गठबन्धनको विपक्षमा नागरिक उन्मुक्ति
१८ माघ २०७९
•
३ मिनेट पाठ
गठबन्धनको विपक्षमा नागरिक उन्मुक्ति
लुम्बिनी प्रदेशको उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार तय हुँदा सत्ता समर्थित दल नागरिक उन्मुक्ति पार्टी भने विपक्षमा उभियो। उसले पनि उपसभामुखमा आफ्नो दलका तर्फबाट छुट्टै उम्मेदवार तय गर्‍यो। यो पार्टीले उपसभामुखमा छुट्टै उम्मेदवार तय गरेपछि सत्ता गठबन्धनमा आबद्ध दलहरु झस्किए।




माओवादीका एक सांसदले भनेका थिए ‘उम्मेदवारी दर्ता गर्न हुन्थेन,यसले उहाँहरू (उन्मुक्ति) लाई नै घाटा हो।’ सरकारमा एक मन्त्रालय सहित सहभागी हुने अवसरबाट उन्मुक्ति पार्टी रोकिन सक्ने भन्दै ती सांसदले उन्मुक्ति पार्टीले घाटाको निर्णय गरेको बताएका थिए।  

तर सत्तागठबन्धनका बिचमा पुनः भएको छलफलबाट उन्मुक्ति पार्टी सहमत बन्यो, उम्मेदवारी फिर्ता लियो। नागरिक उन्मुक्ति पार्टीका अनुसार त्यो बेला भएको छलफलका क्रममा सर्वदलीय निर्णय गरेर टिकापुर घटनामा मुछिएकाहरूको रिहाइका लागि केन्द्रमा माग गर्ने निर्णय भएको थियो। ‘टिकापुर घटनामा मुछिएकाहरूको रिहाइका लागि सर्वदलीय निर्णय गरेर केन्द्रमा माग गर्ने भन्ने सहमति भएको थियो,’ नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता धर्मराज चौधरीले नागरिकसँग भने ‘तर हाम्रो पुरानो मागका सन्दर्भमा गम्भीर बनेको पाएका छैनौँ।’

सत्ता साझेदार दलहरुको सँगको सहमतिका आधारमा उपसभामुखको उम्मेदवारी फिर्ता गरेको नागरिक उन्मुक्ति पार्टीले आगामी २५ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि पुनः उम्मेदवारी दियो। तर यस पटक भने उसले आफ्नो उम्मेदवारी फिर्ता लिएन , अन्ततः निर्वाचनमा जाने निश्चित भैसकेको छ। उम्मेदवारी फिर्ताको समय घर्किसकेको छ। तथापि गठबन्धनमा आबद्ध दलहरुका बिचमा गठबन्धनका साझा उम्मेदवारका पक्षमा मतदान गर्नका लागि ठूला दलहरूले आफूहरूलाई फकाई रहेको उन्मुक्तिका संसदीय दलका नेता चौधरीले बताए। ‘साझा उम्मेदवारलाई मतदान गर्ने भन्नेमा ठूला दलहरूले हामीहरूसँग छलफल गरिरहेका छन्,’ उनले भने ‘तर निष्कर्ष भने निस्की सकेको छैन।’  

यो पार्टीले सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौँदीको खिलाफमा राजेन्द्रबिर रायलाई भिडाएको छ। राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टी वर्तमान सत्ता गठबन्धनबाट असन्तुष्ट बन्दै गइरहेको पुष्टि गरेको छ।

तर यो पार्टीले सत्ता गठबन्धन पुरै त्यागी नसकेको बताउँछ। यो पार्टीका संसदीय दलका नेता चौधरीले गठबन्धन प्रति असन्तुष्टि रहेको भएपनि गठबन्धनबाट अलगै हुने निर्णयमा भने पुगी नसकेको बताए। ‘वर्तमान सरकार र सत्ता गठबन्धनमा आबद्ध ठूला दलहरु प्रति हाम्रो असन्तुष्टि हो,’ संसदीय दलका नेता चौधरीले भने ‘तर हामीहरूले गठबन्धनबाट अलगै हुने निर्णय भने गरिसकेका छैनौँ।’

रेशम चौधरीको रिहाइको प्रमुख सर्त सहित यो दलले संघ देखि प्रदेश तह सम्म गठबन्धनमा सामेल हुने निर्णय लिएको थियो। लुम्बिनी प्रदेशमा पनि यो दलले मुख्यमन्त्री एमालेका लीला गिरीलाई समर्थन गरेको थियो भने मुख्यमन्त्री गिरीलाई विश्वासको मत समेत दिएको थियो। यो प्रदेशमा उन्मुक्ति पार्टीका ४ जना सांसद छन्। पछिल्लो समय सत्ता गठबन्धन विरुद्ध उम्मेदवार कायम गर्दै आएको उन्मुक्ति पार्टीले यसलाई आफ्नो माग कार्यान्वयनका लागि दबाबका रुपमा लिँदै आएको छ।

‘हाम्रो माग भनेको रेशम चौधरीको रिहाइका लागि प्रकृया प्रारम्भ चाडै गरियोस् भन्ने हो,’ संसदीय दलका नेता चौधरीले भने ‘तर प्रकृया सुरु नै गरिएन।’ यसर्थ सरकार प्रति असन्तुष्टि व्यक्त गरेर यो प्रकृया प्रारम्भ गर्नका लागि दबाब दिन खोजिएको उनले बताए । ‘हाम्रो यो असन्तुष्टि रेशम चौधरीको रिहाइका लागि प्रकृया प्रारम्भ गर्नका लागि दिइएको दबाब हो,’ उनले भने ‘तर प्रकृया प्रारम्भ भएन भने हामीहरू फरक निर्णयमा पुग्ने सम्भावना कायमै छ।’

यता सत्ता गठबन्धनलाई अप्ठेरो पार्न खोज्ने मनसाय देखाएको नागरिक उन्मुक्ति पार्टीका कारण वर्तमान सरकारलाई कुनै अप्ठेरो नपर्ने भन्दै गठबन्धनमा आबद्ध दलहरूले यो दललाई प्राथमिकता दिने पक्षमा देखिएका छैनन्। ४ सांसद मात्रै रहेको यो प्रदेशमा नागरिक उन्मुक्तिका कारण वर्तमान सरकारलाई कुनै हानी नपुग्ने माओवादीका एक सांसदले बताए। ‘उनीहरु आफ्नै तरिकाले बांगिईरहेका छन्, तर उनीहरूको अहसमती वा बिमतीका कारण सरकारलाई कुनै अप्ठेरो पर्दैन,’ ती सांसदले भने। उन्मुक्ति पार्टी गठबन्धनबाट बाहिरिए मन्त्रालय भागवण्डामा सहज हुने पनि केही दलहरूले देखि रहेका छन्। मुख्यमन्त्री सहित १० मन्त्रालय मात्रै कायम रहने यो प्रदेशमा कसरी मन्त्रालय भागवण्डा गर्ने भन्ने चुनौती गठबन्धनलाई छ।  
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस