सांसदको तलबमा पार्टीको रजाइँ
१६ माघ २०७९
•
४ मिनेट पाठ
सांसदको तलबमा पार्टीको रजाइँ
प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिकतर सांसदले आफूले पाएको पारिश्रमिक आफूखुसी खर्च गर्न पाउँदैनन्। मासिक लेबीका रूपमा मोटो रकम पार्टीलाई बुझाएपछि बाँकी रहेको रकम मात्र उनीहरूले खर्च गर्न पाउँछन्। पार्टीबाट तोकिएको मासिक लेबी बुझाउनु उनीहरूको बाध्यता हो। यस अर्थमा सांसदको तलबमा पार्टीको रजाइँ भइरहेको देखिन्छ।




धेरैजसो सांसदले पारिश्रमिक बुझ्दा निश्चित रकम आफू आबद्ध दललाई बुझाउनुपर्छ। दलहरूले आफ्ना सांसदसँग १० हजारदेखि ३० हजार रूपैयाँसम्म लेबीका रूपमा उठाउने गरेका छन्। नेपाली कांग्रेसले आफ्ना हरेक सांसदसँग मासिक १० हजार लेबी लिँदै आएको छ। नयाँ दलका रूपमा संसद्मा प्रवेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले सांसदसँग जनही ३० हजार रूपैयाँसम्म लेबी रकम लिने भएको छ। प्राप्त तलबबाट मोटो रकम लेबीका रूपमा पार्टीलाई बुझाउँदा केही सांसदलाई खर्च धान्न निकै कठिनाइ हुने गरेको पाइएको छ।

प्रतिनिधिसभाको नयाँ निर्वाचनपछि दोहोरिएर आउने सांसदले असोज, कात्तिक, मंसिर र पुसको ७ गतेसम्म पार्टीलाई लेबी बुझाउनु परेन भने नयाँ सांसदका लागि लेबी रकम भर्खर सुरु हुँदैछ। राष्ट्रियसभामा रहेका सांसदले सो अवधिमा पनि लेबी रकम बुझाउँदै आएका छन्।

गत पुस ७ गते सांसदले शपथ ग्रहण गरेकाले माघ ७ गते एक महिनाको पारिश्रमिक उनीहरूले पाउँछन्। संसद् सचिवालयको लेखा शाखाले अहिले सांसदको पारिश्रमिक पठाउने तयारी गरिरहेको जनाएको छ। लेखा शाखामा पार्टीले दिएको निवेदनअनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेसले एक सांसद बराबर १० हजार रूपैयाँ मासिक लेबी लिने गर्छ। कांग्रेसको प्रतिनिधिसभामा ८९ र राष्ट्रियसभामा ९ गरी ९८ जना सांसद छन्।

उनीहरूबाट पार्टीलाई मासिक लेबी ९ लाख ८० हजार रूपैयाँ प्राप्त हुन्छ। अहिले एक जना निलम्बनमा परेकाले ९७ हजार मात्र मासिक लेबी आउने भएको छ। कांग्रेसले २०७५ सालअघि मासिक ५ हजार लेबी लिने गरे पनि पछि बढाएर १० हजार पुर्‍याएको हो।

त्यसैगरी सत्तारूढ एमालेले आफ्ना सांसदबाट मासिक १२ हजारका दरले लेबी लिने गरेको छ। एमालेबाट प्रतिनिधिसभामा ७९ र राष्ट्रियसभामा १५ सांसद छन्। एमालेले ९४ जनाबाट मासिक कुल ११ लाख २८ हजार रूपैयाँ लेबी लिने गर्छ। सत्तारूढ माओवादी केन्द्रले पनि मासिक १३ हजार लेबी लिने गरेको छ। यो पार्टीबाट प्रतिनिधिसभामा ३२ र राष्ट्रियसभामा १६ सांसद छन्। यी सांसदबाट माओवादी केन्द्रलाई मासिक ६ लाख २४ हजार रूपैयाँ लेबी जम्मा हुन्छ।

त्यस्तै प्रतिनिधिसभामा २० सिट रहेको रास्वपाले सांसदबाट मासिक २५ हजार र अन्य पदमासमेत रहेकाबाट जनही ३० हजार लेबी लिने भएको छ। रास्वपाको राष्ट्रियसभामा प्रतिनिधित्व छैन। यो पार्टीबाट एक एक उपसभामुख, एक मन्त्री र एक राज्यमन्त्री छन्। १६ सांसदबाट २५/२५ हजार र अन्य पदमासमेत भएका तीनजनाबाट जनही ३० हजार गर्दा यो पार्टीलाई मासिक ४ लाख ९० हजार लेबी आउने भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका लामिछानेको सांसद पदसँगै सबै मत बदर भएपछि रास्वपाको सांसद पदसँगै लेबी पनि घट्ने भएको छ।

यसैगरी नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले मासिक १२ हजार लेबी लिने गरेको छ। यो पार्टीको प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ८ सिट छन्। १८ सांसदबाट नेकपा एसले २ लाख १६ हजार रूपैयाँ लेबी लिनेछ। जनता समाजवादी पार्टी (जसपा) ले मासिक १५ हजार लेबी रकम लिने गरेको छ। यो पार्टीबाट प्रतिनिधिसभामा १२ र राष्ट्रियसभामा तीन सदस्य छन्। १५ जनाबाट यो पार्टीले कुल २ लाख २५ हजार रूपैयाँ लेबी रकम प्राप्त गर्ने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि मासिक १५ हजार रूपैयाँ लेबी रकम लिने भएको छ। जसअनुसार यो पार्टीलाई चार सांसदबाट कुल ६० हजार रूपैयाँ लेबी मासिक रूपमा प्राप्त हुनेछ। यो पार्टीको राष्ट्रियसभामा प्रतिनिधित्व छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (राप्रपा) ले लेबी रकम लिने विषयमा संसद् सचिवालयमा पत्र पठाएका छैनन्। राप्रपाका हकमा यसअघि एक सांसदबाट जिल्लामा ५ हजार र केन्द्रमा १५ हजार गरी मासिक २० हजार लेबी बुझाउनुपर्ने व्यवस्था थियो। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसदको पारिश्रमिक र भत्ता सिधै सोही पार्टीको खातामा जाने गरेको छ। पार्टीले एकजना सांसदलाई मासिक खर्च बराबरको केही रकम सांसदलाई दिने गरेको छ।

राष्ट्रिय जनमोर्चाले मासिक खर्च गर्न पुग्ने रकम मात्र सांसदलाई दिने गर्छ। राष्ट्रिय जनमोर्चाका प्रतिनिधिसभामा एक र राष्ट्रियसभामा एक सांसद छन्। सांसदको तबल ६६ हजार ७० रूपैयाँ हुन्छ। घरभाडाबापत काठमाडौंमा घर नभए मासिक १८ हजार र काठमाडौंमा घर भएकालाई मासिक ९ हजार रूपैयाँ दिने गरिन्छ। सञ्चारबापत मासिक ३ हजार, बिजुलीलाई मासिक २ हजार, विशेष भत्ता मासिक १ हजार गरी ९० हजार ७० रूपैयाँ पाउने गरेका छन्। काठमाडौंमा घर हुने सांसदले त्यसभन्दा ९ हजार कम अर्थात् ८१ हजार ७० रूपैयाँ बुझ्ने गर्छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४३ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस