संसद्मा ‘भैंसी’ प्रवेशले सत्तारूढ–प्रतिपक्षबीच चर्काचर्की
२३ जेष्ठ २०८०
•
६ मिनेट पाठ
संसद्मा ‘भैंसी’ प्रवेशले सत्तारूढ–प्रतिपक्षबीच चर्काचर्की
भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार प्रतिनिधिसभामा बोल्दै गर्दा एकाएक ‘भैसी’को प्रसंगले प्रवेश पाएपछि सत्ता र प्रतिपक्षबीच चर्काचर्की भएको छ। दाहालले सार्वजनिक महŒवका विषयमा वक्तव्य दिँदै भारत भ्रमणबारे चर्चा गरेका थिए। आफूले उपलब्धिपूर्ण भ्रमण गरे पनि ‘भैंसी चढाइएको’ र ‘सबैले स्वागत र बधाई दिनेछन्’ भन्ने सोच्दै आए पनि ‘पीडित भएको’ गुनासो गरेका थिए। उनको वक्तव्यपछि बोल्ने राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ प्रसंग उठाएपछि सदनमा हंगामा भएको थियो।  




प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’भन्ने अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका थिए। उक्त वाक्यांश प्रधानमन्त्रीकै वक्तव्यमा समेत रहेको भनी रास्वपा सभापति एवम् सांसद् रवि लामिछाने बताए। त्यसपछि सभामुख घिमिरेले रुलिङ गरे, ‘भैंसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउन अनुमति दिन्छु।’

भारत सरकारले नेपाललाई १५ वटा मुर्रा राँगा नश्ल सुधार प्रयोजनका निम्ति प्रदान गरेको हो। दुई देशबीच सीमालगायत गम्भीर समस्या भए पनि राँगा लिएर आएपछि ‘भैंसी चढेर आएको’ भन्ने प्रसंगले नेपाली सामाजिक सञ्जाल तातेको हो। यही विषय सदनमा समेत प्रवेश गरेपछि बैठक अवरुद्ध हुन पुगेको हो।  

‘भैंसी चढेर आएको’ विषय संसद्को अभिलेखबाट हटाउने रुलिङपछि सांसदहरूले प्रधानमन्त्री दाहाललाई भारत भ्रमण जानुभन्दा केही घण्टा अगाडि नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउनुको उद्देश्यबारे प्रश्न गरेका थिए। त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनीलाई राखेको विषयमा कुराकानी भएनभएको विषयमा समेत जिज्ञासा राखेका थिए।  

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले प्रक्रिया पुर्याएर पठाएको विधेयक प्रमाणीकरण नगरे विधेयक के हुन्छ भनेर संविधानले नबोल्दा समस्या भएको बताए। सरकार र सदन अविच्छिन्न उत्तराधिकारवाला संस्था भएको मान्यताअनुसार नागरिकता विधेयक प्रमाणीकरण गरेको तर्क उनले गरे। ‘राष्ट्रपतिले प्रक्रिया पूरा गरेर पठाएको विधेयक प्रमाणीकरण नगरे त्यसको हैसियत के हुने भनेर संविधानले नबोल्दा समस्या भयो,’ उनले भने, ‘त्यो अवस्थामा मैले प्रधानमन्त्रीको हैसियतले संविधानविद्सँग एकदुई दिन होइन, धेरैपटक कुराकानी गरेको छु। कतिपयले सिधै पारित गरेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्छ भन्नुभयो। कतिपयले फेरि संसद्मा पठाउनुपर्छ भन्नुभयो। त्यसपछि हामीले विधेयक उत्पत्ति भएको ठाउँ खोज्दै जाँदा दुईपटक संसद्ले पारित गरेकाले पुनः संसद्मा लैजाँदा संसद्कै अपमान हुने हुँदा सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका हौं।’ उनले थपे, ‘संसद्का दुवै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले दराजमा थन्क्याएर राखिदिए भने हाम्रो हालत के हुन्छ? संवैधानिक परिषद्ले गरेका सिफारिसलाई भोलि बिहान राष्ट्रपति मान्छे मन परेन भनेर मान्नुभएन भने के होला? संसद्ले पारित गरेका विधेयकलाई भोलि फेरि राष्ट्रपतिले प्रमाणीकरण नगरी राखिदिए भने के हुन्छ?’यसकारण अहिले विधेयक प्रमाणीकरण गरेर पूर्वराष्ट्रपतिले संविधान उल्लंघन गरेको विषयलाई ट्र्याकमा ल्याएको उनले बताए।  

प्रधानमन्त्रीले नागरिकता विधेयक दुईदुईपटक पठाउँदा राष्ट्रपतिले रोक्ने कहाँ छ भन्ने कुरा उठाउँदा एमाले सांसदहरूले उठेर आपत्ति जनाए।  

संविधानको धारा १११ (१०) को प्रतिबन्धात्मक वाक्यांश देखाउँदै एमाले सांसद सूर्य थापाले निष्क्रिय भएको विधेयक प्रमाणीकरण गर्न नमिल्ने भन्दै नियमापत्ति गरे।

प्रधानमन्त्री दाहाल ‘रोस्ट्रम’मा उभिएर ‘तपार्इं बोलेको मैले धैर्यपूर्वक सुने अब मेरो सुन्नुहोस्’भन्दै गर्दा एमाले र रास्वपाका सांसद उठेर विरोध गरेका थिए। त्यसपछि एमाले सांसद रघुजी पन्तले नियमापत्ति गरे। उनले अदालतले अल्पकालीन आदेश दिएको विषयमा सदनमा बोल्न नपाइने, चुप लाग्नुपर्ने बताए। माओवादी केन्द्रका सांसदहरूले पनि उठेर प्रधानमन्त्रीलाई भनाइ राख्न अवरोध नगर्न भन्दै आक्रामक रूपमा एमालेतर्फ आंैला ठड्याएका थिए। कांग्रेसका विश्वप्रकाश शर्माले राष्ट्रपतिसमक्ष पठाइएको विधेयक प्रमाणीकरण नभए के हुन्छ भन्ने कुनै ठाउँमा नलेखिएको र संविधानको धारा १११ को १० को प्रतिबन्धात्मक वाक्यांशमा राष्ट्रियसभा र प्रतिनिधिसभामा विचाराधीन रहेको विधेयक मात्र निष्क्रिय हुन्छ राष्ट्रपतिकोमा रहेको विधेयक के हुन्छ भन्ने कतै नबोलेको बताए।  

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा रास्वपाका सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’भन्ने शब्द प्रयोग गरेपछि सत्तापक्षले आपत्ति जनाएसँगै प्रमुख प्रतिपक्ष एमाले र रास्वपाका सांसदले पनि उठेर विरोध गरे। सत्तापक्षबाट माओवादी केन्द्रका सांसद उठेर विरोध गरे। प्रमुख सचेतक हितराज पाण्डेले भैंसी चढेको भनाइ असंसदीय भएको बताउँदै रेकर्डबाट हटाउन माग गर्दै थिए तर प्रमुख प्रतिपक्ष एमाले र प्रतिपक्षी रास्वपाका सांसद उठेर विरोध गर्दै केही समय सत्तापक्ष र प्रतिपक्षका सांसदबीच भनाभनसमेत भयो। सभामुखले नियन्त्रण गर्न सकेनन्।

उनले प्रतिनिधिसभाको नियमावलीको नियम २० (झ) तर्फ आकर्षित गरेका थिए। त्यसमा कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने उल्लेख छ। त्यसपछि भने सांसदहरू शान्त भएका थिए। उनले पुनः सत्तापक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। उनले भंैसी चढेको भन्ने वाक्यांश रेकर्डबाट हटाउन माग गरे। सत्तापक्षको भनाइपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। तर उक्त शब्द हटाउन निर्देशन दिएकामा एमाले र रास्वपाका सांसदहरूले फेरि विरोध जनाए। एमाले सांसद रघुजी पन्तले भैंसी चढेर आएको भन्ने शब्द पहिले प्रधानमन्त्रीले नै प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि उक्त शब्द हटाउनुपर्ने माग गरे। रास्वपाका सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले प्रयोग गरेपछि आफ्नो पार्टीका सांसदले व्यंग्यस्वरूप उक्त शब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि भैंसी चढेर आएको भन्ने वाक्यांश मेटाउन माग गरे।  

लामिछानेले सत्तापक्षले यति सामान्य व्यंग्य पनि सहन नसकेर सत्तापक्षले संसद्मा दादागिरी देखाएको टिप्पणी गरे। सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट मेटाइने जवाफ दिए। तर प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि मेटाउन स्पष्ट निर्देशन दिनुपर्ने माग गरे। तर सभामुख घिमिरेले देशको प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको भन्ने शब्द प्रयोग नगरेको भैंसी चढाएका थिए भन्ने शब्द प्रयोग गरेको बताए। त्यसैले उनले भैंसी चढेर आएको भन्ने शब्द मात्र रेकर्डबाट हटाउने बताए प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी (राँगा) दिएको उल्लेख गरेको थियो। उक्त विषयलाई लिएर प्रधानमन्त्री दाहाल ट्रोलको सिकार पनि भएका थिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस