पार्टी कार्यालयमै नेकपा एसका मन्त्रीहरुले नेता कार्यकर्तासँग भेट्ने
०१ वैशाख २०८०
•
१ मिनेट पाठ
पार्टी कार्यालयमै नेकपा एसका मन्त्रीहरुले नेता कार्यकर्तासँग भेट्ने
नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पार्टी कार्यालयमै  नेता तथा कार्यकर्तालाई भेट्ने भएका छन। 




नेकपा एकीकृत समाजवादीका बाट मन्त्री बनेकाले नेता तथा कार्यकर्तासँग सहजै भेटको व्यवस्था मिलाउनको लागि समय निर्धारण गरिएको उपमहासचिव गंगालाल तुलाधरले बताए।

आइतबार र बुधवार दिउँसो २ देखि ३ बजेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल र सोमबार र शुक्रवार सोही समयमा भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेट्ने समय तोकिएको छ।

अर्को समाचार
विधि मिचेर ४३ औं नम्बरका भट्टराईलाई नार्कमा कामुको जिम्मेवारी
१३ असार २०८०
•
३ मिनेट पाठ
विधि मिचेर ४३ औं नम्बरका भट्टराईलाई नार्कमा कामुको जिम्मेवारी
बेदुराम भुसाल/ डा.ध्रुवराज भट्टराई
कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कानुन विपरीत ‘४३ नम्बर’ बरियताका कनिष्ठ वैज्ञानिक डा. ध्रुवराज भट्टराईलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्। कनिष्ठ वैज्ञानिक भट्टराईलाई मन्त्री भुसालले कामुको जिम्मेवारी दिएपछि नार्कमा विरोध भएको छ।




नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले गत जेठ २६ गते अवकाश लिँदा दोस्रो वरियतामा रहेका डा.डोजराज खनाललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए। नार्क भित्रको वरियता अनुसार भट्टराई ४३ नम्बरमा पर्छन्।

नार्कभित्र वैज्ञानिकहरूको एस १ देखि ८ तहसम्म रहेको छ। भट्टराईमाथि एस ६ मा तीन जना वैज्ञानिक छन्। भट्टराई एस ४ तहमा कार्यरत छन्। एस ४ मा पनि भट्टराई ४० औं नम्बरमा रहेको कृषि वैज्ञानिकको छाता संस्था सोसाइटी अफ एग्रिकल्चर साइन्टिस्ट, नेपालले जनाएको छ। भुसालले वरियतालाई ख्याल नगरी निकै कनिष्ठ भट्टराईलाई कामु दिएपछि नार्कका वैज्ञानिक आन्दोलित भएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कानुन विपरीत ‘४३ नम्बर’ बरियताका कनिष्ठ वैज्ञानिक डा. ध्रुवराज भट्टराईलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्।
कृषि अनुसन्धान परिषद्का अध्यक्ष कृषि तथा पशुपन्छी विकास हुने कानुनी व्यवस्था रहेको छ। कृषि मन्त्री भुसालले विधि र प्रक्रिया मिचेर जिम्मेवारी तोकेका हुन्। सरकारी कार्यालयमा कुनै पनि निर्णय गर्दा सम्बन्धित फाँटबाट टिप्पणी उठेर सचिव हुँदै मन्त्रीमा पुग्नुपर्ने भएपनि मन्त्री भुसालले प्रक्रिया नै नपुर्‍याई आफैंले हस्ताक्षर गरेर पत्र थमाएका हुन्।

स्रोतका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा र डा. दीपककुमार खरेलसँग कुनै छलफल र परामर्श नै नगरी जिम्मेवारीसहितको पत्र दिएपछि नार्कमा विवाद भएको हो।

कुनै पनि निर्णय हुनु पहिला कि नार्क वा मन्त्रालयबाट मन्त्रीकोमा गएपछि टिप्पणी सदर गर्ने प्रचलन छ। सचिवहरूले नियम विपरीतको काम गर्न नमान्ने ठानेर सोझै मन्त्रीले कामुको पत्र दिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

‘नियम विपरीतको निर्णय भएकाले सचिव वा अन्य कर्मचारीले मान्ने अवस्था थिएन,’ ती अधिकारील भने, ‘कसैको उक्साहटमा मन्त्रीले गलत निर्णय गर्नुभयो।’

स्रोतका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा र डा. दीपककुमार खरेलसँग कुनै छलफल र परामर्श नै नगरी जिम्मेवारीसहितको पत्र दिएपछि नार्कमा विवाद भएको हो।
मन्त्रीले आफ्नो पदीय गरिमालाई बिर्सेर गर्नै नहुने काम गरेको ती अधिकारीले बताए। मन्त्रीको निर्णयको कृषि वैज्ञानिकको छाता संस्था सोसाइटी अफ एग्रिकल्चर साइन्टिस्ट, नेपालले पनि संस्थागत रूपमा विरोध जनाएको छ। सोसाइटीका अध्यक्ष डा. रामप्रसाद घिमिरेले विज्ञप्ति प्रकाशित गरी मन्त्री भुसालको विधि विपरीतको निर्णय सच्याउन माग गरेका छन्।

कामु नियुक्त गर्दा नार्कको ३२ वर्ष पुरानो परम्परा र विधिलाई मिचेको आरोप लागेको छ। नार्कले प्रकाशित गरेको विज्ञिप्तमा परिषद्को विगत ३२ वर्षको परम्परा विपरीत र सर्वत्र अबलम्बन गरिदै आएको सर्वस्वीकार्य विधि ‘वरिष्ठताको आधार’ को कुनै ख्यालै नगरी परिषद्को वरियताक्रम मिचेर नियुक्त गरिएको उल्लेख छ।

मन्त्रीको निर्णयले समस्त वैज्ञानिकहरूको मानमर्दन भइ मनोबल गिर्न गएको समेत उल्ल्ेख छ। यसले कृषि अनुसन्धानमा भाँडभैलो मच्चिने, अराजकता बढ्ने र विधिको उपहास गर्दै अनुसन्धान समेत प्रभावित हुने दाबी गरिएको छ।

कामु नियुक्त गर्दा नार्कको ३२ वर्ष पुरानो परम्परा र विधिलाई मिचेको आरोप लागेको छ। नार्कले प्रकाशित गरेको विज्ञिप्तमा परिषद्को विगत ३२ वर्षको परम्परा विपरीत र सर्वत्र अबलम्बन गरिदै आएको सर्वस्वीकार्य विधि ‘वरिष्ठताको आधार’ को कुनै ख्यालै नगरी परिषद्को वरियताक्रम मिचेर नियुक्त गरिएको उल्लेख छ।
प्रशासन समूहमा कार्यरत गैरवैज्ञानिक कर्मचारीहरूलाई नार्कको परम्परा विपरीत प्रशासन निर्देशक र आर्थिक प्रशासन निर्देशकको जिम्मेवारी दिइनु अराजकताको पराकाष्ठा भएको समेत विज्ञप्तिमा उल्लेख छ। त्रुटिलाई सच्याउन कृषि मन्त्रीको ध्यानाकर्षण समेत गराएका छन्।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस