स्ववियु निर्वाचन: विद्यार्थी सङ्गठनको तयारी तीव्र
१० फागुन २०७९
•
४ मिनेट पाठ
स्ववियु निर्वाचन: विद्यार्थी सङ्गठनको तयारी तीव्र
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनले पनि तयारी तीव्र पारेका छन्।




स्ववियु निर्वाचनमा आफ्नो आआफ्नो सङ्गठनलाई जिताउनका लागि विद्यार्थी सङ्गठनले विभिन्न समिति गठन गरी तयारी तीव्र पारेका हुन्। अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु (छैटौँ) ले स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरिसकेका छन्।

आगामी चैत ५ गते देशभरका त्रिविअन्तर्गत क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भइसकेको छ। अनेरास्ववियुले अध्यक्ष समिक बडालले नेतृत्वमा एक हजार एक सदस्य स्ववियु परिचालन मूल समिति गठन गरेको छ। त्यस्तै चार उपाध्यक्षको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको महासचिव नरेश रोकायाले जानकारी दिए। 

उपाध्यक्ष नारायण घर्तीको संयोकत्वमा स्ववियु घोषणापत्र निर्माण उपसमिति, उपाध्यक्ष गोविन्द गिरीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, अर्का उपाध्यक्ष मर्यादा विष्टको संयोजकत्वमा स्ववियु स्वयंसेवक परिचालन उपसमिति र उपाध्यक्ष धर्म गिरीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ। 

अखिलले फागुन १३ गते देशभरिकै क्याम्पसमा भेला राखेर सम्भावित स्ववियु उम्मेदवारको सूची तयार पार्ने महासचिव रोकायाले जानकारी दिए। उनले स्थायी कमिटी सदस्यलाई उपत्यकाका क्याम्पस र केन्द्रीय सदस्यलाई सम्बन्धित क्याम्पस र जिल्लामा रहेका क्याम्पसमा खटाइएको बताए। 

नेपाल विद्यार्थी सङ्घले पनि स्ववियु निर्वाचनको तयारीका लागि विभिन्न पाँच समिति गठन गरेको छ। सङ्घले घोषणा लेखन, स्ववियु निर्वाचन प्रशिक्षण, विद्यार्थी सङ्गठन समन्वय समिति, स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवं सुरक्षा समन्वयन समिति र स्ववियु प्रचारप्रसार समिति गठन गरिसकेको सङ्घका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिए। ढकालको संयोजत्वमा स्ववियु निर्वाचन प्रशिक्षण गठन भएको छ। सङ्घले सातवटै प्रदेशमा प्रशिक्षण समिति गठन गरेको छ। 

पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा स्ववियु घोषणापत्र समिति, पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालको संयोजकत्वमा स्ववियु प्रशिक्षण समिति, सङ्घका नेता डा सन्तोष उपाध्यायको संयोजकत्वमा स्ववियु प्रचारप्रसार समिति गठन गरिएको छ। सङ्घका नेता दिनेश शाहीको संयोजकत्वमा विद्यार्थी सङ्गठन समन्वय समिति र सङ्घका अर्का नेता उज्ज्वल बज्राचार्यको संयोजकत्वमा स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवं सुरक्षा समन्वय समिति गठन गरिएको छ। पूर्वकेन्द्रीय सदस्य ढकालले स्ववियु निर्वाचनका लागि १५ देखि १६ गते घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए। 

अखिल (क्रान्तिकारी) ले पनि स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ। अनेरास्ववियुका महासचिव दीपेश पुनले स्ववियु निर्वाचनका लागि सातवटै प्रदेशमा स्ववियु निर्वाचन केन्द्रित कार्यशाला गरेको छ। उनले महत्त्वपूर्ण ठूला क्याम्पसमा उपाध्यक्षलाई खटाइएको जानकारी दिए। सचिव, केन्द्रीय सचिवालय र केन्द्रीय सदस्य पनि आवश्यकअनुसार परिचालन गरिएको उनको भनाइ छ। उहाँले स्ववियु निर्वाचन हुने क्याम्पसमा स्ववियु परिचालन समिति गठन गरिएको जानकारी दिए। 

उनका अनुसार उपाध्यक्ष नारायण खनालको संयोजकत्वमा स्ववियु निर्वाचन घोषणापत्र लेखन समिति, उपाध्यक्ष टुकमान महराको संयोजकत्वमा स्ववियु परिचालन समिति, उपाध्यक्ष मिलन एमसीको संयोजकत्वमा प्रचारप्रसार समिति,  विभिन्न विद्यार्थी सङ्गठन छलफल र वार्ताका लागि समन्वयका लागि उपाध्यक्ष क्षितिज सापकोटालाई जिम्मेवारी दिइएको छ। उम्मेदवार छनोट गर्ने सम्बन्धित कमिटीले सर्वसम्मत निर्णय गर्ने र विवाद भएमा मात्र उपल्लो कमिटीमा सिफारिस गर्ने भनिएको उनले बताए। 

त्रिविले आगामी चैत ५ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ। कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ। 

अनेरास्ववियुका पनि स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा एक हजार एक सय ११ स्ववियु परिचालन गठन गरेको छ। उपाध्यक्ष माधव पन्तको संयोजकत्वमा स्ववियु घोषणापत्र समिति र अर्का उपाध्यक्ष हिरेन्द्र शाहीको संयोजकत्वमा अन्य विद्यार्थी सङ्गठनसँग तालमेल गर्नका लागि वार्ता समिति गठन गरेको छ। 

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि यता नियमित हुन सकेको छैन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो। त्यति बेला देशभर त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो। यसपटक स्ववियु देशभरका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ।

स्ववियुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने छन्।    रासस
अर्को समाचार
११ महिनासम्म परीक्षाफल नदिने नालायक त्रिवि
०३ चैत्र २०८०
•
४ मिनेट पाठ
११ महिनासम्म परीक्षाफल नदिने नालायक त्रिवि
त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको बिपी कोइराला मेमोरियल कलेज चावहिल, काठमाडौंमा मानविकी तथा सामाजिक शास्त्रतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सिन्धुपाल्चोककी रेनुका नेपाल दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन्।




उनले पहिलो वर्षको परीक्षा दिएको ११ महिना भए पनि नतिजा आएको छैन। उनले बेलैमा नतिजा प्रकाशन नहुँदा अवसर गुम्दै गएको बताइन्। घरबाट अध्ययनका लागि काठमाडौं आउँदा चार वर्षभित्र स्नातक तह पूरा गर्ने योजना र सोहीअनुसारको बजेट मिलाएकी उनी त्रिविको अस्तव्यस्त परीक्षा प्रणाली देखेर दिक्क छन्। यस्तै पारा हो भने चार वर्षे स्नातक तह पूरा गर्न ६ वर्ष लाग्ने र खर्च पनि सोचेभन्दा बढी हुने उनी बताउँछिन्।

‘२०७८ सालमा प्रथम वर्षमा भर्ना हुँदा चार वर्षभित्र कोर्स सकिने गरी आर्थिकलगायत सबै पक्षको व्यवस्था मिलाएकी थिएँ,’ सामाजिक कार्य र आम सञ्चार विषय लिएर स्नातक तह पढ्दै गरेकी २० वर्षीया रेनुकाले गुनासो गरिन्, ‘हेर्नुस् त, प्रथम वर्षको परीक्षा गत वैशाखमा दिएको हो। परीक्षा सकिएको ११ महिना बित्यो, नतिजा आएको छैन। दोस्रो वर्षको कक्षा पुसमा सकियो, घरमा बसेर परीक्षाको तयारी गर्दै छु। पहिलो वर्षको परीक्षाफल कहिले आउने हो अझै अत्तोपत्तो छैन।’

पहिलो वर्षको नतिजा नआउँदा विभिन्न अवसरबाट वञ्चित भएको र खर्चका लागि अभिभावकमाथि निर्भर हुनुपरेको उनले बताइन्। रेनुकाका अनुसार कोठाभाडा, खाना खर्चलगायत गर्दा मसिक ३० हजार रूपैयाँ खर्च हुन्छ र त्रिविले शैक्षिक पात्रोअनुसार काम गर्न नसक्दा विद्यार्थी अवसरबाट मात्र वञ्चित भएका छैनन्, खर्च पनि बढेको छ।

‘त्रिविको शैक्षिक क्यालेन्डर नै लयमा छैन,’ उनले भनिन्, ‘चार वर्षे स्नातक तह पूरा गर्न ५/६ वर्ष लाग्ने देखिन्छ। यसले गर्दा आर्थिक भार र परनिर्भरता बढ्दै गएको छ। कसलाई के भन्ने, के गर्ने?’

काठमाडौं ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा मानविकीतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत मनीषा रेग्मी पनि त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न नसक्दा विद्यार्थी आर्थिकलगायत भारमा परेको बताइन्।

‘पहिलो वर्षको परीक्षा नतिजा ११ महिनासम्म पनि आएको छैन। दोस्रो वर्षको परीक्षा दिने बेला आउँदा पनि पहिलो वर्षको नतिजा नआउनु विडम्बना हो,’ गोर्खाकी मनीषाले नागरिकसँग भनिन्, ‘आर्थिक भार थपिएको छ। खर्च व्यवस्थापन गर्ने कि पढाइ, चिन्ता बढेको छ।’

उनले थपिन्, ‘अस्ट्रेलिया जान आइएलटिएस पनि पास गरें तर नतिजा समयमा नआउँदा शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउन सकिनँ। अवसर हातबाट खुस्क्यो।’

यो समस्या रेनुका र मनीषाको मात्र होइन, चार लाख विद्यार्थीको हो। त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगर्दा मानसिक तनावसमेत बढ्दै गएको मनीषाले बताइन्। मुलुककै पुरानो र ठुलो त्रिवि स्नातक तहका ४ लाख विद्यार्थी गत वैशाखमा दिएको पहिलो वर्षको परीक्षाको नतिजा कुरिरहेका छन्।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले भने नतिजा कहिले आउँछ भनेर विद्यार्थीलाई जवाफ दिन सकेको छैन।

जनशक्ति अभाव

त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा नतिजा समयमै प्रकाशन गर्न नसकेको बताउँछन्। समयमा नतिजा प्रकाशन गर्न नसक्दा हाल त्रिवि स्नातक प्रथम वर्षमा नयाँ र पुराना गरी दुइटा ब्याच छन्। दोस्रो वर्षमा पनि नयाँ र पुरानो गरी दुइटा ब्याच छन्। पुरानो दोस्रो ब्याचका विद्यार्थी पुसमै कक्षा सकेर परीक्षाको पर्खाइमा छन्। नयाँ दोस्रो वर्षको कक्षा भइरहेको नियन्त्रक जोशी बताउँछन्।

नियन्त्रक जोशी जनशक्ति कम हुँदा परीक्षाफल प्रकाशनलगायतका काम प्रभावित भएका छन्। ‘बल्खुमा २६६ जनाको दरबन्दीमा २२२ जना कार्यरत छन्। सेवा आयोग सात वर्षदेखि खुल्न नसकेका कारण कर्मचारी पदपूर्ति हुन सकेको छैन। १८ जना कर्मचारी साढे दुई दशकदेखि एउटै पदमा कार्यरत छन्,’ जोशीले नागरिकसँगको भेटमा भने, ‘एकातिर कर्मचारी अभाव अर्कोतिर त्रिविले साउनदेखि कर्मचारीको अतिरिक्त सेवासुविधा कटौती गरेपछि त्यसको मारमा परीक्षा नियन्त्रण कार्यालय परेको छ।’

उनका अनुसार त्रिविले कर्मचारकिो कार्यसमय १० देखि ५ तोकेपछि अतिरिक्त समयमा काम लगाउन सकिएको छैन। उनले भने, ‘यसैकारण वार्षिक प्रणालीमा नतिजा प्रकाशन ढिलाइ भएको हो।’

त्रिविका उपकुलपति केशरजंग बरालले त्रिविलाई लयमा फर्काउन निकै चुनौतीपूर्ण भए पनि आफू लागिपरेको बताए। निर्धारित समयमा कोर्स पूरा र नतिजा नआउँदा विद्यार्थी अध्ययनका लागि भारतमा जाने क्रम बढेको छ।

उपकुलपति बरालले परीक्षा सञ्चालन र नतिजा प्रकाशन प्रणालीमा सुधारलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताए। ‘त्रिविमा हरेक राजनीतिक दलसँग आबद्ध शिक्षक, विद्यार्थी र कर्मचारी संघसंगठन छन्। तिनले विभिन्न निहुँमा आन्दोलन र तालाबन्दी गर्दा चुनौती थपिएको छ,’ उपकुलपति बरालले भने, ‘सेवा आयोगमा चार महिनादेखि सदस्य पद रिक्त छ। आयोगले शिक्षक, कर्मचारी पदपूर्ति गर्न सकेको छैन। वैकल्कि व्यवस्था गरेर भए पनि परीक्षा व्यवस्थापन गर्ने नीति लिएको छु। शैक्षिक क्यालेन्डर कार्यान्वयन गरेर त्रिविलाई लयमा फर्काउने मेरो लक्ष्य छ।’
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस