संसद गठनको दुई महिनासम्म कार्य सञ्चालन अघि बढेन
०९ फागुन २०७९
•
५ मिनेट पाठ
संसद गठनको दुई महिनासम्म कार्य सञ्चालन अघि बढेन
प्रतिनिधिसभाका सांसदले शपथ ग्रहण गरेको दुई महिना पुगेको छ। गत पुस ७ गते सांसदले पद तथा गोपनीयताको शपथ लिएका थिए। तर, सांसदले सपथ सँगै पाएको संसद्को लोगो बोकेर सिंहदरबार भित्र बाहिर गरे पनि संसद्को कार्यसञ्चालन अझै भएको छैन। संसद् गठन भएपछि संसदीय काम कारबाही पूर्ण रूपमा गर्नुपर्दछ। तर, संसद्मा शून्य समय र विशेष समयमा भनाइ राख्ने काम र राष्ट्रियसभामा पारित भएका विधेयक टेबुल गर्ने र विभिन्न प्रतिवेदन पेस गर्ने मात्र काम भएको छ। संसदीय व्यवस्थामा यो कामलाई संसद्को कार्य सञ्चालन भन्न नमिल्ने विज्ञहरूको भनाइ छ। संसदीय काम कारबाही हुनका लागि संसद्मा हुने सम्पूर्ण अभ्यासको पूर्ण पालना हुनुपर्ने हुन्छ। संसद् गठन भएपछि सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न भएको छ भने नियमावली पारित गरी संसद्को काम कारबाही निरन्तर हुनुपर्दछ। तर, पुस २५ बाट सुरु भएको संसद्को बैठक पुस २६, माघ ५, माघ ७, माघ १०, माघ १८, माघ २२, माघ २७, माघ २९ र फागुन ३ गते बसेको छ। फागुन १० गते अर्को बैठक बोलाइएको छ। दुई महिनाको बीचमा १० वटा बैठक मात्र बसेको छ। यसबीचमा प्रतिनिधिसभाको नियमावली पनि तयार भएको छैन। फागुन १० गतेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले नियमावलीको मस्यौदा पेस गर्ने तयारी गरिएको छ। नयाँ नियमावली पारित नभएसमम नयाँ संसदीय समिति गठन हुन सकिरहेका छैनन्। संसदीय समिति गठन नभएसम्म सरकारले विधेयक दर्ता गर्दैन। यसबाट पनि संसदीय समिति गठन हुनुपर्ने आवश्यकता रहेको एक सांसदले बताए।  




संसदीय प्रक्रियामा संसद् सचिवालय मुकदर्शक मात्र रहने गरेको छ। सांसदहरूले आफ्नो जिम्मेवारीलाई अघि बढाउनका लागि संसद्मा दबाब दिने गरेका छैनन्। सभामुखसँग छलफल गर्ने ध्यनाकर्षण गराउने विषयमा सांसदहरू चुकेको देखिन्छ। संसदीय प्रणालीलाई वास्तविक रूपमा बुझ्न नसक्दा पनि संसद्ले गति लिन नसकिरहेको उनले बताए।।  

संविधानप्रदत्त मौलिक अधिकारको संरक्षण र संवद्र्धन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने काम संसद्को हो। मुलुकको सर्वोच्च नीति निर्माणमा गर्न संवैधानिक निकाय र सर्वोच्च जनप्रतिनिधिमूलक निकाय समेत भएकाले संसद्ले निर्माण गरेका कानुनले मानव अधिकारको भूमिका र अवस्था निर्धारण गरेको हुन्छ भने सरकार र अन्य विभिन्न निकायबाट मानव अधिकार उल्लंघन रोक्ने सवालमा सरकारको खबरदारी गर्न सार्वभौम संसद्ले महत्वपूर्ण भूमिका खेल्न सक्दछ। जनप्रतिनिधिमूलक निकाय भएकाले जनप्रतिनिधिले जनताका मौलिक अधिकार संरक्षण गर्ने प्रकृतिका विधेयक प्रस्तुत गरेर, विधेयक पारित गरेर, जनसरोकारका विषयमा छलफल र बहस चलाएर, मानव अधिकार उल्लंघन गर्ने सरकारका विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर, राष्ट्र प्रमुखविरुद्ध महाअभियोग लगाएर, शून्य समयमा र विशेष समयमा मानव अधिकार तथा मानवीय सरोकारमा छलफल बहस चलाएर मानव अधिकारको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ। राज्यले अवलम्बन गर्ने नीति, सरकारले लिने निर्णय, कतिपय तत्काल गरिनुपर्ने कानुनी प्रबन्ध र नागरिकका जीविकासँग जोडिएका सवाललाई सम्बोधन गर्न जनप्रतिनिधिको थलो संसद् नै सर्वाधिक महत्वपूर्ण हुन्छ। राज्यले अनुमोदन गरेका र राज्यपक्ष भएका विभिन्न मानव अधिकारसम्बन्धी सन्धी, महासन्धी, सम्झौता र अन्तर्राष्ट्रिय मापदण्डलाई सम्मान गर्ने र यिनै मापदण्ड र अन्तर्राष्ट्रिय कानुनमा आधारित रही राष्ट्रिय कानुन निर्माण गर्ने कार्य गरेर पनि संसद्ले मानव अधिकार सरक्षण र संवद्र्धन गर्ने दिशामा महत्वपूर्ण कार्य गर्छ।  

प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामा दर्ता भएका र सो सभाबाट पारित भएर प्रतिनिधिसभामा आएका विधेयकहरू निष्क्रिय भए। देश कोरोना भाइरस सङ्क्रमणको महामारीको चपेटामा परेको बेला संसद्मा सार्वजनिक व्यवस्थापिका महत्वका विषयमा, शून्य समयमा तथा विभिन्न प्रस्तावका माध्यमबाट विषयहरू प्रवेश हुन्थे र जनचासो सम्बोधनमा सरकारलाई झकझक्याउन मद्दत पुग्थ्यो तर प्रतिनिधिसभा विघटन हुँदा धेरै जनताका समस्या उठाउन धेरै कठिनाइ हुन गयो। तत्कालीन नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि र जारी संसद्ले उल्लेख्य काम गर्न नसकको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक संसद् विघटन गरेका थिए। यसले एमाले र माओवादी मिलेर बनेको नेकपालाई विभाजन गरायो। विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भयो र फागुन ११ मा अदालतले संसद् विघटन बदर गरिदिएको थियो। एमाले र माओवादीबीचको राजनीतिक विवादका कारण फेरी जेठ ८ मा संसद् विघटन भयो। अदालतमा पुन दर्ता भएको संसद् विघटन विरुद्धको रिटमा शेरबहादुर देउवाको पक्षमा बहुमत सांसद रहेको भन्दै सर्वोच्च अदालतले असार २८ मा केपी ओलीका स्थानमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी ग¥यो।  

संसदीय व्यवस्थामा राजनीतिक दलबाट निर्वाचित सांसद्लाई ह्वीप लाग्ने व्यवस्था गरिएको हुन्छ तर सर्वोच्च अदालतको आदेशमा प्रधानमन्त्री शेरबहादुरका पक्षमा मतदान गर्ने सांसदलाई ह्विप नलाग्ने उल्लेख थियो। यो आदेशले नेकपा एमाले विभाजनमा मद्दत पुगेको सो पार्टीले जनायो। देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादश ल्याएर दल विभाजनका लागि केन्द्रीय समिति र संघीय संसदीय दलमा ४० प्रतिशत चाहिने प्रावधान हटाई २० प्रतिशत बनायो। यसले माधव नेपाललाई एमाले विभाजनका लागि सहजता प्रदान गर्‍यो। नेपालको नेतृत्वमा २३ जना सांसद र ५८ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भयो। भदौ ९ गते एकीकृत समाजवादीले आयोगबाट दर्ताको प्रमाणपत्र पायो। नेकपा एमालेले भने नयाँ दर्ताअघि नै पार्टीबाट १४ जना सांसदलाई निकाल्यो। कारबाहीको सूचना टाँस्न तत्कालिन सभामख अग्नि सापकोटाले आनाकानी गरेपछि निर्वाचन आयोगमा नयाँ दल दर्ता भयो। आफ्नो दल विभाजन गैरकानुनी भन्दै एमालेले यसविरुद्ध निरन्तर संसद्मा नाराबाजी गर्दै आयो। यसबाट पनि संसद्ीय काम कारबाही राम्रोसँग अघि बढेन। नयाँ संसद्मा यस्तो अवस्था नदोहोरियोस् भन्ने विषयमा अहिलेका सांसद भने सजग देखिएका छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
३४ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस