नेपाली कांग्रेसकाे मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन्।
बिहीबार संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा कृष्ण यादव निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ। कृष्णाले १८ मत ल्याएर निर्वाचित हुँदा उनको निकट प्रतिद्वन्द्वी राम सरोज यादवले ४ मत पाए।
दलको नेता चयन गर्न काँग्रेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा पुस ७ गते तीन सदस्य निर्वाचन समिति गठन भएको थियो। तर समितिले सहमतिमा नेता चयन गर्ने नसकेपछि बिहीबार जनकपुरधाम स्थित मधेस प्रदेश समितिको पार्टी कार्यालयमा निर्वाचन भएको हो।
कृष्ण नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट मधेस प्रदेशका सभापतिमा निर्वाचित भएका थिए भने राम सरोज पराजित भएका थिए। कृष्ण यादव पार्टीको केन्द्रीय सभापति शेर बहादुर देउवा समूहका हुन्। राम सरोज १४ औँ महाधिवेशनमा नेता बिमलेन्द्र निधि समुहमा थिए। अहिले दुबै जना एउटै समुहमा रहेका छ।
संसदीय दलमा पराजित राम सरोज निवर्तमान संसदीय दलको नेता एवं भौतिक तथा पूर्वाधार विकास मन्त्री हुन्। कांग्रेस मधेस प्रदेशमा २२ सिटसहित दोस्रो ठुलो दल रहेको छ।