एउटा कानुन पनि नबनाई बित्यो सुदूरपश्चिम प्रदेशकाे एक वर्ष
२७ माघ २०८०
•
५ मिनेट पाठ
एउटा कानुन पनि नबनाई बित्यो सुदूरपश्चिम प्रदेशकाे एक वर्ष
शनिबार आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलन गरेर एक वर्षमा भएका प्रगति विवरण सार्वजनिक गरे। तर उनले सार्वजनिक गरेको कार्य प्रगतिको विवरणको लामो सूचिमा विकासको ठोस काम भएको भने देखिँदैन। जनतामा आशा सञ्चार गर्ने कुनै काम देखिँदैन।




मुख्यमन्त्री शाहले पर्याप्त साधन श्रोत र संघले अधिकार प्रत्यायोजन नगरेका कारण जनताको अपेक्षा बमोजिम काम गर्न नसकेको स्विकारेका छन्। तर एक वर्षमा तुलनात्मक रुपमा सन्तोषजनक काम भएको उनको भनाई थियो।

राजनैतिक तथा प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट एक वर्षको अवधि सुखद रहेको उनले बताए। उनले सार्वजनिक गरेको ५० पृष्ट लामो प्रगति विवरण लेखिएको पुस्तकमा संघ सरकारसँग सहकार्य, भ्रमण, अवलोकन, बैठक, किसानलाई अनुदान, स्थानीय तहलाई वित्तीय हस्तान्तरण, भूकम्प पीडितलाई राहत, खेलाडीलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध जस्ता स-साना काम र गतिविधिलाई नै उपलब्धि मानेर उल्लेख गरिएको छ।

सुदूरपश्चिमको आर्थिक विकास र स्मृद्धीका लागी सम्भावना रहेका पर्यटन, जलश्रोत, जडीबुटी, कृषि लगायतका क्षेत्रमा कुनै ठोस काम भएको छैन भने सरकारले आफै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख योजनाहरू पनि कार्यान्वयनका लागी कामको सुरुवात हुन सकेको छैन।

प्रदेश सरकारले एक वर्षको अवधिमा बजेट र नीति तथा कार्यक्रम बाहेक कानुन बनाउन एउटा विधेयक पनि प्रदेश सभामा पेश गर्न सकेको छैन। यो अवधिमा एउटा पनि नयाँ कानुन बनेको छैन।

प्रदेश सभामा संशोधन विधेयक मात्र पेश भएका छन्। मुख्यमन्त्री शाहले एक वर्षको अवधिमा ५ वटा संशोधन विधेयक प्रदेश सभामा पेश भएको प्रगति विवरणमा उल्लेख गरेका छन्। 

२ वटा नियमावली, ८ वटा कार्यविधि र ३ वटा मापदण्ड निर्माण भएको उनले बताए। २ वटा विधेयक तर्जुमाका लागी सैद्धान्तिक सहमति प्रदान गरिएको उल्लेख छ।

प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले बजेट र नीति तथा कार्यक्रम बाहेक नयाँ विधेयक प्रदेश सभामा प्रस्तुत नभएको बताएका छन्। ‘एक वर्षको अवधिमा एउटा पनि कानुन बनेको छैन’ उनले भने, ‘४ वटा संशोधन विधेयक मात्र पेश भएका छन्।’

सरकारले एक वर्षमा बिजनेस नदिँदा प्रदेशसभा बैठक पनि काम विहीन जस्तै बनेर प्रदेश सभा सदस्य फुर्सदिला भएका थिए। सभामुखले समेत सरकारले पनि बिजनेस दिन नसक्दा प्रदेशसभा प्रभावकारी हुन नसकेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए।

केन्द्रीकृत राज्यले उपेक्षा गरेका कारण गरिबी, बेरोजगारी र पछौटेपनमा पिल्सिनु परेको बुझाई भएका सुदूरपश्चिमवासीमा देश सङ्घीयतामा गएसँगै आँगनमै प्रदेश सरकार पाएपछि जुन नयाँ उत्साह र उल्लास देखिएको थियो। प्रदेश सरकारको पहिलो ५ बर्से कार्यकालमा र पछिल्लो १३ महिनामा पनि अपेक्षा बमोजिम काम नहुनुले जनतामा निराशा छाउँदै गएको छ।

छ महिना सम्म सरकारलाई पूर्णता दिन नै आफ्नो पुरै तागत लगाएका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वको प्रदेश सरकार काम विहीन देखिएको स्थानीयको भनाई छ। 

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त प्रदेश सरकारले आर्थिक विकासका कुनै योजना ल्याउन नसकेको बताउँछन्। ५ बर्से कार्यकालका लागी रोजगारी सृजना गर्ने, औद्योगीकरण, विकास लगायतका केही काम पनि यो एक वर्षमा सुरु गरेको नदेखिएको उनको भनाई छ।

‘प्रदेश सरकारले काम नगर्दा जनतामा निराशा बढेको छ।’ भ्रष्टाचार ठूलो समस्या भएको उल्लेख गर्दै भ्रष्टाचार पनि बढेको छ’ उनले भने ,‘घुस खोरी, कमिसन बिना कुनै काम नै हुँदैन, पहिले भन्दा अझ बढेको छ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लागु गर्न नसकेको उनी बताउँछन्। बजेट खर्च नै गर्न सकेको देखिँदैन।

देश सङ्घीयतामा गएपछि दोस्रो पटक गत वर्षको मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलको बहुमत आएन। ५३ सदस्यीय प्रदेश सभाका २९ (बहुमत) सदस्य पुगाएर संविधानको धारा १६८ को २ बमोजिम पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री नियुक्त भए। 

सुरुमा समर्थन जनाएका नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले विश्वासको मत नदिँदा विश्वासको मत प्राप्त गर्न नसकेर सरकार विस्तार नहुँदै एक महिनामै रावल नेतृत्वको सरकार ढल्न पुग्यो।

धारा १६८ को ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भए।

प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ खाएको दिन माघ २७ नेपाली काँग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्री बनाएका मुख्यमन्त्री शाहलाई सरकारलाई पूर्णता दिन भने निकै सकस पर्‍यो। 

केन्द्रमा सत्ता गठबन्धन बदलिएपछि विश्वासको मत सहज रुपमा प्राप्त गरेपनि भागबन्डामा सहमति जुटाउन उनलाई हम्मे हम्मे पर्‍यो। छ महिना पछि गत साउन १७ गते मात्र सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पायो।

सरकारलाई समर्थन जनाएपनि भागबण्डा नमिल्दा सरकार बाहिर रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी भयो। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छ। 

प्रदेश सरकारले तेस्रो पटक मन्त्री नियुक्त गरेर पूर्णता पाएको हो। सरकारलाई पूर्णता दिन मन्त्री शाह लगायत सत्ता गठबन्धन दलका नेताहरू कयौँ पटक काठमाडौँ पुगेर प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए।

प्रदेश सरकारले पूर्णता पाएपछि विकासका कामले गति लिने धेरैको अपेक्षा थियो। तर सरकारले पूर्णता पाएपछि पनि प्रदेश सरकारले कुनै ठोस काम गर्न सकेको देखिँदैन।

मुख्यमन्त्री र मन्त्रीहरु फुर्सदिला देखिन्छन्। पटक पटक काठमाडौँ लगायत विभिन्न ठाउँमा भ्रमण गरेर समय खर्चने गरेको भन्दै मुख्यमन्त्री र मन्त्रीको आलोचना हुने गरेको छ। काठमाडौँ लगायत विभिन्न ठाउँ भ्रमण गरेर समय खर्चिरहेका हुन्छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेश सभा सदस्य रहेका छन्।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस