प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमाथि छलफल सुरु गरेको छ। भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकको टुंगो लगाउँदा अख्तियार विधेयकलाई पनि टुंगो लगाउने गरी यो विधेयकमा छलफल सुरु गरेको छ। राज्य व्यवस्था समितिले सोमबार अख्तियार विधेयकमा छलफल सुरु गर्ने र उपसमिति गठन गरेर यो विधेयकलाई टुंगोमा पुर्याउने तयारी गरेको हो।
भ्रष्टाचार विधेयकमा उपसमिति गठन गरेर टुंगोमा पुग्न लागेको भए पनि समितिले अख्तियार विधेयकमा सहमति गरेर मात्र प्रतिवेदन पेस गर्ने समिति सदस्यहरूको मागबमोजिम समिति सभापति रामहरि खतिवडाले अख्तियार विधेयकमा छलफलका लागि बैठक बोलाएका हुन्।
दुवै विधेयक भ्रष्टाचार निवारणसँग अन्तरसम्बन्धित भएकाले संसद्मा पेस गर्दा दुवै विधेयक एकैसाथ पेस गर्ने समितिको तयारी छ। भ्रष्टाचार विधेयकमा अख्तियारको क्षेत्रलाई फराकिलो बनाउने विषयमा कञ्जुस्याइँ भइरहेको छ।
भ्रष्टाचार विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्र र अनुचित कार्यको अनुसन्धान गर्न नपाउने गरी उपसमितिले प्रतिवेदन तयार गर्न लागेको छ। अख्तियारका विषयमा पनि भ्रष्टाचार विधेयकका केही प्रावधानलाई एउटै अर्थ लाग्ने गरी राख्न लागिएको छ।
समितिबाट गठिन भ्रष्टाचार विधेयकको उपसमितिले निजी क्षेत्र र अनुचित कार्यको अनुसन्धान गर्न नसक्ने सहमति गरेको छ। समितिका सदस्य हृदयराम थानीको संयोजकत्वको १० सदस्यीय उपसमितिले सो सहमति गरेको हो। उपसमितिले नीतिगत भ्रष्टाचार, निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारसम्बन्धी विवाद, अनुचित कार्य, बेनामी उजुरी र अख्तियारले मुद्दा दायर गर्ने समयसीमा लगायतमा सहमति खोज्न निरन्तर छलफल गरेको छ।
निजी र पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारभित्र राख्ने कि नराख्ने भन्ने विषयमा समितिमा छलफल भए पनि बैंक, मेडिकल कलेज र निजी अस्पतालका प्रतिनिधिको आग्रहपछि निजी क्षेत्रलाई अनुसन्धान गर्ने कुराबाट उपसमिति पछि हटेको छ।
विधेयकले यी संस्थालाई अख्तियारको दायराभित्र राख्ने प्रस्ताव गरेको थियो। ललितानिवास जग्गा प्रकरण, गिरीबन्धु टि–स्टेट, टीकापुर र तारागाउँ विकास समितिको जग्गा प्रकरणलगायत अनियमितता मन्त्रिपरिषद्कै निर्णयबाट भएकाले ऐनमा यसलाई स्पष्ट पार्न जरुरी भएको भन्दै केही समिति सदस्यहरूले यसमा जोडबल गरेका छन्।
राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएपछि २०८० वैशाख ५ गते यो अख्तियार विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो। समितिमा पनि एक चरण यो विधेयकमा छलफल भइसकेको थियो। संसद् र समितिका छलफलमा सांसदहरूले भ्रष्टाचारका घटना अख्तियारका आँखामा पर्न नसकेको बताएका थिए। त्यसैले भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियार निर्मम हुनुपर्ने व्यवस्था विधेयकमा राख्नुपर्ने माग गरेका थिए।
पहिले सिंहदरबारमा हुने गरेको भ्रष्टाचार गाउँगाउँका सिंहदरबारमा फैलिएको सांसदहरूको भनाइ थियो। कानुनी अभ्यास नगर्ने, पारदर्शी र जवाफदेही प्रणाली विकास नगरिएकाले नेपालमा भ्रष्टाचार बढेको उनीहरूको भनाइ थियो। लाभको पदमा बसेकालाई अख्तियारमा नियुक्ति दिने व्यवस्था गर्न नहुने भन्दै उनीहरूले निजामती कर्मचारीलाई लगेर अख्तियार दुरूपयोग रोक्न नसकिने बताएका थिए।
कतिपयले स्वच्छ छविका कर्मचारी अख्तियारमा लैजाने व्यवस्था गरिनुपर्ने बताएका थिए। कसैले अख्तियारका पदाधिकारीलाई सबल बनाउन लोक सेवा आयोगबाट नियुक्ति व्यवस्था हुनुपर्ने धारण पनि राखेका थिए। भ्रष्टाचारको स्वरूप फेरिएकाले विभिन्न टेक्नोलोजीको विषयको ज्ञानमा पनि अख्तियारका पदाधिकारीलाई दक्ष बनाउनुपर्ने विश्लेषण छ।