मधेश प्रदेशले अघिल्लो सरकारको 'बेटी बचाउ बेटी पढाउ' कार्यक्रम अन्तर्गत वितरण गर्दै आएको साइकल वितरण कार्यक्रमलाई रोक लगाएको छ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री संजय कुमार यादवले साइकल वितरण कार्यक्रमलाई रोक लगाएको बताएका हुन्।
मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तरगत छोरी बिमा, छात्रवृति, लोकसेवा तयारी र कक्षा आठदेखि १२ सम्मको छात्राको लागि मासिक सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम मात्रै रहेको बजेटमा उल्लेख गरिएको छ।
सरकारको यो कार्यक्रम पहिलो कार्यकालमा विवादित बनेको थियो। अख्तियारले साइकल वितरणमा भ्रष्टाचार भएको भन्दै कर्मचारीमाथि मुद्दा समेत दायर गरेको थियो।