आसन्न उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन्। जसपाको बलियो सांगठनिक जगमा यादव चुनावी परिणाम हात पार्ने दाउमा छन्। यादवलाई रोक्न जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत सम्पूर्ण सूत्र उपयोग गर्ने पक्षमा छन्। यसकारण यहाँको चुनावी माहोल निकै तातेको छ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) को समर्थन पाएका यादव बलिया देखिएका छन्। यादवलाई संसद् प्रवेशमा रोक्ने सिकेको दाउ सप्तरीमा सफल भए पनि यहाँ सफल नहुने यस क्षेत्रका मतदाता बताउँछन्। ‘यादवलाई संसद् प्रवेश रोकेर सिके मधेसको मसिहा बन्न खोज्दैछन्,’ स्थानीय हिरालालप्रसाद साह भन्छन्, ‘मधेसी जनताको अधिकारका लागि यादवजीको योगदानको वजन अतुलनीय छ।’ यस जिल्लाका एक जनालाई देशकै उपराष्ट्रपति र अर्कोलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाएर उहाँले उदारता प्रदर्शन गर्नुभएको छ।’ उपनिर्वाचनमा यस क्षेत्रका जनताले यादवले लगाएको गुण फर्काउने विश्वास उनी व्यक्त गर्छन्।
गत मंसिरमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका यादव सिकेसँग पराजित भएका थिए। बारा २ मा हुने उपनिर्वाचनका लागि यादव मैदानमा छन्। यो क्षेत्रबाट यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। तर रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको यो क्षेत्रमा उपनिर्वाचनमार्फत यादव संसद् प्रवेशका लागि प्रतिस्पर्धामा छन्। यादव प्रतिस्पर्धामा उत्रिएपछि बाराको उपनिर्वाचन केवल चुनावी प्रतिस्पर्धामा मात्रै सीमित नरहेर समग्र मधेस राजनीतिको शक्ति संघर्षको सवाल बनेको छ। यहाँ सांसद बन्नेभन्दा पनि ‘मधेसको मसिहा’ बन्ने प्रतिस्पर्धा सुरु भएको छ। यादवलाई संसद् प्रवेश रोकेर मधेसको मसिहा आफू बन्न सिकेले सम्पूर्ण शक्ति लगाइरहेका छन्। तर यादवलाई रोक्न सिकेका लागि सप्तरी २ मा जस्तो सजिलो बारा २ मा नभएको विश्लेषण पनि भइरहेको छ।
मंसिरमा भएको निर्वाचनको मत परिणामअनुसार यस क्षेत्रमा जनमत पार्टी निकै कमजोर देखिन्छ। उक्त निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए। त्यतिबेला जसपाका बागी उम्मेदवार रामकिशोरप्रसाद यादव पनि ११ हजार ४३ मत ल्याई तेस्रो भएका थिए। अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार ७५० मत पाएका थिए। जनमतका राजेश साहले २ हजार ७२५ मत ल्याएका थिए।
अहिले यादव कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा एससहित पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन्। जनमतले भने यसअघि कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको छ। यस क्षेत्रमा जसपाको बलियो संगठन रहेको स्थानीय बताउँछन्। सांगठनिक हिसाबले माओवादी केन्द्र पनि यो क्षेत्रमा मजबुत छ।
पाँच महिनाअघि माओवादी केन्द्रको मजबुत सांगठनिक जगमा चुनाव लडेका शिवचन्द्र जसपाको उम्मेदवारसँग पराजित भएका थिए। यसपटक माओवादी केन्द्रले नै जसपालाई समर्थन गरेपछि कमजोर संगठन रहेको जनमत प्रवेश गरेर कुशवाहा उपेन्द्रसँग प्रतिस्पर्धा गर्दैछन्। यसपटक एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेश खरेल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट मुक्ति यादवले उम्मेदवारी दिएका छन्। गत सोमबार भएको मनोनयन दर्तामा यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि ३६ जनाको मनोनयन दर्ता भएको छ। यहाँ रास्वपाले सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार बनाएको छ। ‘एकको बदला तीन’ भन्ने नारासहति काठमाडौं १ मा पराजित खरेललाई रास्वपाले बारा २ मा उम्मेदवार बनाएको हो।
बारा २ मा जसपा अध्यक्ष यादवको पक्ष बलियो देखिए पनि प्रतिस्पर्धामा जनमत र रास्वपा पार्टीका रमेश खरेल रहने स्थानीय बताउँछन्। यादवसँग २०६३ को मधेस आन्दोलनको मात्र विरासत छैन,’ बारा २ मा पर्ने बरियापुरका अमरलाल यादव भन्छन्, ‘मधेस आन्दोलनका उपलब्धिहरू संघीयता, आरक्षण, समावेशिता, पहिचानको विरासत पनि यादवसँगै छ। यस उपलब्धिका लागि यादवले १६ वर्षदेखि संसद् र सडकमा संघर्ष गर्दै आएको उनले बताए। ‘स्पष्ट राजनीतिक मुद्दा, सिद्धान्त, चरित्र बोकेका यादव र मूल मुद्दा विसर्जन गरेर पाँच महिनाअघि मात्रै संसदीय राजनीतिमा प्रवेश गरेका राउतबीचको यो चुनावी प्रतिस्पर्धा समग्र मधेसको प्रतिष्ठासँग जोडिएको छ,’ उनले भने।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताए। ‘राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकताा अपरिहार्य छ,’ उनले भने, ‘मधेस विद्रोह, पहिचान, समावेशी र संघीयताजस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गराउन उहाँको भूमिका महत्वपूर्ण छ।’ यादवलाई विजयी बनाउन अपिल गर्दै नेपालले भने, ‘सिंगो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ। उहाँलाई अत्यधिक मत दिएर विजयी गराउन बारावासीलाई आग्रह गर्छु।’ नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेस जनविद्रोहको उच्च स्थान रहेको उल्लेख गर्दै उनले भने, ‘मधेस जनविद्रोहको मसिहा उपेन्द्र नै हुन्।’
यादव २०७४ सालको निर्वाचनमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। गत मंसिरमा भएको निर्वाचनमा उनी सोही क्षेत्रमा दोहोरिएर उम्मेदवारी दिए पनि पराजित भएपछि यसपटक बारा २ बाट चुनावी मैदानमा उत्रिएका हुन्।