‘मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ’
२६ असार २०८०
•
४ मिनेट पाठ
‘मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ’
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अन्तरआत्माले भनेमा एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्तिलाई दिएर स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताए। उनले भने, ‘प्रतिपक्षले राजीनामा माग गर्दैमा दिइहाल्नुपर्ने अवस्था होइन।’ तर उनले आफूले बोलेको कुरालाई लिएर आत्मालोचना भने गरे।  




‘मेरो भाषा प्रधानमन्त्रीको रूपमा जसरी बोल्नु पर्दथ्यो त्यसरी नभएको मैले ‘रिअलाइज’गर्दै भविष्यमा तपाईंले गराउनु भएको ध्यानाकर्षणप्रति म सतर्क रहने विश्वाससहित बिदा हुन्छु धन्यवाद,’उनले आफ्नो भनाइ सकेका थिए। प्रतिपक्ष दल एमाले स्पष्टीकरणको मौकासमेत नदिएकोप्रति आफ्नो गम्भीर चित्त दुखाइ रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘यही हो संसदीय अभ्यास ? यही हो लोकन्त्रान्तिक अभ्यास ?,’ प्रतिपक्षले राजीनामा माग गर्दैमा दिनुपर्ने हो ?’

प्रधानमन्त्री दाहालले सरकारको प्रतिपक्षदलले यसरी स्पष्टिकरणको मौका नदिई राजीनामा माग गर्ने संस्कार बसाल्न खोजको हो भन्ने प्रश्न गर्दै चेतावनीको भाषामा भने, ‘यो प्रतिवाद होइन, ‘काउन्टर एट्याक’को निम्ति पनि बोलिरहेको छैन, म स्पष्टीकरणकै निम्ति उभिएको छु।’ मैले यो सदनलाई भन्नुपर्छ, प्रितम सिंह कुनै शक्ति केन्द्र होइन, उनीसँग प्रधानमन्त्री बनाउने र हटाउने कुनै सामाथ्र्य पनि छैन, मेरो नेता वा प्रधानमन्त्रीको सम्बन्ध पनि होइन, छोरी ज्ञानुलाई सहयोग गरेकोमा कृतज्ञता मात्र हो।  

‘मेरो भाषा प्रधानमन्त्रीको रूपमा जसरी बोल्नु पर्दथ्यो त्यसरी नभएको मैले ‘रिअलाइज’ गर्दै भविष्यमा तपाईंले गराउनु भएको ध्यानाकर्षणप्रति म सतर्क रहने विश्वाससहित बिदा हुन्छु धन्यवाद,’ उनले आफ्नो भनाइ सकेका थिए।
प्रधानमन्त्री दाहालले गत असार १८ गते सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन गर्दै सरदार प्रितम सिंह यातायात, सामाजिक सेवा, शिक्षा क्षेत्रमामात्र नभई राजनीतिमा पनि रुचि देखाउने व्यक्ति भएको मात्र बताएनन् एक पटक आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको, धेरै पटक दिल्ली गएको, काठमाडौंका धेरै पार्टीका नेताहरूसँग छलफल गरेको बताएका थिए। त्यसको दुई दिनपछि असार २० गते प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री दाहालले राजिनामा नदिएसम्म बैठक संचालन नहुने भन्दै दुवै सदन अवरुद्ध गरेको थियो।  

‘मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त ? मेरा बेला बेलाका बोली अदालतसम्म पुगे, हृदय छामेर भन्ने हो भने, षडयन्त्र गरेर भनेको हो त ५ हजार, १७ हजार,’उनले भने, ‘त्यसलाई हेक्का राख्नु पर्छ कि पर्दैन, प्रधानमन्त्रीले भने, कुनै न कुनै कमजोरी नभएको त कोही छैन होला। प्रितम सिंहले भनेर कसैलाई प्रधानमन्त्री बनाउने र हटाउने सामाथ्र्य नभएको र हिँजो अस्ति प्रितम सिंहले पनि मेरो के हैसियत भनेका छन्।’ प्रितम सिंहलाई सदारूपताका लागि धन्यवाद दिएको मात्र त हो त्यो कुरा, तर यति बोल्दैमा राष्ट्रिय स्वाधीनता र नाकाबन्दीको कुरामा आफूले खेलेको भूमिका सकियो त भन्ने उनको प्रश्न थियो।  ‘सार्वजनिक अभिव्यक्तिमा प्रायः मनले बोल्छु, राजनीतिक व्यक्ति दिमागले बोल्नुपर्ने हो,’ उनले भने। बोल्दा कहिले मन अगाडि हुन्छ, कहिले दिमाग अगाडि हुन्छ। ‘दिमाग अगाडि भएका बेला विज्ञान हावी हुन्छ, मन अगाडि भएको बेला आवेग-भाव अगाडि हुन्छ। मलाई सैद्धान्तिक ज्ञान नभएको भने होइन।’  

प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै राप्रपाका अध्यक्ष रहेका राजेन्द्र लिङ्देनले नैतिकता छ भने राजीनामा दिनुपर्ने बताएका थिए। उनको भनाइको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘नैतिकताको कुरा भन्नुभयो ठीक छ, नैतिकताका आधारमा कसले कति गर्नुभयो विगतमा हेर्दा हुन्छ, दुईदुईपटक राजीनामा दिँदा पढ्नुभएको छ, के आधारमा दिएँ, त्यसको विवेचना गरौं।’

कसले राजीनामा दियो कसले दिएन भन्ने कुरालाई पनि सम्झिन उनले आग्रह गरे। प्रधानमन्त्रीले भने, ‘तपाईंले भनेर राजीनमा गर्न सक्दिन, मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट बस्दिन।’उनले जे विषयमा पनि सदन अवरोध गरिहाल्नुपर्छ भन्ने कुरा रोक्न आग्रह गरे। ‘यो विषय अलि गम्भीर छ, हल्काफुल्का जस्तो लाग्दैन। अलिकति समय लिएर निष्कर्षमा पुगौं एकै पटक नपुगौं,’ उनले भने।  

आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली २०६८-०६९ तिर लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको स्मरण उनले गराएका थिए। ‘उनले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन।’ हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको उनले सुनाए।

‘यहाँहरू सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु, यति त भयो अब गर्नुहुन्छ के उनले भने थोरै भावनामा आएँ, मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनें,’उनले भने। प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नु पर्ने स्वीकार गरेका उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिनँ, म ज्ञानुको बुबा भएर बोल्न पुगें। त्यो ‘सेन्टिमेन्ट’ सम्झिन पुगें। प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगेँ।’  

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली तर्फ संकेत गर्दै भने, गत पुस १० गते प्रधानमन्त्री बनाउनका लागि खेलेको भूमिका थाहै छ। गत पुसमा विश्वासको मत लिदा सबै दलको विश्वासको मत पाएको पनि उनले बताए। पछि गठबन्धन फेरिँदा पनि प्रधानमन्त्री कसरी बनेको भन्ने कुरालाई उनले जोड्दै भने, ‘यो प्रश्नको घेरामा म मात्रै छु कि सांसद पनि छु,’ उनले भने। यसैगरी, राजीनामा माग गर्ने हो भने सबैले प्रधानमन्त्री हुँदा बुझ्नु पर्ला नि।’  
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
१७ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस