५ बर्षमा प्रदेशलाई उचाईमा पुर्‍याउँछौः मुख्ममन्त्री अधिकारी
०७ माघ २०७९
•
३ मिनेट पाठ
५ बर्षमा प्रदेशलाई उचाईमा पुर्‍याउँछौः मुख्ममन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन्। गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्ने बताए। 




१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव,माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको समापन समारोहमा शनिबार बोल्दै मुख्यमन्त्री अधिकारीले माटो अनुकुल उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकिने प्रसस्तै सम्भावना भएकाले प्रदेश सरकारले निजी क्षेत्रसँग समेत सहकार्य गरी योजना बनाउने बताए। ‘म्याग्दीमा उत्पादन हुने बस्तु पोखराबाट ल्याउनुपर्ने अवस्थाको अव अन्त्य हुनुपर्छ,‘अब सबैले कुराभन्दा काम गरेर देखाउने समय आएको छ’ मुख्यमन्त्री अधिकारीले भने।  

मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक म्याग्दीमा आएका अधिकारीले कालिगण्डकी नदीको शिलालाई भारतको अयोध्यासम्म पु¥याउने कार्यले धार्मिक पर्यटनलाई प्रर्बधन गर्ने बताए। उनले गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत उत्तर–दक्षिण जोड्ने सडकखण्डको स्तरोन्नती, कोरोला नाका सञ्चालनमा आएपछि आर्थिक गतिविधिका धेरै सम्भावना भएकाले पर्यटन क्षेत्रमा सक्रिय भएकालाई अहिले नै होटल बन्द नगर्न अनुरोध गरे।‘हामीसँग सम्भावना धेरै छ, कालिगण्डकीमा सुन भेटिन्छ,मैले प्रत्यक्ष धेरैपटक सुन चाल्दै गरेको देखेको छु’ मुख्यमन्त्री अधिकारीले भने।

उनले कृषि, पर्यटन र जलविद्युत मुख्य आधार भएकाले अब प्रदेश सरकारले जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजना बनाउने बताए। उनले गण्डकी प्रदेशभित्रका हरेक जिल्लाका बारेमा जानकारी रहेको बताए। उनले छिमेकी राष्ट्र चिन र भारतसँगको सम्बन्धलाई बलियो बनाउने बताए। उनले दुबै देशलाई जोड्ने कालिगण्डकी करिडोरलाई समयमै सम्पन्न गर्न प्रदेश सरकारबाट सबै किसिमको सहयोग हुने बताए। उनले विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताए। मुख्यमन्त्री अधिकारीले अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शैयाको भवनलाई तत्काल सुरू गर्न समेत ठेकेदारलाई निर्देशन दिए। ‘ठेकेदारको लापरवाहीले जनतालाई असर गरिरहेको छ,‘जिल्ला अस्पताललाई गुणस्तरीय सेवाका लागि आवश्यक सबै सहयोग गर्छु’ मुख्यमन्त्री अधिकारीले भने। उनले शिक्षा र स्वास्थ्यलाई पर्यटनसँग जोड्ने कार्यमा प्रदेश सरकारले सहयोग गर्ने बताए।  

मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको बताउँदै आफ्नो ५ बर्षे कार्यकालमा जनतालाई अनुभुती हुने गरी काम गर्ने बताए।म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीबजारको खुलामञ्चमा गएको पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा शनिबार सकिएको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।  

१० करोडको कारोबार, डेढलाखले अवलोकन गरे  

म्याग्दी महोत्सवमा १० करोड बराबरको कारोबार भएको छ। महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेषभूषाको जगेर्नामा समेत सघाएको आयोजकले बताएको छ। महोत्सवमा कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो। महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु लगायत रमाइलो मेलामा डेढ लाख आन्तरिक पर्यटकको आगमन भएको र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।  

महोत्सवमा एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ। म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो। हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको थियो।          
अर्को समाचार
गण्डकीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह
१२ चैत्र २०७९
•
२ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।




नेकपा माओवादी केन्द्रले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेश सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आग्रह गरे। ‘माओवादीले साथ छाडिसकेको छ,’ उनले भने, ‘त्यसैले सरकार अल्पमतमा परिसक्यो। बहुमत जुटाउने सम्भावना पनि देखिँदैन। यस्तो अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ।’

पाण्डेले काम चलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, नियुक्ति र सरुवा बढुवालगायतका कार्य गर्नु न्यायोचित नहुने बताए। उनले वर्तमान अल्पमतको सरकारले गरेका निर्णयबाट आर्थिकलगायतका दायित्व सिर्जना भएमा सो दायित्व नया सरकारले लिन बाध्य नहुने चेतावनी दिए। ‘हामी अल्पमतको सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन सचेत गराउँछौं र सो निर्णय कार्यान्वयन नगर्न पनि आग्रह गर्छौं,’ उनले भने।

पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा पार्टीका शिर्ष नेताहरूले टुंग्याउने बताए। नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने र पहिलो कार्यकाल आफूले पाउनुपर्ने माग गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा नेता पाण्डेले भने, ‘यो सबै केन्द्रले टुंग्याउँछ। शीर्ष नेताहरूबीच जे सहमति हुन्छ त्यो कार्यान्वयन हुन्छ।’

सरकारको नेतृत्वका लागि आलोपालो गर्न सहमत कांग्रेस गण्डकीले पहिलो कार्यकाल भने आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।

पाण्डेले १० दलीय गठबन्धन बनेपछि नेपालको राजनीति सही लिकमा आएको बताए। छिटोछिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकर नहुने उनको भनाइ छ। ‘तर सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरण भने निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकूल छ। यसले निर्वाचनपछि केही समय लिकबाहिर पुगेको राजनीति पुनः सही लिकमा प्रवेश गरेको छ,’ उनले भने।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस