संसदीय व्यवस्थामा सभामुखलाई स्वतन्त्र र निष्पक्ष प्रतिनिधिको रूपमा हेर्ने गरिएको छ। उसको भूमिकाले मात्र संसद्को मर्यादा र भूमिका प्रभावकारी हुनुको साथै संसदीय व्यवस्था मजबुत हुने बताइन्छ। तर, ?रकउ्मा सभामुखको निर्णायक मत, विधेयक प्रमाणित, सदस्यहरूले सभामुखसमक्ष राजीनामा दिनुपर्नेजस्ता कुराले उक्त पदको भूमिका र जिम्मेवारी अझ बढाएको छ।
एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित वर्तमान सभामुख देवराज घिमिरेका पछिल्ला क्रियाकलापले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू उनले निष्पक्ष भूमिका निर्वाह गर्नेमा आशंका व्यक्त गर्न थालेका छन्। सभामुख घिमिरे एमालेसँग लचिलो बन्नसक्ने भन्दै सत्तारुढ दल शशंकित भएका हुन्। उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउन नखोजेको आरोप सत्तापक्षले लगाएको छ।
सत्तापक्षले ९ गते नै यो विधेयक अघि बढाउन खोजेका थिए। तर, सभामुखले सोमबारसम्मका लागि बैठक स्थगित गरेका थिए। सोमबार यो विधेयकलाई संसद्ले सैद्धान्तिक स्वीकृति दिएको छ। अहिले विधेयकमाथि संशोधन सुरु भएको छ। संसद्मा बिजनेस दिने काम सरकारको हुन्छ। सरकारले जुन विधेयक अघि बढाउन खोज्छ त्यसलाई सभामुखले कार्यसूचीमा राख्न लगाउनु पर्छ। तर सभामुखले सरकारले अघि बढाउन खोजेको विधेयकलाई रोक्न खोजेमा सरकारसँग द्वन्द्व सुरु हुन सक्छ। यता सभामुख जस्तो तटस्थ पदमा बसेको व्यक्तिले विना प्रमाण पत्रकार बिक्रीमा छन् भन्ने आरोप लगाएरपछि सो आरोप फिर्ता लिए।
यसबाट संसद्का कामकारबाहीमा परेको असरले कार्य व्यवस्था परामर्श समितिको निर्णयपछि मात्र सभामुखले निर्णय गर्नेसम्मको संशोधन प्रतिनिधिसभा नियमावलीमा आउनुलाई नौलो कुरा मान्न नसकिने सांसदहरू बताउँछन्। सभामुखले आफ्नो अधिकार संसद्ीय नियम, स्थापित अभ्यास र विवेकको आधारमा प्रयोग गर्नुपर्ने हुन्छ तर सभामुखलाई नियन्त्रण नगर्ने हो भने अब सभामुखले सरकारले संसद्मा ल्याएका कुनै पनि विषय अघि नबढाउने संकेत देखिएका कारण नै संशोधन राख्नुपरेको संशोधन कर्ता एक सांसदले बताए। तर, सभामुखको भूमिकालाई कटौति गरिरहँदा संसद्मा हुने आकस्मिक घटनाहरूलाई सम्बोधन गर्न सभामुखबाहेक अरूको विकल्प हुँदैन।
बैठकको सुव्यवस्था कायम गर्न चेतावनी, बैठक कक्षबाट निष्कासन, सदस्यको निलम्बन, बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भंग गरेमा वा गर्न लागेमा वा सभाको प्रतिष्ठामा आँच आउने किसिमको बैठक कक्षभित्र ध्वंशात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानि नोक्सानी पु¥याएमा सभामुखलाई बैठक कक्षबाट निष्कासन गर्नसक्ने अधिकार दिने गरिन्छ।
प्रतिनिधिसभाको नयाँ नियमावलीमा सभामुखका अधिकार कटौती गर्दा यी कुरामा संशोधनकर्ताको ध्यान गएको छैन। कांग्रेसका सांसद रामहरि खतिवडाले यस नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ भन्ने उल्लेख गरेका छन्। जनता समाजवादीकी सांसद रेखा यादवले यस नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्छ भन्ने संशोधन मात्र दर्ता गरेकी छन्। भने माओवादी केन्द्रका सांसद रूपा सोसी चौधरीले र नारायणी शर्माले ‘कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार सभामुखले सभालाई यस नियमावलीमा उल्लेख भए अनुसार व्यवस्थित रूपले अगाडि बढाउने काम गर्नुहुनेछ भन्ने मात्र उल्लेख गरेका छन्। माओवादी केन्द्रका सांसद माधव सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार सभामुखले सभालाई यस नियमावलीमा उल्लेख भएअनुसार व्यवस्थित रूपमा अगाडि बयाउने काम गर्नुहुनेछ भन्ने उल्लेख गरेका छन्।
कांग्रेसका सांसद राजेन्द्र कुमार केसी र संजय कुमार गौतमले यस नियमावलीमा उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ भन्ने उल्लेख गरेका छन्।
एकीकृत समाजवादीका सांसद अम्मर बहादुर थापा र भानुभक्त जोशीले यस नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार गर्नेछन् भन्ने उल्लेख गरिएको छ। सत्तापक्षका सांसदले गरेको एउटै प्रकारको संशोधन पारित गरेमा सभामुखले सदनका आकस्मिक घटनामा के गर्ने भन्ने कुरा पनि समावेश गर्नुपर्ने देखिन्छ।
यसमा संशोधन प्रस्ताव नराख्ने हो भने हो भने सभामुखले ससदका तत्काल गर्नुपर्ने कुनै पनि काम गर्न नसक्ने अवस्था आउने देखिन्छ। अर्थात् कार्यव्यवस्था परामर्श समितिमा सत्तापक्षको बहुमत हुने र कार्यपालिकाको नियन्त्रणमा संसद् सञ्चालन हुनसने सम्भावना देखिन्छ। र कुनै पनि निर्णय कार्यव्यवस्था परामर्श समितिमा लैजानुपर्ने भएमा सदनको काम अघि बढ्न कठिनाइ हुन्छ। ‘सदनमा सबै कार्यव्यवस्था परामर्श समितिका सदस्य रहिरन्छन् भन्ने हुँदैन। सभामुखलाई कुनै निर्णय गर्न तुरुन्तै पर्छ, त्यसैले त्यसलाई कसरी व्यवस्था गर्ने कुरा पनि संशोधनमा राख्नुपर्ने हुन्छ,’ एमालेका एक नेताले भने।
सभाको बैठकमा सभामुखलाई जे अधिकार रहन्छ समितिको बैठकमा पनि सुव्यवस्था कायम गर्ने अधिकार समिति सभापतिलाई हुन्छ। सभापतिले आफ्नो अधिकार प्रयोग भई समितिको कुनै सदस्य निष्काशित वा निलम्बित भएमा सभापतिले सो कुराको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ। संशोधन कर्ताले यो कुरामा पनि ध्यान दिन जरुरी देखिएको छ।
कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौंथाई सदस्यको समर्थन प्राप्त गरी संसद् मा दर्ता गर्न सकिने व्यवस्था छ। सभामुखलाई हटाउन दुईतिहाइको बहुमतबाट पारित भएमा मात्र सम्भव हुन्छ। तसर्थ, यसबाट सभामुख कुनै पनि दलको नभई तटस्थ नै रहनु पर्ने बाध्यकारी अवस्था रहेकाले सभामुखले संसद्को गरिमा कायम राख्न आफैं भूमिका खेल्न सक्नुपर्ने अवस्था देखिन्छ।
राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सोमबर सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरे, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको प्रमुखबीचमा शक्ति सन्तुलन नियन्त्रण हुनुपर्ने र बरु सभामुख सभामुखको भूमिका मै रहनु नै उचित हुने कुरा उनले गरे।