संसद्मा झारा टार्दै सरकार
२९ असार २०८०
•
३ मिनेट पाठ
संसद्मा झारा टार्दै सरकार
जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका (संसद्) मा सांसदले उठाएका जनसरोकारका विषयलाई कार्यपालिका अर्थात् सरकारले एकएक गरेर सम्बोधन गर्नुपर्ने हो। तर सरकारले भने जनसरोकारका विषयलाई सम्बोधन गर्नुको साटो झारा टार्ने र टालटुल गर्ने नीति अवलम्बन गरेको छ। सांसदले उठाएका विषयलाई सम्बोधन गर्नुपर्ने सरकारका प्रतिनिधि मन्त्रीहरूको प्राथमिकतामा संसद् परेको देखिँदैन। मन्त्रीहरू आक्लझुक्ल संसद् पुग्छन् र सांसदले उठाएका प्रश्नको झारा टार्ने तरिकाले जवाफ दिन्छन्। सदनमा सांसदले उठाएका विषयमा सरकारले स्पष्ट जवाफ दिनसके मात्र ऊ संसद्प्रति जवाफदेही भएको मान्न सकिन्छ।




प्रतिनिधिसभा नियमावली, २०७९ मा सदनमा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यवस्था छ। संसद् सचिवालयका अधिकारीका अनुसार, संसद्मा सांसदले उठाएका विषयलाई सरकारले सम्बोधन गर्दै गरेको छैन भन्न सकिँदैन तर उल्लेख्य मात्रामा पनि छैन, केवल झारा टार्ने खालको छ। यसलाई सांसदले उठाएका विषय सरकारले सम्बोधन गरेको भन्न नसकिने उनी बताउँछन्।

जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका (संसद्) मा सांसदले उठाएका जनसरोकारका विषयलाई कार्यपालिका अर्थात् सरकारले एकएक गरेर सम्बोधन गर्नुपर्ने हो।
गत पुसयता संघीय संसद्को दुईवटा अधिवेशन बसेका छन्। यसक्रममा धेरै सांसदले जनताका सरोकारका विषय उठाएका छन्। उनीहरूले उठाएका मुद्दा संसद्को रेकर्डमा मात्र सीमित छन्, सरकारले सम्बोधन गर्न सकेको छैन। संसद्मा उठेका प्रश्नको सात दिनभित्र सम्बन्धिित मन्त्रीले जवाफ दिनुपर्दछ।

यसरी जवाफ दिएपछि मात्र कार्यान्वयन भएनभएको जानकारी सांसदले प्राप्त गर्छन्। तर सरकारले संसद्मा सांसदले उठाएका विषयमा कुनै जवाफ नदिएको एमालेका एक सांसद बताउँछन्। यसआधारमा पनि सरकार संसद्प्रति जवाफदेही नभएको प्रष्ट भएको उनले बताए।

सदनमा सांसदले विभिन्न समयमा विभिन्न विषय उठाउँछन्। असार १३ गतेपछि प्रतिनिधिसभामा शून्य समय दिइएको छैन। असार १३ गते आकस्मिक समयमा ५ जना र शून्य समयमा २९ जनाले धारणा राखेका थिए। त्यसपछि बसेका संसद् बैठकमा प्रधानमन्त्रीको एउटा अभिव्यक्तिलाई लिएर एमाले सांसदले विरोध जनाए।

एमालेले प्रधानमन्त्रीको राजीनमा माग्दै सदन अवरुद्ध भयो। तर प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टीकरण दिएपछि सदन चलेको छ। असार १३ गते आकस्मिक समयमा सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपालीको अवस्थाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका थिए। तर यसबारे विभागीय मन्त्रीले अहिलेसम्म सदनलाई जानकारी गराएका छैनन्।

एमालेले प्रधानमन्त्रीको राजीनमा माग्दै सदन अवरुद्ध भयो। तर प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टीकरण दिएपछि सदन चलेको छ।
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनाको विषयमा पूर्वप्रधानमन्त्री र मन्त्रीहरूसमेत संलग्न भएको विषय सार्वजनिक भएपछि सांसदले यसबारे सरकारको धारणा माग गर्दै आएका छन्। तर सरकारले अहिलेसम्म त्यसबारे कुनै जवाफ दिएको छैन। प्रधानमन्त्री दाहालले सदनलाई सम्बोधन गर्ने क्रममा ललितानिवासको जग्गा हिनामिनालगायत भ्रष्टाचार मुद्दामा सरकारले कारबाही अघि बढाएको बताएका थिए।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनाको विषयमा पूर्वप्रधानमन्त्री र मन्त्रीहरूसमेत संलग्न भएको विषय सार्वजनिक भएपछि सांसदले यसबारे सरकारको धारणा माग गर्दै आएका छन्।
विदेशमा बस्ने नेपालीका सन्तानले सहज तरिकाले पासपोर्ट पाउन नसकेको, सरकारले जग्गा कित्ताकाट रोके पनि भित्रभित्रै यस्तो काम भएको, स्लाम महिलालाई नागरिकता लिन सहज नभएको, दुग्ध विकास संस्थान र कपास विकास समिति खारेज गर्ने निर्णय फिता हुनुपर्नेलगायतका समसामयिक विषयमा सरकारको ध्यानकर्षण गरेका छन्। तर सरकारले कुनै जबाफ दिएको छैन।

अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन आयोगसम्बन्धी सदनमा उठेका प्रश्नहरूको सन्दर्भमा जवाफ दिँदै निर्वाचन आयोगको निष्पक्षता र स्वतन्त्रतामा कुनै सम्झौता नहुने, प्रत्येक जिल्लामा भएका निर्वाचन कार्यालयहरू तदनुरूपको स्थितिमा निष्पक्ष र स्वतन्त्र नै रहने बताएका थिए।
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
१७ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस