प्रतिपक्षीको विरोधका कारण प्रतिनिधि सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध भएको छ। जेठ १५ गते सरकारको वार्षिक बजेट प्रस्तुत गर्नु अघि आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने भए पनि संसद अवरुद्धका कारण बजेट ल्याउने दिन नै पेस गर्ने तयारी छ।
बुधबारको बैठकमा आर्थिक सर्वेक्षण सहितका अन्य कार्यसूची भए पनि बिहीबारको बैठकमा आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची मात्र राखेर अन्य हटाइएको छ। संसदमा प्रतिपक्षको अवरोधबिच नै आर्थिक सर्वेक्षण पेस गर्ने तयारी गरेको सरकारले यसबाट पछि हट्दै बजेट ल्याउने दिन बस्ने संयुक्त बैठक अघि प्रतिनिधिसभा र राष्ट्रियस भाका बैठकमा आर्थिक सर्वेक्षण पेस गर्ने तयारी गरिएको छ।
बजेट ल्याउन संयुक्त बैठक ३ बजेट बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक साढे १ बजे र राष्ट्रिय सभाको बैठक १ बजेर ४५ बजे बोलाइएको छ।
भिजिट भिसाको नाममा मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखक पनि मुछिएकाले उनले राजीनामा नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडानले संसद् बैठक निरन्तर अवरुद्ध भएको हो। बिहान ११ बजे बोलाइएको बैठक १ बजे लगत्तै बसेको थियो। सो बैठकमा राजीनामा दिनुपर्ने भन्दै प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा पार्टी, एकीकृत समाजवादी पार्टीले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित गरेका थिए।
सो समयमा बैठक बस्न नसकेपछि दिउँसो साढे ३ बजे बोलाइएको थियो। दोस्रो पटक पनि बैठक बस्न नसकेपछि सूचना जारी गरेर बिहीबार दिउँसो साढे १ बजे बोलाइएको छ।