मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न नेपाली कांग्रेसले आज निर्वाचन गराउदै छ। दलको नेता बन्न दुईजनाले उम्मेदवारी दर्ता गराएका छ।
जनकपुरधाम स्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव र निवर्तमान संसदीय दलको नेता राम सरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी फिर्ता लिने समय ३ बजे सम्म रहेको निर्वाचन समितिले जनाइएको छ। कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ३ देखि ४ बजेसम्म मतदान हुने काँग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए।
उम्मेदवारी दिएका कृष्णप्रसाद र रामसरोज दुबै संस्थापन पक्षकै हुन्। मधेश प्रदेशसभामा काँग्रेस दोस्रो ठूलो दल हो। कांग्रेसको २२ जना प्रदेश सांसद छन्।