलाई संशोधन गर्न ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई कानुन समितिमा छलफलमा छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक कानुन समितिमा छन्।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक, विश्वविद्यालय विधेयक, विद्यालय शिक्षा विधेयक छन्। यसैगरी, कृषि तथा सहकारी समितिमा खाद्य सम्प्रभुता सम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छलफलमा रहेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस