मधेस प्रदेशमा जनमत पार्टीले सर्वसहमतिले संसद दलको नेता चयन गरेको छ। मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ। शनिबार बसेको बैठकबाट उनलाई पार्टीका नेताहरुले दलको नेता बनाएको हो।
यादव सप्तरी निर्वाचन क्षेत्र२ को खबाट निर्वाचित भएका हुन्। दलको सचेतकमा चन्दन कुमार सिंह, सचीवमा शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएको सिके राउतको सचिवालयले जनाइएको छ।
मधेस प्रदेशमा जनमत पार्टी चौथो ठुलो दल हो। प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ प्रदेशसभा सांसद रहेको छ। संघीय सरकारमा सहभागी जनमत पार्टीले मधेस प्रदेशमा मुख्यमन्त्रीको लागि दाबी गर्दै आएको छ।
केन्द्र सरकारमा समर्थन गरेको जनमत र जसपालाई मधेस प्रदेशमा आधाआधा कार्यकाल नेतृत्व दिने सत्तारूढ गठबन्धन दलमा सहमति भएको छ।