सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा
२६ माघ २०७९
•
२ मिनेट पाठ
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा
२९ प्रदेश शभा सदस्यको समर्थन सहित एक महिना अघि सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिह रावलले बिश्वासको मत लिन नसकेपछि बिहिबार मुख्यमन्त्रीको पदबाट राजिनामा दिएका छन्। प्रदेश शभा बैठकबाट मुख्यमन्त्री रावलले बिश्वासको मत लिन प्रस्तुत गरेको प्रस्ताव पास नभएपछि बिहिबार साँझ प्रदेश प्रमुख देवराज जोशीलाई रावलले राजिनामा बझाएका हुन्।




मुख्यमन्त्री नियुक्ती गर्न समर्थन दिएका नागरिक उन्मुक्ती पार्टीका सासंदहरुले समर्थन नदिदाँ मुख्यमन्त्री रावलले बिश्वास मत पाउन नसकेका हुन्। नेकपा माआवोदी केन्द्रका ११, नेकपा एमालेका १० , नागरिक उन्मुक्ती पार्टीका ७ र राप्रपाका १ गरि २९ प्रदेश शभा सदस्यको समर्थन जुटाएर गत पुस २७ गते नेकपा एमालेका संसदिय दलका नेता रावल मुख्यमन्त्रीका नियुक्त भएका थिए। पुस २८ गते प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए। संवैधानिक प्रावधान बमोजिम ३० दिनभित्र बिश्वासको मत लिनुपर्ने हुन्छ। नागरिक उन्मुक्ती पार्टीका ७ प्रदेश शभा सदस्य बिहिबार मुख्यमन्त्रीले बिश्वासको मत लिन आह्वान गरिएको बैठकमा अनुपस्थित भएका थिए।

नागरिक उन्मुक्ती पार्र्टीका सासंदलाई फकाउने प्रयत्न बिफल भएपछि एक महिनामै नेकपा एमालेको नेतृत्वमा बनेको प्रदेश सरकार ढलेको हो। ५३ प्रदेश शभा सदस्यमा बहुमत पुग्न २७ प्रदेश शभा सदस्य आवश्यक पर्छ। बिहिबार वसेको प्रदेश शभा बैठकमा मुख्यमन्त्री रावलले बिश्वासको मत दिने प्रस्ताव प्रस्तुत गरेका थिए। मुख्यमन्त्री रावलले प्रस्तुत गरेको बिश्वासको मत लिने प्रस्ताव छलफलका लागी शभामुख भीमबहादुर भण्डारीले निर्णायर्थ प्रस्तुत गर्दा ध्वनी मतका आधारमा बहुमत सदस्यबाट अस्विकृत भएको शभमुख भण्डारीले घोषणा गरेका थिए । छलफलका लागी प्रस्तुत गरिएको प्रस्ताव अस्विकृत भएकाले मुख्यमन्त्रीलाई बिश्वासको मत दिने प्रस्तावमा मतदान नै गरिए ।

सुदूरपश्चिम प्रदेश शभामा रहेका नागरिक उन्मुक्ती पार्टीका ७ प्रदेश शभा सदस्य काठमाण्डौमा रहेका छन । कारागारमा रहेका पार्टीका संस्थापक नेता रेशम चौधरी र केहि दिन अघि थुनामा परेका सासंद अरुण चौधरीलाई रिहा हुनुपर्ने माग पुरा नभएको भन्दै नागरिक उन्मुक्तीका सासंदले सरकारलाई समर्थन नदिएको बताएका छन्।
अर्को समाचार
सुदूरपश्चिम प्रदेश: भट्ट र रावल मध्ये को मुख्यमन्त्री बन्ला?
१७ पौष २०७९
•
३ मिनेट पाठ
सुदूरपश्चिम प्रदेश: भट्ट र रावल मध्ये को मुख्यमन्त्री बन्ला?
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरिरहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीले सर्वसम्मत रुपमा संसदिय दलको नेता चुनेका छन्। नेकपा एमालेको संसदिय दलको नेतामा पोलिटव्युरो सदस्य तथा प्रदेश सह ईन्चार्ज राजेन्द्र सिंह रावल र माओवादी केन्द्रको संसदिय दलको नेतामा खगराज भट्ट निर्वाचित भएका छन्।




नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यमा शनिबार बसेको प्रदेश शभा सदस्यहरुको बैठकले रावललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो। भने माओवादी केन्द्रको आइतबार बिहान वसेको बैठकले सर्वसम्मत रुपमा भट्टलाई दलको नेता चुनेको हो। एमालेका नेता रावल समानुपातिक निर्वाचन तर्फबाट प्रदेशशभा सदस्यमा निर्वाचित भएका हुन्। भने भट्ट डडेल्धुरा बाट निर्वाचित भएका थिए।

नेकपा एमाले र माओवादी केन्द्रले संसदिय दलको नेता चयन गरेसँगै रावल र भट्ट मध्य सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री को बन्ला भनेर चर्चा परिचर्चा शुरु भएको छ। सुदूरपश्चिम प्रदेशमा एक्लै सरकार बनाउन कुनै दलको बहुमत पुगेको छैन।

६ राजनीतिक दलको प्रतिनिधीत्व रहेको सुदूरपश्चिम प्रदेश शभामा सत्ता गठबन्धनका ४ राजनीतिक दल रहेका छन्। नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी र राप्रपा रहेका छन्।

सुदूरपश्चिम प्रदेश शभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने संसदीय दलको नेता चयन गरिसकेको छैन। केन्द्र्रमा सत्ता गठबन्धन दलका नेताहरुको सहमती अनुसार नै सुदूरपश्चिम प्रदेशमा कुन राजनितिक दलले सरकारको नेतृत्व गर्ने भनेर टुंगो लाग्ने छ।

नेकपा एमालेको भागमा परेमा रावल मुख्यमन्त्री बन्ने भएका छन भने माओवादी केन्द्रको भागमा परे भट्ट मुख्यमन्त्री बन्ने छन्। सुदूरपश्चिम प्रदेश सरकार कुन दलको नेतृत्वमा बन्ने भनेर केन्द्रमा सत्तागठबन्धनका नेताले टुगंो लगाउने नेकपा एमालेका नेता रावल बताउँछन्।

नेकपा एमालेले सिनियर नेताहरु रहेका अन्य प्रदेशहरुमा सरकारको नेतृत्वमा दावी गरेर सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रलाई छोड्न सक्ने नेकपा एमालेका एक नेताले बताए। यसैले डडेल्धुरामा ३ पटक शेरबहादुर देउवा सँग चुनाव हारेर यसपटक देउवाकै सहयोगमा डडेल्धुराबाट प्रदेश शभा सदस्यमा निर्वाचित भट्टको मुख्यमन्त्री बन्ने संभावना बलियो देखिएको छ।

सत्तागठबन्धन दलहरुका शिर्ष नेताहरुबीचको सहमतीले नै टुंगो लाग्ने भएपनि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनेमा बिश्वस्त रहेको भट्ट बताउँछन्। सुदूरपश्चिम प्रदेशमा गठबन्धन दलमा माओवादी केन्द्रको सबैभन्दा बढी सासंद भएकाले पनि सुदूरपश्चिम सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने उनी बताउँछन्।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नागरिक उन्मुक्ती पार्टीले पनि दावी गरिरहेको छ। नागरिक उन्मुक्ती पार्टीको संसदिय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन्। नागरिक उन्मुक्ती पार्टीका प्रवक्ता दामोदर पण्डितले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टी सहभागी हुने बताए। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरेको उनले बताए।

माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ती पार्टी ७ र राप्रपा १ गरेर सत्ता गठबन्धन दलसँग २९ सासंद छन्। ५३ ससंदीय प्रदेश शभामा सरकार बनाउन २७ सासंद आवश्यक हुन्छ। सुदूरपश्चिम प्रदेशशभामा नेपाली कांग्रेस १९, नेकपा एस ४ र एक स्वतन्त्र सासंद छन्।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस