अर्थमन्त्री संजय कुमार यादवले बजेट प्रस्तुत भइसकेपछि रकमान्तर गरेको विषयलाई छानबिन गर्न मधेश प्रदेशसभामा समिति गठन भएको छ। आज सबै दलको प्रतिनिधित्व हुने गरी दश सदस्य विशेष छानबिन समिति गठन भएको हो।
यही असार २० गते जथाभावी रकमान्तर गरिएको भन्दै छानबिन समिति गठन गर्न प्रदेशसभामा सांसदहरुले आवाज उठाएका थिए। समितिले २०७९/०८० को कार्यक्रमहरु छानबिन गर्ने छन्। समितिमा स्वतन्त्र सांसदलाई राखिएको छैन्। समितिको कार्य अवधि साउन १ गतेदेखि लागु हुने गरी दुई महिना दिइएको छ।
सभामुखको निर्देशनमा समिति आफैले कार्यविधि बनाउने छन्। समितिको सदस्यबाट नै एक जनालाई सभापति बनाइने सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए। समितिलाई आवश्यक परे कागजात माग गर्ने, स्थलगत निरीक्षण गर्न र विज्ञको राय सुझाव पनि लिने व्यवस्था गरिएको छ।
समितिमा नेकपा एमालेका सांसद दीपेन्द्र कुमार ठाकुर, नेपाली काँग्रेसका नागेन्द्र प्रसाद साह, जनता समाजवादी पार्टी ९जसपा०का राजकुमार गुप्ता, जनमतका शम्भुकुमार साह, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का उपेन्द्र महतो, नेकपा माओवादी केन्द्रका जवाहर प्रसाद कुशवाहा, एकीकृत साजवादीका कनिश पटेल, राप्रपाका कञ्चन विच्छा, नेपाल संघीय समाजवादीकी विमला अन्सारी र नागरिक उन्मुक्तिकी उर्मिला देवी सिंह छन्।