नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘उज्वल’ नेकपा माओवादीमा प्रवेश गरेका छन्। एमालेका खड्का एक कार्यक्रमका बिच माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले खड्कालाई माओवादी केन्द्रमा स्वागत गरे। खड्का पूर्व राष्ट्रिय सभा सदस्य पनि हुन्। नेकपा बन्नु अघि उनी नेकपा माओवादी केन्द्रमै थिए। पछि नेकपा विभाजन हुँदा उनले एमाले रोजेका थिए।
माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रममा सहभागी भएका दाहालले खड्कालाई पार्टीमा प्रवेश गराएका हुन्। दाहालले पार्टीको प्रशिक्षण कार्यक्रमलाई करिब ४० मिनेट समय दिएर काठमाडौं फर्किएका छन्।