मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का सरोज यादव नियुक्त भएका छन्।
मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी जसपाका सरोज कुमार यादवलाई आज प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आज ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित यादवले प्रदेश प्रमुख समक्ष दावी पेश गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जसपाको १६ सांसदसहित नेकपा माओवादीको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी १, नेपाल संघीय समाजवादी १ र स्वतन्त्र दुई सांसद गरी कुल ६३ जना सांसदको समर्थन रहेको छ। उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाहेकका सबै दलले समर्थन गरेका छन् ।बारा १ को ख बाट प्रदेशसभामा निर्वाचित यादव प्रदेशका निवर्तमान सभामुख हुन्।
केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबिच भएको सहमति अनुसार मधेस प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टी जसपाले आलोपालो गरेर सरकारको नेतृत्व गर्नेछ। प्रदेशसभामा १०७ सदस्य रहेको छ बहुमतको ५४ सांसद आवश्यक रहेकोमा यादवले ६३ सांसदको समर्थनमा दावी पेश गरेका थिए । माओवादीका दुई समानुपातिक सांसदको सर्वोच्चले सपथ ग्रहणमा रोक लगाइएको छ।
मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पुस २८ गते बिहीबार दिउँसो ४ बजेभित्र दावी पेस गर्न आह्वान गरेका थिए। मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नगरेको हुँदा मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको थियो।
मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपाका सरोज यादव नियुक्त भएका छन्।
मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी जसपाका सरोज कुमार यादवलाई आज प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आज ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित यादवले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जसपाको १६ सांसदसहित नेकपा माओवादीको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी १, नेपाल संघीय समाजवादी १ र स्वतन्त्र दुई सांसद गरी कुल ६३ जना सांसदको समर्थन रहेको छ।उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाहेकका सबै दलले समर्थन गरेका छन् ।बारा १ को ख बाट प्रदेशसभामा निर्वाचित यादव प्रदेशका निवर्तमान सभामुख हुन् ।
केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबिच भएको सहमति अनुसार मधेस प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टी जसपाले आलोपालो गरेर सरकारको नेतृत्व गर्नेछ । प्रदेशसभामा १०७ सदस्य रहेको छ बहुमतको ५४ सांसद आवश्यक रहेकोमा यादवले ६३ सांसदको समर्थनमा दाबी पेश गरेका थिए । माओवादीका दुई समानुपातिक सांसदको सर्वोच्चले सपथ ग्रहणमा रोक लगाइएको छ।
मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पुस २८ गते बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नगरेको हुँदा मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको थियो।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...