संसद् यसकारण भयो निकम्मा
१८ जेष्ठ २०८०
•
४ मिनेट पाठ
संसद् यसकारण भयो निकम्मा
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र ऐन बन्दछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन नभएको अवस्थामा अध्यादेशमार्फत ऐन ल्याइन्छ, त्यसलाई पनि संसद्मा ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पारित नगरे निष्क्रिय बन्छ। संविधानमा यस्तो स्पष्ट व्यवस्था छ। तर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपतिले एक पटक फिर्ता गर्नसक्ने तर दोस्रो पटक १५ दिनभित्र जसरी पनि प्रमाणीकरण गर्नुपर्दछ।




नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई दुवै सदनबाट पारित गरी गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइयो। राष्ट्रपति भण्डारीले १५बुँदे सन्देशसहित विधेयक फिर्ता पठाइन्। उनले फिर्ता पठाएको विधेयकलाई जस्ताको तस्तै दुवै सदनबाट पारित गरेर पठाइयो। गत भदौ २० गते पठाइएको सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएन। असोज १ गते प्रतिनिधिसभाको कार्यकाल सकियो। असोज ४ गते १५ दिन पुगेको थियो तापनि प्रमाणीकरण भएको थिएन।

मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भयो। अघिल्लो सदनमा प्रमाणीकरण नभइकन रहेको विधेयकको अवस्था के हुने भन्ने कानुनी व्यवस्था थिएन। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक विश्वासको मत लिएपछि नै नागरिकता विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा विभिन्न तरिकाले छलफल गरेको थियो। पहिलो संसद्बाट संकल्प प्रस्ताव पारित गरेर रोकिएको विधेयक प्रमाणीकरण गर्न भन्ने, दोस्रो विकल्प मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई आग्रह गर्ने, तेस्रो विकल्प नयाँ विधेयकलाई संसद्मा ल्याएर अघि बढाउने रहेको थियो। यो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको जेठ ४ गतेको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बताएका थिए। तर जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले तीन विकल्पमध्ये मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई आग्रह गर्ने विकल्प प्रयोग गरेको थियो। यसरी आग्रह गरिएको विधेयकलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्। उनले प्रमाणीकरणलाई नेपालको संविधानको धारा ६१ को उपधारा (२), (३) र (४) तथा धारा ६६ मा उल्लेख प्रावधान र सर्वोच्चबाट प्रतिपादित सिद्धान्तलाई आधार मानेको जनाएका छन्।

संविधानले विधेयक प्रमाणीकरणबारे धारा १११ र धारा ११३ मा स्पष्ट व्यवस्था गरेकाले ती धारा जीवित नै रहँदा अन्य धाराको प्रयोग गर्नु उपयुक्त थिएन। धारा १११ र धारा ११३ ले प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयकलाई मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने अवस्था छ। यसकारण संसद्ले पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्थाको ठाडो उल्लंघन गरिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेका उपनेता सुवास नेम्वाङले भने, ‘संविधानले संसद्बाट पठाएको विधेयक मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने भनेको छ तर मन्त्रिपरिषद्को सिफारिसबाट विधेयक प्रमाणीकरण गर्नु संविधानको उल्लंघन हो।’

गत साउन र भदौमा संसद्को दुवै सदनले नागरिकता विधेयक प्रमाणित गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि दुई÷दुई पटक पठाएको हो। तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक नै विधेयक प्रमाणीकरण गरिनन्। त्यसैले त्यो विधेयक राष्ट्रपति कार्यालयमा निष्क्रिय भयो। राष्ट्रको यो कदमले पनि संसदीय व्यवस्थामाथि प्रहार गरेको थियो।

संविधानविद् डा. विपिन अधिकारी पनि मन्त्रिपरिषद्लाई विधेयक प्रमाणीकरण गर्नका लागि कुनै अधिकार नदिएको बताउँछन्। पूर्वराष्ट्रपतिले १५ दिनभित्रै प्रमाणीकरण नगर्नु र थाती राख्नु असंवैधानिक कदम थियो। अहिलेको राष्ट्रपतिबाट पनि असंवैधानिक कदम नै भयो भन्ने उनको भनाइ छ।

नयाँ प्रतिनिधिसभाको गठन भएदेखि यता संसद्बाट विधेयक प्रमाणीकरण भएका छैनन्। संसदीय समिति पनि भर्खर गठन भएका छन्। संसदीय प्रक्रियाबाट गर्नुपर्ने कामलाई महत्व नदिएर सरकारले संसदीय प्रक्रियामाथि हस्तक्षेप गरेको विज्ञहरू बताउँछन्। सरकारले गरेको काम ठिक छ या छैन भन्ने कुरा कानुन हेरेर गर्नुपर्ने हुन्छ। राष्ट्रपति भनेको संस्था हो, संस्थाले जहिले पनि कानुनले गर भनेको मात्र गर्नुपर्दछ कानुनले नबोलेको विषयमा निर्णय गर्नुहुँदैन। यसले संस्थालाई कमजोर र विवादित बनाउने गर्दछ भन्ने उनीहरूको भनाइ छ।

२०७८ जेठमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी गरियो। तर यो अध्यादेशले वैवाहिक अंगीकृतको विषयमा भने कुनै उल्लेख गरेको थिएन, संसद् छलेर अध्यादेश ल्याएको भन्दै सर्वोच्चले अध्यादेश बदर गरिदिएको थियो। प्रतिनिधिसभामा २०७७ असार ९ गते राज्यव्यवस्था समितिबाट मतदान गरी टुंगो लगाई पेस गरेको विधेयक प्रतिवेदन सदनमै अड्काइयो। त्यसलाई गत असारमा फिर्ता गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ विधेयक दर्ता गरेको थियो। त्यो विधेयकले वैवाहिक अंगीकृत नागरिकता लिनका लागि नेपाली पुरुषसँग विवाह गरेको विदेशी महिलाले विवाह गरेको निस्सा पेस गर्ना साथ अंगीकृत नागरिकता पाउने व्यवस्था राख्यो। तर, ससद्बाट फिर्ता भएको नागरिकता विधेयक जुन राज्यव्यवस्था समितिबाट टुंगो लागेको थियो, त्यो विधेयकमा वैवाहिक अंगीकृत नागरिकता लिनका लागि विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको सात वर्ष कुर्नुपर्ने व्यवस्था राखिएको थियो।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१५ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस