अघिल्लो संसद्ले पारित नगरेका विधेयक कसरी अघि बढ्लान् ?
०६ माघ २०७९
•
४ मिनेट पाठ
अघिल्लो संसद्ले पारित नगरेका विधेयक कसरी अघि बढ्लान् ?
प्रतिनिधिसभा र राष्ट्रियसभामा अघिल्लो संसद्मा आएका विधेयकहरूको अवस्थाको विषयमा अब सरकारले ध्यानदिनुपर्ने अवस्था देखिएको छ। नयाँ संसद्को पहिलो बैठक पुस २५ गतेबाट बसेसँगै हिउँदे अधिवेशन सुरु भएको छ। यो अधिवेशनलाई विधेयककाे रूपमा लिइन्छ। नयाँ संसद्मा अघिल्लो सदनमा पारित हुन नसकेका विधेयकको अवस्थाबारे छलफल भएको भने छैन। संसद्बाट निस्क्रिय भएका विधेयकलाई कसरी पुनः ल्याउने, सरकारले फिर्ता लिएका विधेयकलाई संसद्मा लैजान के गर्ने, राष्ट्रपतिबाट प्रमाणीकरण नभएको नागरिकता विधेयकलाई कसरी अघि बढाउने र राष्ट्रियसभामा विचाराधीन रहेका विधेयकलाई के गर्ने जस्ता विविध विषयमा सरकारले निर्णय लिनुपर्ने अवस्था आएको संसद् सचिवालयले जनाएको छ। संसद्लाई बिजनेस दिने काम सरकारको भएकाले सरकारले नै यसबारे निर्णय नगरे संसद्मा रहेका विधेयक अघि बढ्न नसक्ने संसद् सचिवालय स्रोतले बतायो।  




सरकारी स्रोतले संसद्को नियमावली संशोधन गरेपछि मात्रै विधेयक अघि बढाउने विषयमा छलफल हुने बताएको छ। संसद् सचिवालयले दिएको जानकारी अनुसार दुवै सदनमा दर्ता भएका विधेयकहरूको संख्या १ सय ५३ रहेको छ। जसमा प्रतिनिधिसभामा १ सय २ र राष्ट्रियसभामा ५१ गरी सो संख्यामा विधेयक दर्ता भएका हुन्। जसमा प्रतिनिधिसभाका ७४ र राष्ट्रियसभाका २७ गरी १ सय १ विधेयक प्रमाणीकरण भएका छन्। प्रतिनिधिसभाका ५ र राष्ट्रियसभाका ७ गरी १२ विधेयक फिर्ता भएका छन्। प्रतिनिधिसभामा रहेका २२ र राष्ट्रियसभामा रहेका ५ गरी २७ विधेयक निस्क्रिय भएका छन्। राष्ट्रियसभामा उत्पत्ति भएका तर प्रतिनिधिसभामा नआएका १२ विधेयक अहिले पनि राष्ट्रियसभामा विचाराधीन अवस्थामा रहेका छन्। राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएको छैन भने केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट राष्ट्रियसभामा पुगेर निस्क्रिय भएको छ।  

अघिल्लो संसद्का दुबै सभामा विभिन्न अधिवेशनमा दर्ता भएका, प्रमाणीकरण भएका, फिर्ता भएका, निष्क्रिय भएका, राष्ट्रियसभामा विचाराधीन विभिन्न विधेयक हरूको अवस्थालाई हेरेर सरकारले विधेयकलाई अघि बढाउनुपर्ने संसद् सचिवालयका अधिकारी बताउँछन्। संसद्को कार्यकाल गत असोज १ गते सकिएसँगै संसद्मा कानुन निर्माण कार्य नयाँ संसद्को जिम्मामा आएको छ। नयाँ संसद्ले राष्ट्रियसभामा विचाराधीन रहेका १२ विधेयकलाई मात्र अहिलेको अवस्थामा अघि बढाउन सक्ने संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको कार्यकाल सकिएपछि प्रतिनिधिसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेका, प्रतिनिधिसभामा उत्पत्ति भई प्रतिनिधिसभाबाट राष्ट्रियसभामा पुगेर छलफलमा रहेका, राष्ट्रियसभामा उत्पत्ति भई पारित भएर प्रतिनिधिसभामा छलफलमा रहेका विधेयक निस्क्रिय हुने संसद् सचिवालयले जानकारी दियो।  

प्रतिनिधिसभामा निस्क्रिय भएका विधेयकमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक, २०७५, राष्ट्रिय मानव अधिकार आयोग ऐन,२०१८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक), २०७६, धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६, सैनिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७६, गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको गैर सरकारी विधेयक, निकासी पैठारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन २०६३, लाई संशोधन गर्न बनेको विधेयक, भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ लाई संशोधन गर्न बनेको विधेयक छन्।  

तीनजना सांसदले छुट्टाछुट्टै दर्ता भएका नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी चारवटा विधेयक रहेका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पनि निस्क्रिय भएको छ। यसैगरी, राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा पुगेर निष्क्रिय भएका विधेयकमध्ये नेपाल मिडिया काउन्सिल विधेयक, २०७५, नेपाल विशेष सेवा प्राधिकरण विधेयक, २०७६, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ रहेका छन्। राष्ट्रियसभामा रहेका १२ विधेयकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६, अध्यागमन विधेयक, २०७६, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६, प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक, २०७६, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७,संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक,२०७७, कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८ रहेका छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४३ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस